Massive protest needed to sack Bamdev, douche acting against Kharel

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

वामदेवलाई पूर्व एआइजीको चुनौती: एआइजी बनाउन पैसाले भरिएको ब्रिफकेसको प्रतीक्षा हो? रविराज थापा तीन महिनादेखि नेपाल प्रहरीको दोस्रो ठूलो तह (एआइजी)का सातै पद रिक्त छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम या त यसबारे जानकार हुनुहुन्न या यो मामिलामा कम चिन्तित हुनुहुन्छ ।    गौतम सम्भावित प्रहरी अधिकृतहरु एआइजी हुन पैसाले भरिएको व्रिफकेश बोकेर आउन भनेर प्रतिक्षारत होलान् !   एआइजी बढुवामा भएको यस्तो ढिलाईले आकांक्षी डिआइजीहरु र तीनका जुनियरहरुको मनोबल गिरेको छ । उनीहरु मानसिक तनाव बेहोरिरहेका छन् र धैर्य गुमाइरहेका छन् ।    तर प्रहरी संगठनको यस्तो आवाश्यकता र प्राथमिकताबारे गृहमन्त्रीले वास्ता गरेको देखिदैन ।    हाम्रा तीन पटकका उपप्रधान एवं गृहमन्त्री र मुलुकका हेभिवेट नेता सगर्व यो घोषणा गरिरहेका छन् कि उनी नेपाल प्रहरीका सबैभन्दा सक्षम प्रहरी अधिकृत (रमेश खरेल)सँग क्षुव्ध छन् ।    खरेल अपराधी र राजनीतिक ‘लठैत’हरुसँग शून्य सहनसिलता अपनाइरहेका छन् ।    कानुन कार्यान्वयन गराउने बहालवाला र अवकाशप्राप्त अधिकारीहरुले खरेलसँग व्यवसायिक ऐक्यवद्वता देखाउने यो असाध्यै उपयुक्त बेला हो । खरेलको कार्यशैलीप्रति गृहमन्त्रीले कुनै बदलाभाव प्रदर्शन नगरुन भनेर हामी सबै सतर्क हुने बेला यही हो ।    यस्तो बेला एउटा सत्यवादी र प्रतिवद्व राष्ट्रसेवक राजनीतिक प्रतिशोधको शिकार हुन लाग्यो भने जनता पनि समर्थनमा उत्रिन तयार हुनुपर्छ ।   यस्तो अवस्थामा खरेलको सरुवा गराएर हनुमान ढोका जान पाउ भनेर जो प्रहरी मन्त्रीको चाकडीमा जान्छन् तीनलाई नेपाल प्रहरी संगठनले, पुर्व प्रहरी संघले गद्दार घोषणा गर्नुपर्छ ।   नेताका नोकर हुन राजी हुने त्यस्ता प्रहरीका हाकिमलाई जनताले पनि बहिष्कार गर्न आँट देखाउन सक्नु पर्छ ।    आजको नेपाल प्रहरीको संरचनाको माथिल्लो तहमा नेतालाई चाकरी गरेर आईजीपी हुने, पछि अख्तियारको सुचीमा बस्न रुचाउने उच्च प्रहरी अधिकृतको संख्या नेताहरुले सोचे भन्दा कम छ ।    नेपाल प्रहरीका प्रत्येक सदस्यले यस्तो कुरा आत्मसम्मानपूर्वक भन्न र बोल्न सक्ने साहस जुटाउन जरुरी छ ।

bittertruth · Apr 7, 2014 10:08 PM · 1,462 views

1 Reply

ओबामाले प्रहरीसँग यसरी मागेका थिए माफी वामदेवले रमेश खरेलसँग माफी माग्नुपर्छ : सर्वसाधारण २०७० चैत २५ गते १२:४८ मा प्रकाशित २५ चैत, काठमाडौं । गृहमन्त्री वामदेव गौतम यतिबेला काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलविरुद्ध भाषण गरेपछि विवादमा तानिएका छन् । यस्तै विवादमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि नपरेका होइनन् । तर, राष्ट्रपति ओवामाले आफूले गाली गरेका प्रहरी अधिकृतसँग ह्वाइट हाउसमा बियर पिएर माफी मागेपछि उनीहरुवीचको विवाद साम्य भएको थियो । प्रहरी र ओबामावीच विवाद ओबामा र प्रहरीवीचको विवादको सो घटना सन् २००९ जुलाइ महिनाको हो । वेयर स्टीट, क्याम्बि्रज म्यासेचुसेट्सको एउटा घरमा १२ : ४४ बजे प्रहरीहरु साइरन बजाउँदै पुगेका थिए । कसैले छिमेकीको घरका कुनै व्यक्ति ढोका फोरेर घरभित्र पसेको भन्ने उजुरी फोनबाट प्राप्त गरेपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरीले उक्त घरभित्र रहेका व्यक्तिलाई पक्रेर थानासम्म लगेको थियो । उनलाई प्रहरीले केही घण्टासम्म थुनेर छाडिदिएको थियो । त्यसरी पक्राऊ पर्ने व्यक्ति चानचुने थिएनन् । उनी हार्वड विश्वविद्यालयका प्रोफेसर तथा चर्चित अफ्रिकन-अमेरिकन विद्वान हेनरी लुइसी गेट्स थिए । उनले चीन भ्रमणबाट आउँदा आफ्नो घरको ढोका नखुलेपछि ट्याक्सी ड्राइभरको सहायता लिएर चाबी फुटाई आफ्नो घरमा प्रवेश गरेका थिए । छिमेकीको उजुरीका आधारमा आफ्नो घरमा आएका प्रहरीलाई उनले यो कुराको जानकारी गराउँदा गराउँदै प्रहरीले उनलाई पक्रेको थियो । घटना यतिमै सेलाएन । प्रोफेसर हेनरीले आफू गिरफ्तारीमा परेपछि सार्वजनिक प्रतिक्रिया दिँदै आफू कालो जातिको अमेरिकी नागरिक भएकाले पक्राउ परेको तर गोरा जातिको भएको भए पक्राउ नपर्ने प्रतिक्रिया दिए । प्रोफेसर हेनरी काला जातिका थिए भने उनलाई पक्राउ गर्ने प्रहरी गोरा जातिका थिए । प्रोफेसर हेनरीको अभिव्यक्तिपछि अमेरिकी मिडियामा यो मुद्दाले प्रमुखता पाउन थाल्यो । ठीक त्यहीबेला राष्ट्रपति ओबामाले सार्वजनिक अभिव्यक्ति दिँदै क्याम्बि्रज प्रहरीले ‘मूर्खतापूर्ण व्यवहार’ गरेको बताएपछि विवादको आगोमा घिऊ थपियो । राष्ट्रपति ओबामाको भनाइपछि प्रहरी अधिकारीले चित्त दुखाउँदै आफूले कर्तव्य पालन गरेको तर, काला जातिमाथि कुनै पक्षपातपूर्ण व्यवहार नगरेको प्रतिक्रिया दिए । हेनरीले प्रहरीलाई असहयोग गरेको र नराम्रो व्यवहार गरेकाले उनलाई पक्राऊ गरिएको भन्दै प्रहरी अधिकारीले ओमाबाको अभिव्यक्तिबाट चित्त दुखेको बताए । सुन्दा एकदम सामान्य लाग्ने यो घटनाले अमेरिकी प्रेसजगतमा असामान्य तहल्का मच्चायो । पिउ रिर्सच सेन्टरका अनुसार अमेरिकी सञ्चार माध्यममा त्यस घटनाले राष्ट्रपति ओवामाको त्यसबेलाको बहुचर्चित स्वस्थ्य विमा कार्यक्रमलाई समेत ओझेलमा पारिदिएको थियो । घटना भएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि यो मामिला सेलाउन सकेन । अमेरिकी राष्ट्रपतिले एउटा सामान्य घटनामा गरेको आवेशपूर्ण टिप्पणीलाई अमेरिकीहरुले मन पराएनन् । निष्पक्ष मानिएको पिउ रिर्सच सेन्टरले त्यसबेला गरेको एक सर्वेक्षणमा करिव ४१ प्रतिशत अमेरिकीहरुले बराक ओवामाको यो कदम आफूलाई मन नपरेको बताएका थिए भने २९ प्रतिशतले ठीकै गरेको बताएका थिए । माफी मागेर विवाद समाधान यो विवाद अनावश्यक तन्किएपछि अमेरिकी राष्ट्रपतिले गिरफ्तार गर्ने प्रहरी र प्राध्यापक दुबैसँग बसेर कुरा गर्न र वियर पिउन चाहेको बताए । साथै ओबामाले आफ्नो भनाइ अलिकति भावनात्मक भएको भन्दै आत्मालोचनासमेत गरे । नेताले गल्ती गर्न सक्छन् तर गल्तीलाई आत्मसात गर्न र जनतासित झुक्न पनि तयार हुन्छन् भन्ने महानता राष्ट्रपति ओबामाले देखाए । के हाम्रा गृहमन्त्री वामदेव गौतमले पनि एसएसपी रमेश खरेलसँग यसरी गरी सँगै कफी पिएर यो विवादलाई साम्य पार्ने महानता देखाउन सक्लान् ? यो पनि पढ्नुहोस् - See more at: http://www.onlinekhabar.com/20...

_____ · Apr 8, 2014 5:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all