मलाई दिक्क लाग्छ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मलाई दिक्क लाग्छ जब स्वदेशमा भएका मेरा आफन्त र साथीभाईहरुले विदेशमा चाही खाली कमाई मात्र हुन्छ, खर्च केहि हुदैन जस्तो गरि कुरा गर्नुहुन्छ...

porsche2014 · Apr 6, 2014 12:49 AM · 7,360 views

2 Replies

यहाँ पैसाको रुख जो छ, हामि त टपक्क टिप्न मात्र बसेका नि , पसिना चुहेको र रात-दिन नभनी काम गरया कसले देख्छ र भने नि गफ़्फ़ै हो उनीहरुको लागि |

bittertruth · Apr 6, 2014 1:32 AM

कल्पनाको संसारमा जो पनि भुल्छन दु:ख लाग्दो कुरा गाउले हरुले लाहुर गएको झै ठान्नु कुनै खेद कुरो भएन किन्की पालिखे रेडियो र पानासोनिक रेडियो को फरक नबुझाइ मा कुनै दोस देखिदैन तर त्रिभुवन विश्वाबिद्यालय बाट स्नातकोतर् उपाधी लिएर बसेका अनी ईन्टरनेट मा घण्टा झुन्डिने हरुको पनि त्यो मन्स्थिती देख्दा र सुन्दा खेद लाग्छ | किन्की हामी सुनेकै भरमा सबै विश्वाश गर्छौ | तितो सत्य कुरा ब्यङ बाट अन्त्य गरौ : बुहारी सुत्केरी भएको हो हैन भन्ने कुरा आफ्नै बुहारी लाई नसोधी छिमेकिलाई हैन मेरी बुहारी दुई जिउकी भाकी हो ? भन्न् खोजेको हामी एस्तै मनस्थिती बोकी हिंडेका छौ अनी मेरा , तपाईका र हाम्रा मित्रहरु गाउले हरु तिनै बर्गमा पर्छन| मेरी माताहारीले २ बर्ष हरियो पत्ता लिएर नेपाल फर्के पछी छोराले कसरी पढेछ भन्ने बुझिन | एउटा बाँकी छ एता नआएको, त्या गर्ने दु:ख यही गरे कहाँ पुगी सक्थयौ भन्ने कुरा कसरी सम्झाउने मेरी आमाले, दिमाग कोल्हुका बैल जस्तो भए पछी ? नमरी स्वर्ग देखिदैन , न भोगी चेतिदैन !

Magorkhe1 · Apr 6, 2014 7:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all