लेखकको अपुरो लेख बन्यो यो जिन्दगी जीवनको अधुरो कथा बन्यो यो जिन्दगी आफ्नाले नै शहिद बनाए यो जिन्दगी यो जिन्दगी के जिन्दगी अचानोले मासुको नाम मा काटियो यो जिन्दगी सिलौटोले अचारको नाम मा पिंधीयो यो जिन्दगी सनासोले समात्ने नाम मा निचोरियो यो जिन्दगी यो जिन्दगी के जिन्दगी मायाको पासोमा झुण्ड्याईयो यो जिन्दगी कर्तब्य र इच्छा को तराजुमा जोखियो यो जिन्दगी बिस्मित भोलिमा सित्तै पोखियो यो जिन्दगी यो जिन्दगी के जिन्दगी संघर्षलाइ सिंडीको नाम दिने यो जिन्दगी बेदना लुकाउने खालि खाम यो जिन्दगी रावणले जितिएको एक राम यो जिन्दगी यो जिन्दगी के जिन्दगी - थाहा छैन Last edited: 17-Apr-14 06:35 AM
ThahaChaena · Apr 16, 2014 12:50 PM · 13,229 views
वाह थाने वाह !! "सिलौटोले अचारको नाम मा पिंधीयो यो जिन्दगि" मेरो नि त्यस्तै बिचार भो थाने |
rahulvai · Apr 16, 2014 1:52 PM
एकदमै गज्जबको प्रस्तुति थाने मित्र / "संघर्षलाइ सिंडीको नाम दिने यो जिन्दगि बेदना लुकाउने खालि खाम यो जिन्दगि " यो हरफ चै मलाई मेल खाने रैछ गाठे /
Karnali Blues · Apr 16, 2014 3:44 PM
गज्जब थाने काजी, क्या बात ! अलिकती मैले पनि थप्ने दुश्प्रयास गरें है : न नाम भो जिन्दगी न दाम भो जिन्दगी फगत तिम्रा यादहरु सांच्ने; काम भो जिन्दगी । खुल्ला निलो आकाशमा चम्किने न त घाम भो जिन्दगी प्यारो शितल रातमा मुश्काउने न त जुन भो जिन्दगी तिर्थालुहरुले बिर्सेंको धाम पो भो जिन्दगी ठेगाना लेख्न बिर्सेंको खाम पो भो जिन्दगी । न राम भो जिन्दगी न काम भो जिन्दगी तपस्यामा तिम्रो खाली; बद्नाम भो जिन्दगी ।
caliber19 · Apr 16, 2014 6:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion