if you haven't read this story

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

sojoketo · Apr 17, 2014 9:52 AM · 1,466 views

1 Reply

बरु कथा नै यहाँ टाँस्या भए झन् राम्रो हुन्थ्यो ...... लेनिन ज्यू को निकै राम्रो कथा .... शायेद पहिले साझामा नि लेख्नु हुन्थ्यो आजकाल छोड्नु भो .... लु कथा तल टाँसे मैले ----------------------------------------------------------------------------------------- डल्लो लेनिन बञ्जाडे पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन। पार्किङको कुनामा बाइक ठड्याएर मोबाइल हेर्योे। दिदीले गरेकी रहिछन्। कल ब्याक गर्योथ। 'भएन अझै? ओटी छिराइसके।' उताबाट दिदी बोली– अजिता। 'ठूलो लाइन छ। २ घन्टा त लाग्छ के हो,' उत्रिएको आवाजमा बोल्यो– रमेश। 'ला'.। एकदमै अर्जेन्ट छ भनेर करा न। ह्याँ अत्ताइसके,' आत्तिएकै आवाजमा बोली अजिता। 'मजस्तै आत्तिएका अरू पनि छन् यहाँ। कराएर हुन्न केरे,' स्वाभाविक देखिन खोज्यो तर उसका पसिना बोलीभन्दा छिटोछिटो खसिरहेका थिए। भाइ प्रवीणतिर हेर्योए। ऊ पनि उस्तै उदास पसिना चुहाइरहेको थियो। 'जा त भित्र बुझ्। पैसा पनि तिर्,' गोजीबाट अस्पतालको सिफारिस निकाल्यो। एबी पोजेटिभ रगत दिन प्रेक्षा डक्टरले लेखेको चिठी दियो। ब्लड बैंकबाहिर लामो लाइन थियो। थरीथरीका अस्पतालबाट पर्चा लिएर सबै हतास मुहारमा पालो कुर्दै थिए। प्रवीण पनि पैसा बुझाउने लाइनमा थियो। गेटबाट सबै हतारिएर भित्र छिर्थे अनि लुसुक्क परेर लाइन बस्थे। प्रवीण बेलाबेला उदास अनुहार लिएर रमेशतिर हेर्थ्यो। 'भएन?' रमेश इसारामा सोध्थ्यो। 'अहँ,' ऊ पनि त्यसैगरी उत्तर फर्काउँथ्यो। अलि बेरमा उसको पालो आयो। पालो त आयो, तर खुसीको पालो थिएन। 'छैन भने अघि नै भन्नुपर्दैन? बाहिर सूचना टाँस्नुपर्दैन?' प्रवीण एक्कासि बम्कियो। उसको आवाज सुनेर रमेश भित्रतिर दौडियो। 'के भो?' 'यत्रोबेर लाइनमा उभ्याएर अहिले त एबी पोजेटिभ छैन पो भन्छन्,' प्रवीणले सुनायो, 'अब कहाँ जाने यतिखेर?' घडी हेर्योे, सवा ४ भएको थियो। रमेश चिठी लिएर भित्र गयो प्रशासनमा। अनि क्षणभरमै फर्कियो उदास–उदास। अर्थात्, रगत पाइएन। बारम्बार बजिरहने घन्टीले उसको तनाव शिखरमा पुर्याकएको थियो। कतिले के भयो भनेर सोध्थे। उसले अझै भएको छैन भनेर उत्तर फर्काउँथ्यो। धेरैजसो उसकै दिदीको फोन हुन्थ्यो। अनि ऊ च्याँठि्ठएिर भन्थ्यो, 'ह्या' अझै पालो आ छैन के।' कीर्तिपुर अस्पतालबाट आउँदा प्रेक्षाले रेडक्रसमा फोन गरेर बुझेकी थिई। दुई पिन्ट एबी पोजेटिभ छ भन्ने खबर पाएपछि रमेश र प्रवीण हुरीझैं हान्निएका थिए प्रदर्शनीमार्ग। रमेशले प्रेक्षालाई फोन गर्यो । अपरेसन थिएटरभित्र भएकीले होला– फोन उठेन। यता रमेशको मुटु गतिहीन भयो। जगेडा रगत नराख्ने अस्पताललाई सराप्यो। कसैसँग फ्रेस रगत मागे पनि आएर दिँदासम्म अबेर भइसक्थ्यो। नत्र उसले फेसबुकमा लेख्थ्यो पनि होला शायद। ० ० ० बिहान भाले पनि नबास्दै इन्दिरा चिच्याई व्यथाले। गाउँबाट सासू आएकी थिइन् सुत्केरी स्यहार्न। फोन गरेको १५ मिनेटमा एम्बुलेन्स आयो हुइँय। अनि लिएर गयो उत्तिखेरै हुइँय। एमर्जेन्सीमा राख्यो एकछिन। छामछुम पारे। लेबर रुम लैजानुअघि फर्म भराए। स्ट्रेचरमा राखेर लेबर रुम छिराए। अनि ढ्याप्प ढोका लगाए। भित्र इन्दिरा चिच्याउन थालिसकेकी थिई। बाहिर सासू, अजिता, रमेश र प्रवीण कुरेर बसे। ५ बज्यो। ६ बज्यो। ७ बज्यो। लेबर रुमबाहिर र भित्र दुवैतिर उस्तै छटपटी र व्याकुलता थियो। ८ बज्यो। सुई घुम्दै ९ मा टेक्यो। १० बाट ११ लाग्यो। अहँ– भित्रबाट खबर आएन। घरि सासू जान्थिन् घरि दिदी। बाहिर आएर भन्थे, '९ इन्चमात्रै छ अझै।' यतिन्जेल रमेश हरेकपटक फेसबुक अपडेटमा थियो। भित्र जान स्वीकृति थिएन, बाहिरै बसेर अनेक स्ट्याटस लेखिरहन्थ्यो। ऊ बिहेको ५ वर्षपछि बाउ बन्दै थियो। त्यसको खुसी कसरी पोख्ने, असमञ्जसमै थियो। १२ बजेतिर डक्टर प्रेक्षा आइन्। हत्त न पत्त उतैतिर सोझिए सबै। '९ इन्च खुलिसक्यो, अझै निस्किएन,' थकितझैं बोलिन्, 'पाठेघरको मुख खुलिसक्यो। अलमल भयो। पानी पनि ओइलाइसक्यो।' उनको 'अलमल' सुनेपछि सबै काल्लिए। डक्टरले नै अलमल भनेपछि कसको अडेस लाग्नू? 'के गर्ने त?' सासू सुस्तरी बोलिन्, 'सिएस नै गर्ने कि?' सिएस भनेपछि डक्टरले पुलुक्क उनीतिर हेरिन्। 'म खबर गर्छु नि, है त,' यति भनेर उनी लेबर रुमतिर सोझिइन्। जाँदाजाँदै थपिन्, 'बच्चाको धड्कन ठीक छ, सबै नर्मल छ, नआत्तिनुस्।' रमेश बेचैन थियो। घरिघरि लेबर रुमको ढोकामा कान टाँस्थ्यो, इन्दिरा प्राण फुत्केलाझैं चिच्याएको सुनेर उत्तिखेरै बाहिर प्रतीक्षालय आउँथ्यो। भाइ प्रवीण चुपचाप कुनामा अडेस लागेर निदाइरहेको थियो। १२ पछि १ बज्यो। इन्दिरा बिस्तारै चिच्याउन छाडिसकेकी थिई। बाहिर गुनगुन बाक्लियो। '८ घन्टा भइसक्यो, किन निस्कएन होला अझै?' अजिता बोली। 'मलाई त डर लाग्न थाल्यो, कस्तो हेलचेक्र्याइँ हो के!' सासूले थपिन्, 'सिएस गरिदिए हुन्न? ८–८ घन्टासम्म यसरी लेबर पेनमा राख्ने हो?' 'आमा, बाहिर लैजाम् कि के हो। मलाई त चाला ठीक लागेको छैन,' रमेश जुरुक्क उठेर नजिक आयो। 'बेडमा सुतेको मान्छेलाई कसरी लैजाने बाहिर? फेरि यहाँका डक्टरलाई तिमीहरूले सकेनौ, हामी लैजान्छौं भन्न पनि त मिलेन,' सासूले तर्क दिइन्। रमेश सरासर भित्र गयो। ढोका ढक्ढकायो। नर्सले ढोका खोलिन्। ढोकाको दायाँतिर कुनामा इन्दिरालाई सुताइएको थियो। तर, उसले देखेन। डक्टर प्रेक्षा अचम्म परेझैं ऊतिर हेरिन्। 'एउटा सल्ला गर्नुथ्यो डाक्साप्,' अलि कामेको स्वरमा भन्यो, 'एकैछिन।' प्रेक्षा बाहिर आई। 'यत्रो घन्टा भइसक्यो, बच्चा निस्किएन। के भएको हो, क्लियरली भनिदिनुस् न।' त्यसपछि प्रेक्षा गम्भीर भइन्। 'बिहानैदेखि नर्मल डेलिभरीमै लागिरहेका छौं। ९ इन्च खुलिसकेर पनि बच्चा निस्किएन। भित्र केही समस्या छ कि जस्तो भएर सिनियर डक्टरलाई बोलाएका छौं, आउँदै हुनुहुन्छ एकैछिनमा,' खरर भनी। अरूभन्दा पनि 'भित्रको समस्या'ले उसलाई गलायो। अल्ट्रासाउन्ड गर्दा तिनै डक्टरले सबै नर्मल भनेको सम्भि्कयो। त्योभन्दा पनि उसलाई नजन्मिसकेको सन्तानले पिरायो। 'बरु तपाईं प्रदर्शनीमार्ग ब्लड बैंक गएर एबी पोजेटिभ रगत ल्याउनुस्। अपरेसन गर्नुपर्योल भने नभई हुन्न। म चिठी लेखिदिन्छु।' यति भनेर उसले रिसेप्सनबाट फोन डायल गरी। फरर अवस्था भनी अनि रगत भए/नभएको निश्चित गरी। 'दुई पिन्ट छ रे, छिटो गएर ल्याउनुस्। हामीकहाँ रहेनछ,' अनि उसले खरर्र चिठी लेखेर थमाइदिई। ० ० ० ब्लड बैंक वरिपरि चक्कर लगाउँदा रमेशले एकजना अधवैंशे भेट्यो। त्यो मान्छेले अघिदेखि नै रमेशको छटपटी नियाल्दै थियो। हातमा कागज बोकेर यताउता गर्दा पसिनाले निथ्रुक्क भिजेका रमेश र प्रवीणलाई उसले टक्क रोक्यो। 'भाइ यता आउनुस्,' उसले हात समाएर पार्किङको कुनामा लिएर गयो। 'कुन ग्रुप हो चाहिएको?' सोध्यो। 'एबी पोजेटिभ।' 'कहाँ लैजानुपर्ने?' 'कीर्तिपुर अस्पताल।' '४ हजार दिने हो?' 'किन दिने नि?' 'म रगत मिलाइदिन्छु,' त्यो अधवैंशेले यसरी भन्यो, मानौं ऊ रगत बेच्छ। त्यसपछि दुई भाइ घोरिए। यस्तो अनिकालको बेला ४ हजार ठूलो कुरा पनि थिएन, सजिलै दिन सक्थ्यो। 'पहिले रगतको ग्यारेन्टी गर्नुस्, म दिन्छु,' रमेशले भन्यो। 'यस्तो बेला अविश्वास गर्नुहुन्न भाइ, दिनुस्, म तपाईंलाई खाली हात पठाउन्नँ।' भाइतिर हेर्योा, उसले 'हुन्छ' भनेको जनाउमा टाउको हल्लायो। गोजी छाम्यो, ४ वटा हजारका नोट निकालेर थमाइदियो। 'एकछिन पख्नुस्। यहीँ बस्नुस्, हराउनुभो भने खोज्न सक्दिनँ,' यति भनेर ऊ चिठी लिएर भित्रतिर छिर्यो । उत्तिखेरै अजिताको घन्टी बज्यो। पसिनाले निथ्रुक्क भिजेका हातले डायलप्याड थिच्यो। 'यता अप्रेसन सुरु हुन लाग्यो, रगत नआउँदासम्म नगर्ने भन्दैछन्। छिटो ल्या,' अजिताले बोलिनसक्दै रमेश च्याँठि्ठयो। 'माछा मार्न ला'छु र? रगतै पाइएन। एउटाले मिलाइदिन्छु भनेर ४ हजार लग्यो।' अजिता चुक्चुकाई। ५ मिनेटपछि त्यो अधवैंशे सेतो ब्याग लिएर त्यहीँ आइपुग्यो। रमेश हस्कियो। त्यो मान्छे नजिक आइनपुग्दै उसले कीर्तिपुर पुगेर रगत झुन्ड्याएको कल्पियो। 'ल त भाइ, छिटो लिएर जाऊ। २ घन्टाभित्र रगत चढाइसक्नुपर्छ।' रमेशले घ्यारर्र बाइक स्टार्ट गर्योज। भाइ पछाडि बस्यो। यसरी कुद्यो कि मानौं संसार उसलाई लखेट्दै पछाडि दौडिएको छ। ० ० ० अस्पतालको ढोका नछिर्दै सासू आँखाअघि भेटिइन्। अनुहार उस्तै उत्रिएको थियो। घडीले ६ बजाइसकेको थियो। इन्दिरालाई लेबर रुमभित्र छिराएको १२ घन्टा भइसकेको थियो। 'यता आउनुस् त!' मलिन स्वरमा सासूले रमेशलाई बोलाइन्। रमेशको मनमा सयथरी कुरा खेलिरहेका थिए। सासूको अनुहार देखेर त्यसै पनि खिन्न थियो। 'के भयो?' सोध्यो। 'छोरा,' तर, उनको बोलीमा उत्साह थिएन। मनमनै पिङ खेल्यो खुसीले। उसले छोरी चाहेको थियो र पनि छोराले ऊ दुःखी भएन। 'तर ब्याड न्युज छ,' सासूले थपिन्। मुजा परेका अनुहारमा मुजाभन्दा पनि चिन्ताका धर्सा देख्यो उसले। दिनभरि छोरीको चिच्याहट सुनेर थाकेकी थिइन् र पनि हौसला दिँदै बोल्दै थिइन्। रमेशको मनमा चिसो पस्यो। एकै प्रहरमा उसले सम्भावित नराम्रा सबै अवस्था कल्पना गर्योा। तर, सबैभन्दा अन्तिम सत्यमा गएर ठोक्कियो– बच्चा खस्यो या असाधारण जन्मियो। रुन पनि सकेन, बोल्न पनि। हातमा बोकेको रगतको ब्याग छेउमा राख्यो र थचक्क बस्यो। भाइ पनि टाउकोमा हात राखेर कुर्सीमा थच्चियो। 'सबै नर्मल छ, पछाडि अलिकता मासु पलाएको रहेछ,' बिस्तारै कानैछेउ पुगेर बोलिन् सासू। रमेशले टाउको उठायो। 'हँ?' 'मेनिङ्गोसिल हो रे! अप्रेसन गरेपछि ठीक हुन्छ रे!' रमेश केही बोल्नै सकेन। मानौं, बडेमानको पहाडले उसको रुद्रघण्टी थिचेको छ र ऊ ऐंठन परेर कुनै सपना देख्दैछ। कहिल्यै नसुनेको नाम सुनेर पनि ऊ बढी आत्तियो। त्यसमाथि त्यत्रो दुःख गरेर ल्याएको रगत कामै लागेन। 'रगत चाहिएन?' मलिन स्वरमा सोध्यो। 'नचाहिने भयो रे! तर, फिर्ता गर्न मिल्छ रे भोलिसम्म,' सासूको आवाजमा दुःखभन्दा व्यवहारिकता बढी झल्किन्थ्यो। लगत्तै डक्टर प्रेक्षा आइन् र आफैं ब्रिफ गर्न थालिन्। 'बच्चाको स्पाइनल कर्डको फ्ल्युड मेरुदण्डको हाडबाहिर निस्किएर डल्लो बनेको छ। न्युरोको केस भएकाले न्युरोलोजिस्टलाई देखाउनुपर्छ। मोडल अस्पतालमा कुरा गरिदिएकी छु, भोलि ल्याउन भन्नुभएको छ।' यसरी विवरण सुनाइन् कि मानौं सबै एकदमै सपाट साधारण छ। रमेशको अनुहार भुईंतिर लत्रिएको थियो। 'अनि, पिडियाटि्रसियनलाई पहिले देखाउनुपर्छ। यो १००५ जनामध्ये १ जना बच्चालाई हुन्छ,' थप्दै गइन्, 'अहिले इन्क्युबेटरमा राखेका छौं, गएर हेर्न सक्नुहुन्छ।' रमेशलाई चित्त बुझेन। 'अनि ४ महिनामा अल्ट्रासाउन्ड गर्दा किन केही भन्नुभएन? सबै नर्मल भन्नुभएको होइन तपाईंले?' डक्टर अलि हच्किएझैं गरिन्। 'त्यतिबेला भिडियो एक्स–रेमा केही देखिएन,' एकदमै छोटो र गैरजिम्मेवार जवाफ दिइन्। '४ महिनामा त सबै विकास भइसकेको हुन्छ, कसरी देखिएन?' रमेशले फेरि प्रश्न सोझ्यायो। 'हेर्नुस्, यसबारे त रेडियोलोजिस्टलाई नै सोध्नुपर्छ। मैले त उहाँले दिएको रिपोर्ट हेर्नेमात्रै हो,' यति भनेर उनी बाहिरिइन्। रमेशले सासू र दिदीको अनुहार हेर्योे, निधारमा धर्साबाहेक केही देखेन। हतारिएर इन्क्युबेटर राखिएतिर दौडियो। वरिपरिबाट सिसाले घेरिएको बाकसभित्र साढे ३ किलोको छोरो कोल्टे परेर सुतेको थियो– संसारबाट बेखबर। पछाडि पुच्छरे हाडनेर पुक्क उक्सिएको डल्लो थियो। नजिकबाट हेर्योक, पानी भरिएको बेलुनझैं थियो। जीवनमा कहिल्यै देखेको थिएन, शायद सोचेको पनि। इन्दिरा भन्थी, 'छोरो भए पनि छोरी भए पनि मलाई केही छैन, बस् नर्मल भइदेओस्!' तर, ४ महिनामा एकपटक गरेको भिडियो एक्स–रेपछि उसको त्यो डर पनि हराइसकेको थियो कतै। विरक्तिएर ऊ पोस्ट–अपतिर निस्कियो। इन्दिरा अचेत सुतिरहेकी थिई। बाहिर जेठको चर्को गर्मी, भित्र मनको ताप– सहन सकेन। भननन्न रिंगटा लाग्यो। बुंग ढल्यो। शरीरका छालाबाट चिटचिट पसिनाको मूल फुट्यो। सासू र दिदी आत्तिए। चिच्याएको सुनेपछि नर्सहरू हुर्रिदै आए। पानी छमछम पारे, शरीर हल्लाए। अनि, रमेशले आँखा खोल्यो केही बेरमा। ३ घन्टापछि इन्दिरा ब्युँझिई। डक्टरले उसलाई केही नभन्न अह्राएका थिए। रमेशतिर हेरेर मुसुक्क हाँसी। ऊ पनि हाँसेजस्तो गर्योह। सोधी, 'के भयो?' 'छोरा,' मुसुक्क हाँसेर बोल्यो रमेश। 'खै त?' वरिपरि कतै नदेखेपछि सोधी। 'चिसोबाट जोगाउन मेसिनमा राख्या छन्, सबै ठीक छ,' इन्दिराको निधार सुम्सुम्याउँदै थप्यो, 'पर्सि डिस्चार्ज गर्ने भनेका छन् अनि घर जाने।' मुसुक्क हाँसीमात्रै। रमेशले डल्लोबारे केही भनेन। देख्यो– छेवैमा भर्खरै किनिएका ढाकाका लुगा थिए। जन्मिएपछि लगाइदिन भनेर ल्याएका। सुरुवाल त लगाउनै नमिल्ने भयो डल्लोले। घाँटीनेरै गाँठो पर्यो । राति फेसबुकमा स्ट्याटस लेख्यो, '१००५ मा १ भएर जन्मियो छोरो : )।' ० ० ० दोस्रो दिन : प्रेक्षाले मोडलका डक्टर आकाशलाई फोन गरेर सविस्तार लगाई। ३ बजे अप्वाइन्टमेन्ट दियो। सासू, अजिता र रमेश साढे २ बजे नै पुगे। जानुअघि इन्दिराले सोधी, 'कहाँ जान लागेको?' सासूले भनिन्, 'जन्डिस चेक गराउन। यता बच्चाका डाक्टर रैन्छन्, मोडल जान लागेको।' इन्दिरालाई यतिखेरसम्म थाहा थिएन, उसको छोरा अर्कै जन्मिएको थियो। कसैले भनेनन् पनि। दूध पनि ल्याक्टोजिन खुवाइदिए नर्सहरूले। ३ बजे डक्टर आकाशको ढोका खुल्यो। कपडामा बेरेर रमेशले छोरालाई बोकेको थियो। डल्लो फुट्ला भनेर बडो जतनले समाउनुपर्थ्यो। रमेशलाई छोराभन्दा डल्लो जोगाउन महाभारत थियो। घाँटीको गलगाँडजस्तै झुन्डिरहने त हैन जीवनभर? यस्तै कुराले चस्का हान्थ्यो मुटुमा। 'आउनुस्,' ढोकाको पहिलो लहरमा देख्नेबित्तिकै आकाशले बोलायो, 'प्रेक्षा डक्टरले भन्नुभएको तपाईंहरू नै होइन?' सासूले मुन्टो हल्लाइन्। कोठाभित्र सासू र रमेशलाई मात्रै बोलायो। अजिता बाहिरै बसी। 'ओहो, ठूलै रहेछ,' टर्च लाइटले डल्लो हेर्योल घोरिएर। लाइटको प्रकाशले भित्र मसिना नसा देखिन्थे कतैकतै। रमेश र सासू मुखामुख थिए। बोली नै फुटेन। आकाश आफैं बोल्यो, 'सोचेभन्दा ठूलो रहेछ। भिडियो एक्स–रेमा देखिएन?' '४ महिनामा एकपटक गर्दा देखिएन, त्यसपछि सबै नर्मल छ भनेर प्रेक्षा डक्टरले भिडियो एक्स–रे गर्नै पठाउनुभएन,' रमेशले उत्तर दियो। 'त्यतिबेलै देखिएको भए बच्चा फाल्न हुन्थ्यो, अब त फाल्न पनि मिलेन,' आकाश बोलिरहँदा रमेशको निधार चाउरियो। सासूतिर हेर्नै सकेन। 'अनि फोलिक एसिड पनि ख्वाउनुभएन?' '४ महिनासम्म खुवाएको, त्यसपछि खानुपर्दैन भन्नुभो डक्टरले।' 'ओ माई गड!' आकाश चकित परेझैं बोल्यो। आकाशको हाउभाउ असामान्य देखिन्थ्यो। घरिघरि ठूलो किताब पल्टाएर मेरुदण्डका चित्र हेर्थ्यो अनि घरिघरि डल्लोमा टर्च लाइट बालेर हेर्थ्यो। एकछिनपछि दराजभित्रबाट एउटा फोटो झिकेर देखायो। 'यो बच्चाको पनि यस्तै समस्या थियो, अपरेसनपछि ठीक त भयो तर ५ वर्षपछि राम्ररी हिँड्न सकेन। दुःख पायो विचरोले,' ऊ भन्दै गयो, 'मेनिङ्गोसिल, आई मिन स्पाइना बाइफिडाका बिरामीको भविष्य छैन। बाँचे पनि दिसा र पिसाबको समस्या हुन्छ।' रमेश र सासूको मुटुमा जोडले सियो घोचेझैं भयो। यतिबेलासम्म उनीहरू ठूलो आशा पालेर बसेका थिए। रमेशले पुलुक्क छोराको अनुहारमा हेर्योो। आँखा चिम्म गरेर निदाएको थियो। 'मेरो सल्लाह यसलाई नबचाएकै बेस हुन्छ भन्ने हो,' आकाश फेरि बोल्यो, 'भोलि गएर दुःख पाउनुभन्दा अहिले नै माया मारेको बेस।' सासूका आँखा टिलपिल भए। 'केही ' केही त उपाय होला नि डाक्टरसा'प,' घाँटीमा सास अड्किएझैं बोल्यो रमेश। 'अप्रेसन गर्न त सकिन्छ, तर भोलिको ग्यारेन्टी हुन्न। मिराकल भयो भने स्वस्थ पनि हुन सक्छ। तर ३ महिना नहुँदै बच्चाको अपरेसन हुँदैन। ३ महिनासम्म डल्लो जोगाएर राख्न सक्नुहुन्छ?' आकाशको बोलीमा कतै नम्रता थिएन। रमेश र सासू के भन्ने दोधारमा परे। सासूका आँखा टिल्पिलाएका थिए। रमेशको अनुहारमा बादल थियो। ३ महिनासम्म डल्लो जोगाउने कसरी? चौबीस घन्टा रुँङेर बस्ने कसरी? यही प्रश्नले बढ्ता घोच्यो। 'नरिसाउनुहोला,' आकाश फेरि बोल्यो, 'यो डल्लोलाई आफैं फुट्न दिनुस्, इन्फेक्सन भएर बच्चा आफैं मर्छ।' कोठामा एकाएक सन्नाटा छायो। रमेशका शरीरमा एकैपटक हजारौं काँडा उमि्रए। सासू झन् भक्कानिइन्। मुटुमा जोडले सुनामी आयो। 'जोगाउन सक्नुहुन्छ भने ३ महिनापछि आउनुस्, म अप्रेसन गरिदिन्छु,' आकाश एक्लै बोलिरहेको थियो। रमेश र सासूले त उसको आवाज राम्ररी सुन्न पनि सकेका थिएनन्। 'फोलिक एसिडको मात्रा नपुगेर यस्तो भएको हो। अब अर्कोपटक बच्चा जन्माउने बेला ३ महिनाअघिदेखि नै फोलिक एसिड खानुपर्छ, नबिर्सिनुहोला,' आकाश भन्दै गयो, 'यो बच्चालाई माया मारिदिनुस्। मेरो कुरा अप्रिय लागे पनि ध्रुवसत्य त्यही हो।' सासू जुरुक्क उठिन्। आँसु पुछिन्। च्याप्प नाति समाइन्। अनि बोकेर निस्किइन् बाहिर। रमेश पछिपछि गयो। आकाश के भन्दै थियो, उनीहरूले सुनेनन्। वा, सुन्नै चाहेनन्। ० ० ० जतिखेरै पनि फुट्ने डल्लोको डरभन्दा अजंगको डर थियो– इन्दिरालाई कसरी सुनाउने! घाउका टाँका नओइलाउँदै यस्तो खबर सुनाउन उनीहरू सक्दैनथे। बच्चाको शरीर लुगाले छोपिएको हुन्थ्यो, दूध खुवाउन पर्दैनथ्यो। अपरेसन गरेर बच्चा निकालेपछि केही दिन आमाको दूध खुवाउन मिल्दैन्थ्यो। टुंगो लाग्यो– डिस्चार्ज भएर घर नजाउन्जेल कसैलाई नभन्ने। अघिल्लो दिन नाति आएको खबर सुनेर घरमा कुखुरा पाकिसकेको थियो। रमेशले साँचो कुरा भन्नै सकेन। आमा–बुवाको ठूलो आशा थियो नातिप्रति। राति अस्पतालको बेडमा इन्दिराले सुस्तरी भनी, 'राम्ररी बाबुको अनुहारै देख्न पा'छैन, देखाइदेऊ न।' एकाएक टाउकोमा बज्र खसेझैं भयो। के भनम्, कसरी भनम् भयो। राति इन्क्युबेटरमा राखेपछि एकैपटक बिहान अस्पताल लैजाँदामात्रै झुलुक्क अनुहार देखेकी थिई इन्दिराले। आमाको मन, २४ घन्टा कसरी बाँधेर राखी होली! सम्झेरै मुटु गह्रुंगो भयो रमेशको। सकेसम्म हाँस्न खोज्यो। हाँस्यो पनि– मुसुक्क। 'यत्रो ९ मैना नदेखेर पनि त भाथ्यो केरे, भोलि बिहानै हेर्नू नि हुन्न?' 'नाइँ के, एकपटक मात्रै ल्याइदेऊ न के,' कर गरी। 'इन्क्युबेटरमा छ, नर्स नभएर निकाल्न मिल्दैन,' बहाना बनायो र मन भुलाउन खोज्यो, 'कस्तो राम्रो छ। लास्टै ह्यान्डसम भएर निस्किने भो केटो।' 'हेहे, त्यही त हेर्न मन लाग्यो, नर्सलाई भन्देऊ न प्लिज,' इन्दिराले अड्डी कसी। रमेश लत्रियो। बाहिर निस्किएर नर्ससँग सोध्यो। 'जतनसँग है। कसैगरी पनि थाहा पाउनु हुन्न आमाले। नत्र प्रेसर बढेर घाउ मक्किन्छ,' अलि सिनियरजस्तै देखिने नर्सले भनिन्। 'तपाईं नै लगिदिनुस् न, मलाई आँटै छैन,' मलिन स्वरमा भन्यो। तिनै नर्सले जनतसाथ लगिदिइन्। बच्चाको अनुहार देखेर इन्दिराका आँखा टिल्पिलाए। च्याप्प बोकेर छातीमा टाँस्न खोजी, नर्सले दिइनन्। 'घाउमा असर पर्छ, नबोक्नुस्।' छोराको अनुहारसँगै पुलुकपुलुक रमेशतिर हेर्थी अनि मुसुक्क हाँस्थी। 'अनुहार त काटिकुटी बाउजस्तै ल्याएछ।' रमेश ट्वाइलेट जान्छु भनेर बाहिर निस्कियो। कति बेरसम्म भित्र पस्नै सकेन। पौने घन्टाजति टहलिएर भित्र जाँदा इन्दिरा एक्लै थिई, आँखा चिम्लिएर निदाएकी थिई शायद। राति च्याँच्याँ गरेर बच्चा रुँदा नर्सहरू नै आएर ल्याक्टोजिन खुवाइदिन्थे। ० ० ० तेस्रो दिन : सासू बिहानै कड्किइन्। 'यसरी हुन्न। न्युरोलोजिस्टकहाँ जाम्।' रमेश त्यस्तै सोच्दै थियो। ३ महिना यत्तिकै डल्लो हेरेर बस्न सक्ने धैर्य उसमा थिएन। 'यो पिडियाटि्रसियनभन्दा न्युरोको केस हो,' अजिताले थपी। प्रेक्षाले भनेको पनि सम्झी। 'न्युरोले जे भन्छ, त्यही गर्ने, मन दह्रो बनाउनुस्,' सासूले रमेशलाई भनिन्, 'कस्ता–कस्ता दुःख सहनुपर्छ, यो पनि सहुँला। यस्ता बच्चा कति बाँचेका पनि छन् रे!' रमेशको मनमा पुलुक्क आशाको गुबारा फुल्यो। दुई दिनमा ऊ धेरैपटक मरेर बाँचेको थियो। वीर अस्पतालमा यस्तै बच्चाको सफल अपरेसन भएको खबर कताकताबाट सुनेदेखि उसको मनमा अनेक रंगका गुबारा फुलिसकेका थिए। फोन गरेर नाम टिपायो अनि बेतोडले हान्निए वीरतिर। साँघुरो भर्याटङ चढेर न्युरो वार्ड गए। १० बजेको ओपिडीमा भीड थियो। बच्चा समाएर उभिँदा मान्छे पुलुक्क फर्किएर उनीहरूतिर हेर्थे। पुछारतिर पुक्क उक्सिएको डल्लो देखेर उनीहरू मुखामुख पनि गर्थे। रमेश सरासर काउन्टरमा गएर पर्चा लिई आयो। गेटमा उभिएको मान्छेलाई दियो। उसले २१ नम्बरमा पालो भएको बतायो। यानेकि कम्तीमा २ घन्टा। त्यति पर्खिन सक्ने धैर्य र ताकत थिएन, रमेशले नम्र भएर अनुनय गर्योक। त्यो मान्छेले पुलुक्क बच्चाको अनुहार हेर्यो् र २ नम्बरमा पालो राखिदियो। रमेशसँगै वरपरका सबै चकित परे। एकजनाले त मुख खोलिहाल्यो, 'ढिलो आएर यसरी छिटै छिराउन पाइन्छ?' गेटको मान्छे कड्कियो, 'त्यत्रो मुठीभरको बच्चा देख्नुभएन? कस्तो ढुंगाको मन रै'छ यार!' त्यो बोल्ने मान्छेको रुद्रघण्टी ठप्प भयो। छिनभरमै भित्रबाट बोलायो कसैले। सासू र रमेश गह्रुंगो मन लिएर छिरे भित्र। उनीहरू नराम्रो केही सुन्न चाहँदैनथे, सबै राम्रैराम्रा कुरा सुन्न पाऊँ, त्यही कामना गर्दै थिए। बडेमानको पावरवाला चस्मा लगाएको डाक्टर केही लेख्दै थियो। बच्चा बोकेर उभिएको रमेशतिर पुलुक्क हेरेर सोध्यो, 'ल भन्नुस्, के भयो।' 'मेनिङ्गोसिल,' सासू अगाडि सरेर बोलिन्। 'ए!' चस्माको कापबाट हेरेर सोधे, 'कसले भन्यो मेनिङ्गोसिल भनेर?' 'मोडलका डाक्टरले,' रमेश बोल्यो। 'ए!' उसले टर्च लाइट बालेर डल्लो हेर्यो'। 'ओह! कति भो जन्मेको?' 'आज ३ दिन।' 'ठीक छ। अप्रेसन गर्नुपर्छ,' कागजमा केही कोर्दै उसले भन्यो, 'जनरल्ली ३ महिना कुर्नुपर्छ बच्चाको अपरेसन गर्न, तर यो केस सेन्सिटिभ छ। म जनरल्ली ७ दिनको दिनदेखि नै अपरेसन गरिदिन्छु। एमआरआई गर्नुस्, त्यसको ३ दिनमा अपरेसन गर्ने। हुन्छ?' भित्रभित्रैबाट सुलुलु आएर सास ठ्याप्प घाँटीमा अड्कियो रमेशको। मुखबाट केही शब्द निस्किएनन्। 'यो डल्लोमा पानीमात्रै छ, नसा छैन। नसा भएको भए बडो गाह्रो हुन्थ्यो,' आशाका संकेत पहिल्याउँदै ऊ बोल्दै गयो, 'यस्ता केस ८ वटा अपरेट गरिसकेँ। सुताउँदाचाहिँ कोल्टे फेरेर सुताउनुहोला। बच्चा ४ महिना नकटी आफैं कोल्टे फेर्न सक्दैन।' ऊ बोलिनसक्दै रमेश भक्कानियो। दुःखभन्दा बढी खुसीको भक्कानो थियो त्यो। डक्टरले उसको काँधमा हात थम्थमाउँदै भन्यो, 'नआत्तिनुस्, यो केटा प्रधानमन्त्री हुने भाग्य लिएर जन्मिएको छ।' ० ० ० ५ वर्षपछि एकदिन। छोरो स्कुलबाट हुर्रिंदै आएर रमेशसँग लपक्क टाँस्सियो। रमेश केही लेख्दै थियो ल्यापटपमा। 'बाबा, यो के हो?' स्त्रि्कनमै छोएर सोध्यो उसले। मुसुक्क हाँस्यो। गालामा बिस्तारै चिमोट्यो। बोल्ने शब्द केही थिएनन्। र, पनि भन्यो, 'डल्लो हो छोरा, तेरै कथा।' - See more at: http://nagariknews.com/nagarik...

ThahaChaena · Apr 17, 2014 10:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all