बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति गठन चैत्र १८,भर्जिनिया विजय थापा एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाको तत्वाबधानमा जुलाई ४- ६ तारिखमा हुने ३२ औ ए एन ए सम्मेलनमा "बृहत नेपाली साहित्य सम्मेलन-२०१४" मूल तैयारी समिति गोबिन्द सिंह रावत (बिध्या वारिधि )को संयोजकत्वमा गठन गरिएको छ l उक्त साहित्य सम्मेलन डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको टाइसन कर्नर स्थित शेराटन प्रिमियर होटलमा हुने भएकोले संयोजक रावतले सफलताको साथ सम्पन्न गराउन मूल समारोह समिति गठन गरिएको बताएका छन् l उक्त सम्मेलनमा हरेक बर्ष झैं यस बर्ष पनि कविता प्रतियोगितामा अत्यधिक धनराशी एक हजार यू एस डलर पुरस्कार को भएको 'अन्तरार्ष्ट्रिय नेपाली कविता महोत्सब-२०१४" सम्पन्न गर्नुको साथै नेपालका बरिष्ठ साहित्यकार तथा कलाकारहरुसंगको अन्तरक्रिया कार्यक्रम र बिशेष कबि गोष्ठी कार्यक्रम पनि आयोजना गरिने बताईएको छ l "बृहत नेपाली साहित्य सम्मेलन २०१४ तैयारी समिति" मा संयोजक - डा. गोबिन्द रावत ,सदश्यहरुमा :बिनोद रोका ,न्यु योर्क, नीलम कार्की निहारिका - नर्थ क्यारोलिना ,पर्ल रेग्मी ,म्यारिल्याण्ड ,गगन बिरही ​,​न्युयोर्क,गीता पन्थ ​,​न्युयोर्क,मणि बांगदेल न्युयोर्क ,मनु लोहरुंग राई न्युयोर्क,प्रदीप थापा मगर​,​ न्युजर्जि ,सहदेब पौडेल ​,​न्युयोर्क,गोबर्धन पुजा ​,​बोस्टन ,दीपा राई पुन​,​ बोस्टन ,विप्लब प्रतिक, टेक्सास ,बिटु केशी बराल ,टेक्सास , मीना शाक्य प्रधान ​,​फ्लोरिडा ,गुणराज लुइँटेल भर्जिनिया तथा दया रत्न शाक्य रहेका छन् l

mahoday · Apr 1, 2014 5:06 PM · 2,570 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all