तलब आउदा हुकुमको एक्का परे जस्तो लाग्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कल्ब्रेक जिन्दगी ................... अचेल जिन्दगी कल्ब्रेकको खेल भाको जस्तो लाग्छ!! तलब आउदा हुकुमको एक्का परे जस्तो लाग्छ २/४ दिन त कसैलाई गनिदैन काउली तरकारी भनिदैन तेस्को चार दिन मै तुरूप बाद भन्न मन लाग्छ परीक्षाको फारम भर्न आफै चिडको बास्सा बने यसपाली त लक्की सेवेन आउनु पर्छ भने तर आफ्नो रिजल्ट सधै दुक्की हो कि कस्तो माथि नि तारा जस्तो तल पनि तारा जस्तो साथि सबै इटका गुलाम कति सारो पेल्छन दहर फाली मिस्सी झार्ने कति रुखो खेल्छन तेती मात्र कहाँ हो र बास्सा पनि झार्छन मलाई त जैले नि एक हात गोलो पार्छन राम्री केटि भेट्दा पानको एक्का पर्या मान्छु यो मिस्सी लाइ जसरि नि हात पारौला ठान्छु तर क्यार्नु पानको पहिलो खेलमै कोहि तुरुप डुक्राइदिन्छ मनको लड्डु खान नपाउदै मनमै टुक्राइदिन्छ यहि हो यार मलाई त् जिन्दगि कल्ब्रेक जस्तो लाग्छ !

amirsubedi · Apr 7, 2014 6:17 PM · 17,863 views

6 Replies

अमिर सुबेदीब्रो, खुब रमाइलो लाग्यो कविता पढेर !

Nas · Apr 7, 2014 6:45 PM

धन्यबाद Nas जी !

amirsubedi · Apr 7, 2014 6:48 PM

धेरै राम्रो र रमाइलो प्रस्तुति अमिर को कविता !

manmeronepali · Apr 7, 2014 7:33 PM

bittertruth · Apr 7, 2014 9:17 PM

राम्रो प्रस्तुति अमिर ज्यू अरु पढ्न पाउनेछौं भन्ने आशा छ - थाहा छैन

ThahaChaena · Apr 8, 2014 9:21 AM

समस्त साहित्य अनुरागी मन हरुलाई सहृदय धन्यबाद प्रकट गर्दछु ! साथै मेरा अन्य रचना पढ्न www.ankaganit.blogspot.com मा visit गर्न सक्नुहुन्छ !

amirsubedi · Apr 12, 2014 10:43 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all