हरेक बर्ष एक नयां बर्ष आंउछ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हरेक बर्ष एक नयंा बर्ष आउंछ हामी एक बर्ष पुराना हुन्छौं त्यसैले होला हामी कहिले नयां बिचार जन्माउन सक्दैनौ बर्ष जतिसुकै फेरियोस् र बिज्ञान ले बिकास जतिनै गरोस तर हाम्रो सोच त्यही छ जँाहा प्रकृति ले हमिलाई छोडेको थियो शुभकामना नयां बर्षको दिन्छौं पनी हामी बदलामा उही शुभ कामना लिन्छौं पनी हामी त्यती मात्र कांहा हो र कसैको उन्नतिमा जल्छौ पनी हामी शान्ति र सुख जलन ले होईन मनको सन्तोष ले पाइन्छ त्यसैले, गाडी, घर, र साथी मात्र होईन आफै लाई पनी केही बदलन सक्नु पर्छ ! सरोज थापा April 12, 2014

Saroj Thapa "Mugali" · Apr 12, 2014 1:07 PM · 6,885 views

2 Replies

सरोज थापाजी कविता मिठो मात्र होइन दर्शनीय पनि छ ! नया बर्षको हजुरलाईनि मंगलमय शुभकामना !

Nas · Apr 12, 2014 2:57 PM

हरेक बर्ष  कम्तिमा पाच नया बर्ष आउंछन पान पराग दिमाग खराब, हामी बर्सौ पुराना झैँ हुन्छौं शुभकामना नयां बर्षको दिन्छौं त्यो पनी पाच पाच पटक हामी, बदलामा उही शुभ कामना लिन्छौं त्यो पनि पाच पाच  पटक हामी गाडी, घर, र साथी मात्र होईन, येस्ता पात्रै पिच्छे आउने नया वर्षलाइ बकम्फुसे ठानी मनाउने प्रथा नि बदलन सक्नु पर्छ ! तर के गर्ने जाड र तास अनि धोक्न पाए पछि दिन कुर्न नपर्ने हामि कुलान्गार, त्यसैले होला हामी कहिले नयां बिचार जन्माउन सक्दैनौ - मेरा लागि त हरेक दिन नया वर्ष को सुरुवात.

bittertruth · Apr 13, 2014 12:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all