राष्ट्रद्रोही !!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म एक राष्ट्र सेवक थिएँ २००६ सम्म | २००१ मा मास्टर्स गर्न नेदरल्यान्ड्स जाने मौका पाएँ, निजि प्रयासमा | सरकारले बिदा दियो कबुलियतनामा गराएर | बिदा आसाधारण बिदाबाट कटौती हुने गरी बेतलबी अध्ययन बिदा र फर्केर आए पछि बिदा लिएको अवधिको दोब्बर काम गर्ने शर्तमा | पढाइ सकी फर्केर फेरी जागिर खाएँ | केही बर्ष पछि फेरी उच्च अध्ययनको लागि अमेरिकामा आवेदन भर्ने सोच बनाएँ र पूर्ब स्वीकृतिको लागि सरकार संग अनुमति मागें | पूर्ब स्वीकृति यसमाने मा कि कुनै पनि सरकारी कर्मचारीले निजि प्रयासमा बिदेशमा अध्ययनार्थ आवेदन गर्न समेत पूर्ब स्वीकृति चाहिन्छ | यता अमेरिकाको केही युनिभर्सिटीहरुमा प्रोफेसर सापहरु संग कुरा भैराख्या थियो | दुइटा युनिभर्सिटीले निबेदन दिन हौस्याए पछि पूर्ब स्वीकृतिको लागि निबेदन दिएको थिएँ | टिप्पणी उठ्यो, मन्त्रालय पुग्यो | एक जना सह सचिबको घर्रामा फाइल अड्कियो | २ हफ्ता बित्दा नि फाइल न फर्के पछि फाइलको खोज गर्दै सह सचिब साहेबकोमा पुगियो | अभिवादन गर्दै मेरो निबेदन के भयो सर भनि सोधें | " तपाईंको फाइल स्वीकृत हुँदैन , जानुस " सिधै रिजेक्ट | मैले नि जिज्ञासा राखें, के कति कारण ले न मिल्ने हो भनेर | तपाईं अमेरिका गए पछि फर्किनु हुन्न , त्यसैले हामी स्वीकृति दिन्नौ | ए बाबा , मैले फाराम भर्ना स्वीकृति मागेको सर , अमेरिका जाने भन्ने कुरा त परको हो | पहिला फारम भर्नु पर्र्यो, त्यो फारम स्वीकृत हुनु पर्र्यो अनि छात्रवृत्ति मिल्नु पर्र्यो , त्यस पछि पो अमेरिका जाने न जाने सवाल उठ्छ | मैले एक सास भनें| हैन तपाईं जस्तै अरु थुप्रै अमेरिका गए पछि फर्केर आएन , त्यसैले अहिले नै रोकी दिएको , तपाइँ को पूर्ब स्वीकृति अस्वीकृत भयो भनी सम्झनुस , जानुस | मैले नि निजामति सेवा नियमाली पढेको छु | नियम जानेको छु | अहिले सम्म नियम मै बाँधिएर सबथोक गरेको छु | अरुले जस्तै निजि प्रयासमा अध्ययन गरेर तलबी बिदा लिएको छैन र फेरी पनि माग्ने छैन | नियम;ऐनले दिने सुबिधा मात्र माग्न आएको हुँ | अस्वीकृत हुने भए पनि नियम पुर्र्याएर अस्वीकृत गर्नुस , तपाईंले मुखले भनेर हुँदैन | फाइल स्वीकृत अस्वीकृत गर्ने अधिकारी तपाईं हैन , तपाईं आफ्नो राय लेख्नुस , स्वीकृत गर्ने निकाय ( मन्त्रि वा सचिब )ले जे गर्नु हुन्छा स्वीकार्य छ | यसमानेमा सह-सचिब र मेरो कुस्ती नै चल्यो | सचिबसंग गैर सह सचिब साहेबले लबिङ्ग गरे | मैले नि हार मानिन | सचिबले भेटें | हुन्न पनि भन्दैन हुन्छ पनि भन्दैन | अनुरोध गरें " मेरो रेकर्ड हेर्नुस , मेरा हाकिमहरु संग सोध्नुस मेरो बारेमा | देश लाई नै फाइदा हुने काम गर्न तपाइंलाई के ले रोक्यो ? हैन तपाईं अमेरिका गए पछि फर्किनु हुन्न , तपाईं जस्तो मान्छे हामीलाई चाहिन्छ - फेरी उही सह सचिब को जस्तो कु तर्क | "हेर्नुस फाइल , मैले फाराम भर्ना अनुमति मागेको , अमेरिका गइ हाल्न होइन" | मलाई नि झोंक चल्यो | करिब डेढ महिना पछि एक जना साथी मार्फत मन्त्रिज्यू सम्म पुगेर गुनासो गरे पछि " पूर्ब अनुमति " को फाइल सदर भयो त्यो पनि मन्त्रि आफैले सही धस्काएर | त्यो विद्वान सचिबले स्वीकृति दिएन | फारम भरियो, युनिभर्सिटीले स्वीकार गर्र्यो , छात्रवृत्ति दियो | अनि अमेरिकामा अध्यन गर्न जान बिदा मागियो - असाधारण बिदाबाट कटौती हुने गरि बेतलबी अध्ययन बिदा | ४ बर्ष को मागेकोमा ३ बर्षको स्वीकृत भयो | यसपाली भने बिना ब्यबधान | ३ बर्ष पछि पुन एक बर्षको बिदा थप गरिदिन हुन युनिभर्सिटीको सिफारिस पत्र सहित सरकारमा निबेदन दिएँ | किन कि ३ बर्षमा विद्यावारिधी सक्याउन सक्ने मेधावी थिइन म | र टेक्निकल कारणले पनि सकिने कुरा थिएन | यसपाली पनि त्यो बिदा थपको फाइल फेरी तिनै चण्डाल चौखंडीको हात पर्र्यो | "सबै नियम कानून पुर्याए पनि निज अमेरिकाबाट फर्किने सम्भावना न रहेकोले बिदा थप न दिने र तुरन्त हाजिर हुन जनाउ दिने " निर्णय भयो | त्यो निर्णय हात परुन्जेल ९० दिन कटीसकेको थियो र निजामति सेवा अनुसार ९० दिन सम्म लगातार हाजिर हुन न आएमा नोकरीबाट हटाउन सकिने छ - भन्ने प्राबधानलाइ टेकी गोरखा पत्रमा सूचना निकाल्यो | सकिन लागेको पी एच डी छोडेर १५ दिन भित्र स्पष्टिकरण सहित हाजिर हुन जान न समयले दियो न ब्यबहारले | यसरी मेरो जागिर खोस्ने प्रपन्च रचे | गोरखापत्रमा २ चोटी सम्म सूचना निकाल्दा पनि बाटो म्याद बाहेक पन्ध्र दिन भित्र हाजिर न भएमा नोकरीबाट हटाउने प्रक्रियामा थियो | त्यसै बखत आमाको स्वर्गारोहण र अन्य घरायसी कारणले नेपाल पुगें | नेपाल पुगेको भोलिपल्ट नै सहकर्मी साथीबाट थाहा पाएँ - नोकरीबाट हटाउने फाइल स्वीकृत भै सक्यो अब गोरखापत्रमा जान्छ केही दिनमा | अहिले सम्म राजिनामा दिन भ्याउछ आउनु भन्ने खबर आयो | तिमीहरुले के हराउछ मलाई , आफै राजिनामा ठोक्छु भन्दै राजिनामा दिई सनाखत गरी आएँ | अब भन्नुस , मैले राष्ट्रसेवक भै नियम कानून पालना गरेकोको पुरस्कार नोकरीबाट हात धुनु हो भने मैले ग्रीन कार्डको आश किने नगर्ने ?? मन्त्रि पण्डितले जवाफ दिन सक्नु हुन्छ ?? बिदा स्वीकृत गरि दिएको भए नेपाल फर्की फेरी राष्ट्रको सेवा गर्थें कि ?? फर्केर आउदैन भन्ने सरकारको निर्णय के जायज थियो ? यदि मैले त्यो ग्रीन कार्डको आश गरेको बिषय राष्ट्रदोह हो भने राष्ट्रद्रोही बन्न स्वीकार छ , चेतना भया |

rahulvai · Apr 9, 2014 10:39 AM · 558 views

2 Replies

राहुल ब्रो, दर्दनाक घटना बाड्नु भएकोमा धन्यबाद| यहानेर नेपाली कर्मचारीतन्त्रमा ब्याप्त कुकृतिको कुसंस्कार छर्लंगै भाको छ| मुलुकको राजनीतिज्ञलाइ मात्रै के दोष दिने| यिनीहरुको मानसिकता नियम भित्रै रहेर जनतालाई सकेसम्मन सजिलो बनाऔ भन्ने होइन कसरि यिनीहरुलाई दुख दिने भन्नेमा केन्द्रित हुन्छ| अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो, सोम| अनि राष्ट्रद्रोही पनि उनै जनता हुन्छन|

yotabhayananisom · Apr 9, 2014 1:53 PM

"मुलुकको राजनीतिज्ञलाइ मात्रै के दोष दिने| यिनीहरुको मानसिकता नियम भित्रै रहेर जनतालाई सकेसम्मन सजिलो बनाऔ भन्ने होइन कसरि यिनीहरुलाई दुख दिने भन्नेमा केन्द्रित हुन्छ| अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो, सोम| अनि राष्ट्रद्रोही पनि उनै जनता हुन्छन|"

Nas · Apr 9, 2014 2:00 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all