"आलु" अर्थात रामे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  "आलु" अर्थात रामे  । ****************** ( धेरै पुरानो अर्थात २००७ सेप्टेम्बरमा साझा ब्लगमा राखेको यो कथा फेरी राख्दै छु | यो कथा याद आउनुको कारण आज मछिन्द्र नाथको रथ यात्रा हाम्रो टोल हुँदै जैसी देवल अनि लगन पुर्याइयो क्या र | पुरै टोल जात्रामय हुन्थ्यो , घरका चेलीबेटी आफन्तको रमाइलो जमघट हुन्थ्यो | आज फेसबूके फोटोहरुमा त्यो रमाइलो खोज्दै थिएँ र यो कथा याद आयो| रिसानी माफ |)  ---------------------------------------------------------------------------------------- आलु अर्थात रामे , हाम्रो क्लासको नमुनाको  क्यारेक्टर। थोरै बुझ्ने धेरै बोल्ने, धेरै पढ्ने थोरै बुझ्ने, उनको बिषेशता थियो। अर्थात् औसत दर्जा भन्दा नि मुनितिर भए नि  आफुलाई अब्बल् दर्जाको बिद्यार्थीको श्रेणिमा राख्ने गर्थे उ आफै।  पढाइमा पनि गोबर नै नभए नि आलु चाहिँ पक्कै थियो।  तर डल्ले मोटे भएकै कारणले आलु भनेका हुन् रे उनका पुराना सहपाठीहरु भन्ने गर्छन्।  १० कक्षा पढ्दा अरुको औसत उमेर १५-१६ थिए भने उनको १८। सबै भन्दा जेठा भएकोमा उ गर्ब गर्थ्यो र सबैले दाइ भन्थे। आलुचा भन्यो कि मुला भन्दै रिसाउथ्यो तर "आलु दाई"  भन्यो कि मख्ख पर्थ्यो।  १० पढ्दा पढ्दै जवानी सल्के छ। हाम्रो क्लासले के बाल दिन्थ्यो, त्यसैले  छिमेकी क्लास ( अर्को सेक्सन) कि एक जना छात्रालाई मन मनै मन पराउन थाले। एक छिन क्लास खाली भएको कि उता झ्याल् तिर चियाएर बस्थ्यो। फुरुंग भएर फर्किन्थ्यो | पढाइ सक्यो। एस् एल् सी को परिक्षा अलि पर नै थ्यो। कमजोर् आलुको पढ्ने भन्दा नि "कमला"को सपना मै मस्त थियो। कमला जहाँ जहां ट्युशन पढ्न जान्थी, त्यतै ट्युशन पढ्न पुग्थ्यो। अरु साथीहरुले कमलाको कुरा प्रसंग बे प्रसंग निकाल्दा आलुको अनुहार् मा चमक् आउथ्यो र सबलाई चिया नास्ताको बन्दोबस्त गर्थ्यो। उनको यो स्वभावले पम्पू हाल्नेहरुले मज्जाले हावा भरे। बेला बेला मा पंचा नारायण दाइ को पसलमा कमला भाउजुको नाममा पंच क्व़ा ( आलु तामा) र ममचा भ्याउँथें | त्यति सम्म त ठिक्कै थियो। बिहान बिहान चिया नास्ताको लागि जेरी स्वारी हलुवा किन्न उ जैसी देबल पुग्थ्यो।अब त्यही असन टोलमा अनेक मिठाइ पसल हुंदा हुदै नि आधा घण्टा हिडेर जैसि देबल् पुग्नुको एक मात्र  कारण, कमला पनि त्यतै मिठाइ किन्न गर्छिन् रे।  एस् एल् सी सकियो। पास हुनेहरुको नामावलीमा "आलु" को त नाम आश गरेको थिएन। नाम अनुसार बडेमानको आलु खाए | तर कमला भन्ने आलुको दांजोमा पढ्ने मै गनिन्थ्यो र पनि फेल भइन। १८ प्रतिशत मात्र पास भएको सालमा धेरै  होनहार हरुको पनि हार् भएकोथ्यो।  एक दिन बिहानै, आलु भेट भयो बाटोमा( शायद, जेरी स्वारी किन्न जान लागेको होला।  "ए आलु, कता जान लागेको? " मैले सोधें।  उ अक्कमक्कियो र "त्यहीं सम्म जुत्ता बनाउन जान लागेको।"  उस्ले ढाँटेकोमा आश्चर्य भएन। त्यतिबेला जुत्ता बनाउने सार्कीको पसल खुल्दैन, त्यो मलाई थाहा थियो।  भेट भए पछि त्यसले मलाई लामो गफ लगाउंछ त्यो थाहाथ्यो।  "तंलाई बधाई छ, बोर्ड ल्याइदियो।"  "तेरो के भएको नि? जाँच त राम्रै भयो भन्थिस् नि?"  "पास त पक्कै हुनु पर्ने। के भयो के भयो?"  "इङलिस् चाहिं अलि बिग्रेको, तर नेपाली मा त फेल हुनु नपर्ने, त्यो कापि जाँच्ने मुलाले नेवार भनेर थाह पाएर ल्यायो जस्तो छ।"  "तर बुझिस्, फेल भए नि खुशी छुं"  फेल भएर नि खुशी? मैले बुझिन उनको कुरा।  "ए आलु, फेल भएर नि कोही खुशी हुन्छ, तं कसरी  खुशी?"  "ल मुला त्यति पनि थाहा छैन तिमीलाई?  म मात्र फेल भएको भए पो, दुखी हुन्थे, त्यो कमला नि फेल भयो नि। हामी दुबैलाई भगवानले फेल गराएको नि। नत्र पछि अप्ठ्यारो हुन्छ भनेर।"  यो जवाफ सुनेर म अवाक भएं । मेरो सानो काम छ, ढिला हुन लाग्यो भनेर आफ्नो बाटो लागें।  अचेल आलुको छोरो केटी घुमाउने भैसके र पनि हरेक मछिन्द्र नाथको रथ यात्रा र इन्द्र जात्राको कुमारी यात्राको भीडमा आलु भेटिन्छ, जैसी देबल तिर्। कहीं झ्यालमा, चोकमा कमलाको दर्शन पाइहाल्छ कि भनेर।  अस्तु!। Last edited: 09-Apr-14 08:28 AM

rahulvai · Apr 9, 2014 8:22 AM · 15,586 views

4 Replies

ठुल्दाइ, पुरानै भैकन पनि रमाईलै कहानी कथ्नु भो .... अब नयाँ कथाको पालो है पिलिज़ भन्छु नि .... - थाने

ThahaChaena · Apr 9, 2014 8:52 AM

thuldaai , maile pani padhe, ramailo laagyo.... saachi malai pani kamala laai herna man laagyo......aalu daai laai jhan kasto bhayeko hola.....

baaramaase · Apr 9, 2014 10:21 AM

छोटो, मिठो र स्वादिस्ट प्रस्तुति ठुल्दाई / रमाइलो लाग्यो आलुको भोगाई सुनेर / तर अन्त्यमा आलुको कमल संगै बिहे भयो कि कमलले पनि आलू खुवाएर हिडी नि ठुल्दाई ??? यो जात्रा को कुरा उठ्ने बित्तिकै मलाई नि धेरै कुरा याद औछ / हुन त नेवार नभए पनि नेवार समुदायमा धेरै समय बिताएकोले कुनै जमाना मा इन्द्रजात्रा हुने बित्तिकै सारै रमाइलो लाग्थ्यो / तीन चार वर्षा त रथ पनि तान्न गइयो तर पछि पछि मोर दन्ठे हरु आफैले तान्न थाले / आकाश भैरव को मुख बाट ठो:ह्याकि मा ठो: खान पाइयो भने त त्यो वर्ष भरि रोग लाग्दैन भनेर मचि मचि ठो: खान गैन्थ्यो / तर तेइ ठो: खाएको भोलि पल्ट नाख्त्याको भोज ले गर्दा पेट दुख्थ्यो भन्या / खोइ सुकु भ्युए नखाएको नि धेरै भयो / ठुल्दाई ले एस्सो कुनै जात्रा मा नाख्त्या बोलाउनु हुन्छ कि भन्ने ठुलो आसा लिएर बसेको छु क्या रे 

Karnali Blues · Apr 10, 2014 11:09 AM

Rahulvai Dai, Ramailo katha.. Aalu chahi ramailo manche nai rahecha ni "thorai bujhne dherai bolne, dherai padhne thorai bujhne" vayepani...

s_usa · Apr 11, 2014 12:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all