हासो थाम्नै सकिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पुरै लेख राम्रो छ तर अन्तिम प्याराग्राफ पढेर हासो थाम्नै सकिन      अवकाशपछि फेरि जागिर त्रिलोकसिंह थापाद्वा आफ्नो उमेर १४ वर्षको हुँदा सैनिक भएको मैले झन्डै ५० वर्षको उमेरमा जब त्यहाँबाट अवकाश पाएँ, सोझै नेपाल फर्किएँ। त्यतिबेला बानेश्वर घना जंगल थियो। केही रोपनी जग्गा लिएर राखेको थिएँ, फर्किएर यहीँ आएर बसेँ। स्थायी रूपमा बस्ने भएपछि बानेश्वरको एउटा स्कुलमा छोराछोरी भर्ना गरेँ। त्यति बेला नयाँ सडकमा एक मात्र पुस्तक पसल थियो। एक दिन त्यहीँ कापी-किताब र कलम किन्दै थिएँ, एक जना गोराले मलाई सम्बोधन गर्दै बोलाए। म आश्चर्यचकित भएँ। फर्केर हेर्छु, चिनेजस्तो लाग्दैन। छोटो भलाकुसारीपछि चिनजान भयो, उनी त बि्रटिस सेनाका पूर्वमेजर स्पि्रङ् स्माइथ पो रहेछन्। बि्रटिस आर्मीमा हुँदा उनी इन्जिनियर रहेछन्। उनले बिदामा आएको हो कि भनेर सोधे। मैले अवकाश पाएर आएको भनेपछि फेर िकुनै  जागिर गर्ने इच्छा छ कि भनेर सोधे। कतै कुनै आवेदन नदिएको र अहिले त्यतातिर खासै  केही नसोचेको बताउनासाथ उनले जागिर पक्का भन्दै अर्को दिन अफिसमा आउन भने।  उनी त्यस बेला विश्व खाद्य कार्यक्रमका प्रमुख रहेछन्। नभन्दै भोलिपल्ट उनलाई भेट्न गएँ, जागिर भयो। तत्काल सुदूरपश्चिमको भोकमरीग्रस्त  क्षेत्रमा खटिएँ। दार्चुला, डडेलधुरा, बैतडीलगायत पाँच ठाउँमा हवाईजहाजद्वारा खाद्यान्न  सामग्री खसाल्ने कार्यक्रम रहेछ। धरानका क्याप्टेन ताराबहादुर थापालाई झिकाएँ र सुदूरपश्चिमतर्फ लाग्यौँ। पिथौरागढ पुगेर पुरानो नेपाली किल्ला देख्दा राष्ट्रियताको सम्झना भयो। त्यहाँबाट दार्चुला  हुँदै धार्चुला पुग्यौँ। डकोटा हवाईजहाजले खसालेको खाद्यान्न ५० प्रतिशत त पूरै 'ड्यामेज'  हुँदो रहेछ। हुन पनि, चामलका बोरा माथिबाट खसाल्दा के हाल होला? अरू खाद्यान्न पनि  त्यस्तै। सबै लेखाजोखा गरेर बेलुका फेर िपिथौरागढ फर्किनुपर्ने। जसोतसो खाद्यान्नको लेखा राखेर अर्कोतर्फ लाग्यौँ। हामीलाई हिँड्न अप्ठ्यारो होला भनेर घोडा उपलब्ध गराइएको थियो। ताराबहादुर त घोडा  लिएर छड्किहाले। कहिल्यै घोडा नचढेको मेरा लागि भने त्यो उल्टै सास्ती साबित भयो।  घोडाले पनि मान्छे चिन्दो रहेछ क्यारे, म घोडामा चढ्नासाथ कतिखेर फाल्ने हो भन्ने डर- त्रास। यत्तिकैमा एक जना वृद्धले जुटको बोरामा चामल बोकेर ठाडो उकालो लागिरहेको देखेँ।  मैले नजिकै गएर उनको उमेर सोधेँ। ८० वर्षका रहेछन्। त्यसपछि मलाई ज्यादै लाज  लाग्यो। आफू चढेको घोडामा उनले बोकिरहेको चामलको बोरा लादिदिएँ र उनीसँगसँगै कुराकानी गर्दै पैदल उकालो लागेँ। झुलाघाटबाट उकालो चढ्दै गर्दाको कुरा हो। त्यहाँ एउटा अर्को अचम्मलाग्दो घटना देखेँ।  ठकुरी बाबुसाहेबहरू चट्ट परेर चौतारामा बस्दा रहेछन्। एक जना पुरोहितजस्ता लाग्थे,  त्यही बाटो भएर गइरहेका थिए। तिनै ठकुरीमध्ये एक जनाले उनलाई उछिनेर माथिको  चौतारोमा गई फेर ित्यसै गरी बसे। उनी किन त्यसो गररिहेका हुन् भनेर म अलमलमा  परेँ। माथिल्लो चौतारोमा बसेका ठकुरीसाहेबलाई पुरोहितले सोधे, 'बाबुसाहेब किन आज  यहाँ?' ठकुरी बाबुसाहेबको जवाफ थियो, 'तिमीले तल देखेनौ कि भनेर।' त्यसपछि  पुरोहितले नमस्कार गर्दै सन्चोबिसन्चो सोधे। ठकुरीले 'तल किन यति कुरा नगरेको त?'  भन्दा म त छक्क परेँ। उनी नमस्कार पाउन मात्र माथि उक्लिएर बसेका रहेछन्। http://www.ekantipur.com/nepal...  

_____ · Apr 7, 2014 8:36 AM · 2,203 views

1 Reply

मेरा १३ दिने दाजुभाई खलक राज्य मन्त्री भै खाएका ३६ साल पछि जन्मथलो वाट राष्ट्रिय पंचायतको सदस्यमा उठेका थिए | सधै गजक्क गच्किएर बस्ने अनि लाउकेले मन्त्रि फलानो उठ्नु भएको छ भोट दिनु पर्यो भनेर चिनारी र नमस्कार पाए पछि मात्रै मुख खोल्थे रे ?पुच्छार बाट चौथा भएछन | बाबुसाब तो ऐठन पनि गजबै छ | " रस्सी डह गई ऐठन बाकि है " भन्ने सुन्नु भएको छ ? मन पर्यो , ब्यङ्ग विधा तिर टास्नु पर्ने !

magorkhe1 · Apr 7, 2014 9:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all