६ जना नेपाली बालक ट्रस्ट आश्रयमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

६ जना नेपाली बालक ट्रस्ट आश्रयमा कान्तिपुर संवाददाता ० नयाँ दिल्ली, चैत्र २७ - बिभिन्न कम्पनीमा कडा श्रम गर्न लगाइएको अवस्थामा उद्धार गरिएका र अनाथसमेत गरी ६ जना नेपाली बालक दिल्लीस्थित सलाम बालिक ट्रस्टको आश्रयस्थलमा भेटिएका छन् । ट्रस्टमा रहेका बालकमा सिराहा, जगतपुर-२ निवासी धनुकी यादवका छोरा १४ बषिर्य जगेन्द्रकुमार यादव, मोरङ, सिलवारी-८ निवासी दयानन्द मण्डलका छोरा ११ बषिर्य कृष्ण मण्डल र भैरवहा घर बताउने १४ बषिर्य अमृत परियार छन् । यी बालकमध्ये ट्रस्टको सहयोगमा कृष्णको मुटुको सल्यक्रिया हालै सम्पन्न भएको थियो । यिमध्ये अमृत ट्रस्टको आश्रयस्थलमा १५ महिनादेखि आश्रति छन् भने अरु दुइ बढीमा ३ महिनादेखि छन् । उनीहरुलाई नेपालबाट जनही ५० हजार रुपै्रंयाका दरमा खरिद गरेर कठोर श्रममा लगाइएको अवस्थामा स्थानीय प्रहरीले उद्धार गरेर ट्रस्टलाई बुझाएको हो । यसरी काममा लगाउने मालिकका बिरुद्ध हाल स्थानीय अदालतमा मुद्धा चलिरहेको छ । यसैगरी, ट्रष्टको आश्रयस्थलमा रौतहटको सन्तपुरनिवासी शंकररामका छोरा १३ बषिर्य प्रकाशकुमार, १४ बषिर्य हरिकुमार र रौतहटकै १२ बषिर्य लाल मुहम्मद पनि छन् । आश्रयस्थलमा रहेका आफ्ना छोराहरुका बारे नाता प्रमाणित सम्बन्धको कागजात लिएर सम्पर्क गर्न हेल्प नेपाली मिसनका अध्यक्ष कवि कार्कीले आग्रह गरेका छन् । - See more at: http://www.ekantipur.com/np/20...

_____ · Apr 10, 2014 6:32 AM · 1,012 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all