ScottNepal.com ले हिजो Face Book मार्फत सबैको सपना पुराहोस् भनी लेखेको शुभ-कामना को शंदेश पड्दा मलाइ यस्तो लाग्यो । हुन सक्छ मेरो बिचार वा बुझाइ गलत छ तर मेरो उद्देश्य भने प्रेशक लाई ग़लत देखाउनु भने पक्कै होईन। सपना काहंा र कहिले पुरा हुन्छ ? सपना न त अघी कहिले कसैको पुरा भएको थियो न त भोली कसैको हुन सक्दछ । कुनै पनी कर्म वा योजना यदी पुरा गर्नु छ भने त्यसको थालनी आफु पुर्ण रूपमा बिउंझिएको र पुरै होस मा गरिएको हुन पर्दछ। सपना को बास्तबिकता संग होसपुर्ण संपर्क नै छैन तर subconscious relation भने पक्कै छ त्यसैलै यदा कदा हामी हाम्रो अपूर्ण धोको सपनामा पुरा गर्ने तरकर गर्छौ तर बिउंझिएपछी सबै भताभुंग अवस्थामा हामी पाउंछौं। फेरी सुतेर सपनाको बांकी अशं पुरा गर्ने इक्षा मना राखेपनी हामी सफल हुन सक्दैनौ। त्यसैले सपना केबल सपनामै पुरा हुन सक्दछ यदी गहिरो निद्रामा सुत्न यदी कुनै बाधा छैनभने। त्यसैले म मेरा शुभ-चिन्तक साथिहरू संग मेरा योजना र बिचार हरू सफल होउन् भन्ने शुभ-कामनाको अपाक्षा राख्दछु र संपुर्ण मित्रजन हरू प्रती पनी यस्तै शुभ-कामन अर्पण गर्न चाहान्छू । सरोज थापा "मुग़ाली" April, 14, 2014 Rockville, USA
Saroj Thapa "Mugali" · Apr 14, 2014 11:38 AM · 6,440 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion