नव बर्ष २०७१को सम्पूर्ण साझावासीमा हार्दिक मंगलमय शुभकामना । ल यो भूपी शेरचनको एउटा कविता पनि साभार गरें यहाँ बाट (संग्रहालय) नयाँ वर्ष नयाँ सरुवा भई आएको हुलाकेझैं झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर छानामाथि वैशाख हिँडिरहेछ भारी अल्छी पाइला सारेर भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको पदचापले ट्वाक्......ट्वाक्........ट्वाक्........ट्वाक् निस्तेज भई आकाश पल्टेको छ न्यास्रो अनुहार पारेर बेमौसमको बर्षात बेला–कुबेलाको वादलको गड्याङ–गुडुङ आकाशलाई पखाला लागेको छ विष्णुमतीको फोहर हैजे पानी पिएर ट्वाँ सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन् हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु मध्यान्ह दिन चर्को घाम सारा रुखहरुले आफ्नो आङ कन्याइरहेका छन् फेरि एकचोटि नयाँ वर्ष आएको छ फेरि एकचोटि भित्ताको नयाँ क्यालेण्डरमा आफ्नो जीवनको भिसा झुण्ड्याउनु छ फेरि एकचोटि सँगी साथीहरुको सूचि बनाउनु छ फेरि एकचोटि भयानक बमहरु बोकेर, उडिरहेका हवाइजहाज र रकेटमुनि बसेर लेख्नु छ प्रियजनहरुको नाममा सफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र । - थाहा छैन
ThahaChaena · Apr 14, 2014 8:33 AM · 2,365 views
भूपी शेरचन र भैरब अर्याल, यि दुई "भ" हरु को कृति जती पढेनी पुग्दैन ।। तर अफ्सोच यो छ कि यि साहित्यकारहरुका कृतिहरु आज को नेपाली समाजमा उतिकै सन्दर्भीक छन।
daum · Apr 14, 2014 2:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion