हासो मा मखमल झै फुलेको जिन्दकी रोदन मा झरी झै रुझेको जिन्दकी मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी लाज मा रात झै लुकेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी माया मा संसार भूलेर बाचेको जिन्दकी माया को लागि तद्पेर बलेको जिन्दकी माया को आस म भोउतरिरहेको जिन्दकी अनी माया नै माया ले घिरेयेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी बाँच्न को लागि संघर्स गरिरहेको जिन्दकी बाचेर मर्न को लागि लडिरहेको जिन्दकी अर्थ बिहिन बाचेको नी छ जिन्दकी बाच्नु को अर्थ खोज्दै हिदिरहेछ जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी मोउनता मा शब्द खोजिरहेछ जिन्दकी शब्द हरु बीच मा अर्थ खोजिरहेछ जिन्दकी कोलाहाल चिच्याहाट मा संगीत सुनाउछ जिन्दकी एउटा कथा को शब्द झै घुमेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी सङर्श गर्दा गर्दै नथाक्ने यो जिन्दकी आफ्ना सँग लडेर आफ्नालाई हराउन पर्ने जिन्दकी जिन्दकी नाम को युद्द लडिरहेको जिन्दकी अनी लडेर लाचर भएर बिबस बनेको जिन्दकी यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी Note :: मेरा प्यारा साझा का साथी भाई हरु , आफु ले जानेको सानो तिनो html को सहयोग ले मैले मेरो सबै फुटकर रचना हरु लाई एकै ठाउँ मा समेटेको छु । एस्मा तपाईं ले पहिले पढेका नपढेका मन परएका मन नपराएका सबै लाई समेटेको छु । आस छ तपाईं हरु ले फुर्सद को समयमा एसो हेरी दिनु हुने छ । अंरिकाने www.friendosis.com
amricane · Apr 16, 2014 12:26 PM · 18,081 views
जीन्दगी कसैलाई भाबिको लहना हो जीन्दगी कसैलाई विलासको गहना हो जीन्दगी मलाइ बाच्ने एक बहाना हो | कुनै कविको कबिता याद आयो |
magorkhe1 · Apr 16, 2014 12:51 PM
धेरै पछि झुल्किनु भो अम्रिकेन मित्र ..... हिजो मात्र मैले texasnepal मा गएर कविता पढेको ... राम्रो कविता गयो .... साझा नाबिर्सिनुस न .... लेख्दै गर्नुस यहाँ पनि त ब्लग मा पनि ..... हजुरको ब्लग फलो गर्नेछु .... - थाहा छैन
ThahaChaena · Apr 16, 2014 12:51 PM
थाने मित्र येहा ( साझा ) जति छन् texasnepal मा नि तेती नै छन् . साझा लाइ माया मार्ने त कुरै आउदैन नि . त्यो site मा चै मेरा पहिले देखिका रचना मात्र संग्रह गरेको हु . कुनै कुनै त् नेपाल देखि का छन् . आगामी दिन मा की लेखे भने पहिले साझा र texasnepal बाट नै प्रकासित गर्ने छु . ढुक्क हुनुहोस . अम्रिकाने
amricane · Apr 16, 2014 1:02 PM
निकै राम्रो लाग्यो I
ujl · Apr 16, 2014 1:27 PM
अमेरिकानेको काब्य शिल्पी क्षमाता बारे पहिले धेरै चोटी टिप्पणी गरि सकेको छु | भावमा शिल्पीमा सदा झैँ बेजोड छ | तर हिज्जे हतार मा कतार गए जस्तो अलि हेल्चेक्र्याईको शिकार भएको छ | कृपया हिज्जेमा नि ध्यान दिनु होला |
rahulvai · Apr 16, 2014 1:50 PM
एकदमै सहि छ अम्रिकाने सर / एउटा कुरा थप्नु मन लग्यो , हामी जस्तो संघर्स गर्दै हिडेकाहरुका लागि यो जिन्दगि रंगीन हैन श्याम स्वेत छ भन्दा उचित होला किनभने रंगीन भएको भए त खोइ ऐले सम्म कहाँ पुगिन्थ्यो होला कहाँ / फेरी पनि एकपटक , एकदमै राम्रो लग्यो हजुरको प्रस्तुति /
Karnali Blues · Apr 16, 2014 3:51 PM
राहुलदाइ हजुर ले भनेको कुरा गम्भिरता पूर्ण लिने गरेको छु . यो कबिता धेरै वर्ष अगाडी लेखिएको हो . केवल copy र paste मात्र गरेको हु . मन पराइदिनु हुने मित्र कर्ने तथा ujl लाइ धन्यबाद .
amricane · Apr 16, 2014 5:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion