नेपाली हुँ भन्न लाज लाग्छ भने त्यसलाई मान गर्न जरुरी छैन २०७० चैत १७ गते १६:१० मा प्रकाशित लालबाबु पण्डित, सामान्य प्रशासन मन्त्री ग्रीनकार्ड, पीआर वा विदेशी नागरिकता लिएका सरकारी कर्मचारीहरुलाई कारवाही गर्छु भनिरहनुभएको छ, यो भावावेशमा आएर बोल्नुभएको हो कि सुझबुझपूर्ण अभिव्यक्ति हो ? -मैले कुनै भावावेशमा आएर बोलेको होइन । मैले खाली सम्झाउन मात्रै खोजेको हो । सरकारी निकायमा जिम्मेवारी लिएर सपथ खाँदाखेरिको कुरा सम्झाउन मात्रै खोजेको हो । नेपालको चाहे राजनीतिमा होस्, चाहे सेवामा होस्, चाहे सुरक्षामा होस्, चाहे निजामति सेवामा होस्, म अन्तिम प्राण रहेसम्म नेपाल र नेपाली जातिमा समर्पित हुन्छु । ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसि’ लाई शीरोधार्य गरिकन यो कुरा गरेको हो । यही कुरालाई कसैले बिर्सन्छ भने सम्झाइदिनु मेरो कर्तव्य हो । तर, कसैले बुझेर पनि बुझ पचाउँछन् भने हेर्ने जिम्मेवारी पनि मेरै रहेको छ । त्यसलाई दण्डनीय बनाउनुपर्छ । बुझ पचाएर कुनै अपराध गर्यो भने त्यसको सजायँ फरक हुन्छ । जानीजानी अपराध गर्नेलाई त्यसको दण्ड अलग्गै हुन्छ । त्यस्तालाई कुनै छुट हुँदैन । सरकारी कर्मचारीले विदेश गएर त्यहाँको ग्रीनकार्ड, पीआर वा नागरिकता लिनु अपराध हो ? कुनै नेपालीले डबल नागरिकता लियो भने उसलाई के दण्ड हुन्छ ? नेपालीले नेपालकै दुईवटा नागरिकता लियो भने उसलाई दण्ड जरिवाना छ कि छैन ? नेपालीले नै विदेशको नागरिकता लियो भने त्यो त झन् महा दण्डनीय हुन्छ । नेपालको नागरिकता नत्यागिकन विदेशी नागरिकता लिनु भनेको दण्डनीय नै हो । त्यसमा पनि सरकारी ओहोदामा विशेष जिम्मेवारी लिनु त झन कति दण्डनीय हुन्छ ? यसको समाधानचाँहि कसरी गर्ने ? त्यस्ता कर्मचारीले विदेशको नागरिकता त्याग्ने या उनीहरुलाई सरकारी जागिरबाटै हटाउने ? हामी यसको तथ्यांक संकलन गरिरहेका छौं । यसलाई कडाइ गर्न थप कानूनी व्यवस्था पनि गरिरहेका छौं । कानूनमा छैन भन्दैमा मलाई त्यस्तो गर्न छुट छ भनेको त हैन नि । तपाईले यस्तै टाई लगाउनुपर्छ, यस्तै कट्टु लगाउनुपर्छ भनेर कानूनमा लेखेको छ र ? कानूनमा त लेखेकै छैन भनेर म नाङ्गै हिँड्छु भन्यो भने के हुन्छ ? यसो गर्न त पाइँदैन नि । नैतिकबन्धन र मूल्य मान्यता पनि त छन् नि । त्यसकारण यो नैतिक मूल्य मान्यतासंँग जोडिएको विषयवस्तु भएकाले गर्दा यसलाई हामीले अगाडि बढाएका छौं । त्यसैले यसलाई हामी दण्डनीय पनि बनाउँदैछौं । तर, कुनै पनि दण्ड दिनुभन्दा अगाडि सचेत गराइन्छ । यसरी सचेत गराइसकेपछि पनि आफ्नो जिम्मेवारी वोध गरेनन् भने दण्डनीय स्थिति हुन्छ । यसका लागि निजामति ऐनको चौथो संशोधन ल्याउने तयारी गरिरहेका छौं । यो एउटा सामान्य अनुशासनभित्रको कुरा पनि हो । नेपालको संविधानले पनि यो कुरालाई रोक्छ । नेपालको अन्य ऐन कानूनले पनि रोक्छ । यसकारणले गर्दाखेरि पीआर, डीभी, ग्रीनकार्ड, लगायत देशअनुसारका जे-जे नामहरु हुन्, तिनीहरु लिनु हुँदैन । लिइसकेको छ भने मबाट गल्ती भएछ, मैले फिर्ता गरें भन्नुपर्छ । सरकारी कर्मचारीमाथि यसरी कडाइ गर्नुको कारण के हो ? म नेपालको एक राष्ट्रियताको पक्षमा छु । कोही पनि नेपाली बहुराष्ट्रियताको पक्षमा रहनु ठीक हुँदैन । बहुराष्ट्रियताको पक्षमा रहन नेपालको भूगोलले पनि दिँदैन, नेपालको संविधानले पनि दिँदैन र ऐन कानूनले पनि दिँदैन । त्यसैले नेपालीको गौरब र नेपालीको स्वाभाविमानका निम्ति पनि यसो गर्न जरुरी छ । म आफैं कहिलेकाहीँ मनमनै रुन्छु । कहिले सुन्छु आइएनजीओमा त फलाना सरकारी हाकिमसा’प पो हुनुहुन्छ । उहाँ तथ्यांक विदेशीलाई बेच्नुहुन्छ । कहिले सुन्छु नेपालबाट विदा लिएर गएर जापानमा होटलमा काम गर्दै गरेको सुन्छु । कहिले अमेरिकाको पेट्रोलपम्पमा तेल भर्दै गरेको सुन्छु । नेपालका सरकारी कर्मचारीले विदेशका डिपार्टनेन्ट स्टोरहरुमा काम गरिरहेको सुन्छु । यतिखेर मेरो मन रुन्छ । नेपालको राजदूत भएर गएको छ, म्याद सकिन लाग्यो भन्दलै सम्बन्धित देशले फलानालाई नै राजदूतमा म्याद थप गरिदिनु भनेर सम्बिन्धित राजदूतको निवेदनका आधारमा विदेशको चिठी बोकेर आइपुग्छ । त्यसले नेपालको प्रतिनिधित्व गर्ने हो कि कुन देशको ? सुरक्षा निकायमा रहेका कतिपय त पक्राऊ पनि परेका छन् । बेलायतमा पक्राउ परेका नेपाली सनेाका कुमार लामालाई नेपालले झण्डै झण्डै ८ करोड खर्च गरिसक्यो । उनी त्यो कण्डिसनमा नपुगेको भए नेपालको यस्तो बदनामी हुने थिएन र त्यत्रो खर्च पनि हुने थिएन । यसले नेपालको इज्जत र प्रतिष्ठा बन्धकी राखेको देखिन्छ । कतिपय विदेश जानासाथ त्यो देशको एयरपोर्टबाटै हराउँछन् । जे कामको निम्ति पठाएको हो, त्यो जिम्मेवारी नै पूरा गर्दैनन् । यसरी नेपालको इज्जत बेचेर पैसा कमाउने हो भने तिनीहरुलाई दण्ड नदिए कसलाई दिने ? त्यसकारण नेपालको स्वाभिमान बचाउनका निम्ति, नेपालको इज्जत बचाउनका निम्ति यी सबलाई दण्डको घेराभित्र ल्याउनुपर्छ । भनेपछि तपाई यो अभियानबाट पछि हट्नेवाला हुनुहुन्न ? नेपालीको मान र शान बढाउनका निम्ति म सगरमाथाजस्तै भएर उभिन चाहन्छु । संसारले चिनोस्, यो नेपाली हो । यसले आफ्नो नेपालको गौरब राख्छ । यसले नेपालीको इज्जत राख्छ । यो नेपालीको शान हो, नेपालीको मान हो । हामीले सपना नेपाल देख्नुपर्छ, विपना पनि नेपाल देख्नुपर्छ । सपना पनि विदेश देख्ने अनि विपना पनि विदेश देख्ने अनि नेपाली हुँ भनेर गौरब गर्ने ? त्यस्ता ‘नेपाली’को काम छैन । जुन देशको नागरिकता लियो, त्यही देशको नागरिक कहलाउनका लागि उसलाई केको लाज ? म नेपाली हुँ भनेर गौरब गर्न उसलाई लाज लाग्छ भने उनलाई हामी नेपालीले मान गर्नुपर्ने किन ? त्यसलाई मान गर्न केही जरुरी छैन । यही कारणले गर्दा म प्रशासनलाई नेपाली जनताप्रति उत्तरदायी बनाउन चाहन्छु । कर्मचारी भएर आफूले खाएको कसमलाई मैले सम्झाउन खोजेको छु । कोही सम्झँदैन भने नसम्भिmने मान्छे दण्डको भागिदार हुन्छ । उनीहरुलाई आवश्यक दण्ड गर्ने कुरामा म पछि पर्ने छैन । तपाईले सरकारी कर्मचारीले आइएनजीओमा लागेर विदेशीलाई सूचना बेचेको आरोप लगाउनुभयो, यस्ता कर्मचारीले गर्दै आएको एनजीओ/आइएनजीओमा लागेर भत्ता खाने अनि सरकारी काम छाडेर देश विदेश डुल्ने कार्यलाई पनि रोक लगाउने तयारीमा लाग्नुभएको हो ? तिनीहरुमाथि पनि अब कडाइ हुन्छ । अहिले हामी डीभी, पीआर एवं स्थानी विदेशी नागरिकतातिर लागेका छौं । यस्ता व्यक्तिहरु ११ सयसम्म पुग्लान् कि भन्ने छ । त्यस्तो तथ्यांक आएपछि हामी सार्वजनिक गछौर्ं र तिनीहरुलाई कारवाहीको भागी बनाउँछौं । त्यसपछि एनजीओ/आइएनजीओमा लाग्नेहरु पनि आउँछन् । विदेशमा रहेका नेपालीहरु, विशेष गरी एनआरएनले दोहोरो नागरिकताको माग गरिरहेको अवस्था छ । एनआरएनको यो मागबारे मन्त्रीज्यूको धारणाचाँहि के छ ? नेपालले अहिलेसम्म लिएको एक नागरिकताको नीति छ । यसमा परिवर्तन गर्न आवश्यक छैन । नेपालको जुन वर्तमान भौगोलिक अवस्था छ र नेपाल अहिले जुन अवस्थामा छ, यसलाई देशले थेग्दैन । यसकारणले गर्दाखेरि एनआरएन लगायतका जुन माग छन्, उनीहरुको माग जायज होइन । उनीहरुलाई सुविधा सबै दिनुपर्छ, पहिले पनि निर्णय भइसकेको छ, परिचयपत्र दिएर उनीहरुलाई आर्र्किगतिविधि लगायतका काम गर्न दिने तर दोहोरो नागरिकता दिनुहुँदैन । मैले यसको संविधानसभा, त्यो भन्दा अगाडि व्यवस्थापिका संसद र त्यो भन्दा पनि अगाडि प्रतिनिधिसभामा रहँदादेखि नै उठाएको आवाज हो । र, म मेरो विचारप्रति दृढ छु । मन्त्रीज्युले यस्तो अभिव्यक्ति दिँदैगर्दा प्रेसरचाँहि कत्तिको आइरहेको छ ? प्रेसर नेपालका नेपालीबाट पनि आउँछन्, नेपालमा बसेका विदेशीहरुबाट पनि आउँछन् । म कुनै प्रेसरको अगाडि झुक्दिँन । ग्रीनकार्डको कुरा गर्दा अमेरिकाबाट पनि आयो कि क्या हो ? कहाँकहाँबाट आयो त्यो कुराचाँहि समय सन्दर्भमा भनौंला । तर, जस्तोसुकै प्रेसर आए पनि म यो पवित्र उद्देश्यको निम्ति पछि हट्दिँन । यो कुरा मैले क्याबिनेटमा पनि राखेको छु । त्यहाँबाट पनि एक किसिमको समर्थन प्राप्त छ । संविधानसभामा पनि राखेको छु, त्यहाँबाट पनि विश्वास प्राप्त छ । त्यसकारण यो पवित्र उद्देश्यमा बाधा अवरोध आउने छैन भन्नेमा म विश्वस्त छु । सञ्चार माध्यम र जनताबाट समेत निरन्तर समर्थन प्राप्त गरिरहने विश्वासमा छु । तपाईको आफ्नै दल नेकपा एमालेबाट पनि यस्तो नबोले हुन्थ्यो भन्ने गुनासो आएन ? यस्तो गलत गुनासोको कुनै अर्थ छैन । यो उद्देश्यमा जुन तगारो आउँछ, ती सबै तानाबानाहरु भत्किएर जानेछन् । डढेर, खरानी बनेर जानेछन् र विलाएर हावामा अस्थित्वविहीन हुनेछन् । एमालेकै केही सभासदसँग पनि विदेशी नागरिकता छ भन्ने चर्चा छ नि ? -म सबै नेपालीको छानविन हुनुपर्छ भन्ने पक्षमा छु । छानविनको क्रममा दोषी देखिन्छन् भने जो कोही पनि दण्डित हुनुपर्छ । फलानालाई दण्ड दिने, फलानालाई नदिने भन्ने प्रश्नै हुँदैन । भनेपछि लालबाबु पण्डित कडा मान्छे हो, बोलेको कुारमा ऊ पछि हट्दैन हैन त ? -अघि म एउटा कार्यक्रममा थिएँ । केही पत्रकारहरुले पनि सोध्दै हुनुहुन्थ्यो । बारका पूर्वअध्यक्षले सोध्दै हुनुहुन्थ्यो । नीलाम्बर आचार्यले पनि भन्दै हुनुहुन्थ्यो । तपाई आफ्नो अडानकाट फर्किनुहुन्छ कि हुन्न भन्दै हुनुहुन्थ्यो । मैले उहाँहरुलाई भनें कि मेरो विचारलाई अर्को विचारले तर्कले जित्न सक्नुपर्यो, होइन भने मैले र्फकनु भनेको आत्महत्या गर्नु हो, त्यो मबाट हुँदैन । मैले आत्महत्या गर्नका निम्ति यो विचार राखेकै होइन । मैले जित्नका लागि राखेको विचार हो । नेपालको स्वाभिमान बढाउनका निम्ति राखेको विचार हो । नेपालको गौरब बढाउनका निम्ति राखेको विचार हो । नेपालको प्रशासनलाई सुदृढ गर्नका निम्ति राखेको प्रस्ताव हो । मेरो यो प्रस्तावले नेपालको गौरब बढ्छ । नेपालको मान र शान संसारभरि बढ्छ । र, त्यसपश्चात प्रशासनको पनि शीर उच्च हुन्छ । उच्च मनोवलका साथ जनताप्रति उत्तरदायी र सक्षम प्रशासन हुन्छ । सपना पनि नेपाल देख्ने र विपना पनि नेपाल देख्ने प्रशासन म बनाउँछु भन्ने मेरो दृढ संकल्प छ । विदेशमा बसेर आफ्नो मातृभूमिलाई गाली गर्ने अनि विदेश नजाने नेपालीलाई दोस्रो दर्जाको ठान्ने ‘हेजोमोनी’ बाट देशले मुक्ति पाउला त ? -यी सब समाप्त भएर जान्छन् । यस्तो महसुस गरेरै मैले यो अभियान सुरु गरेको हुँ । यो अभियानमा सफलता प्राप्त हुन्छ । तर, नेपालीहरु त भिसा नपाएर मात्रै नेपालमा बसेका हुन् भन्ने सुनिन्छ नि ? म त भिसा पाइएन वा डीभी परेन भनेर अनशन बस्नेहरुलाई, विदेशमा लग्दिएन भन्ने नेपालीलाई नेपाली नै ठान्दिँन । ती अनशनकारीलाई त मैले पहिले नै भनेको नारायणी नदीमा लगेर बगाइदिए पनि हुन्छ । तिनीहरु नेपाली होइन । तिनीहरु इतिहासमा नेपाली थिए, काममा नेपाली होइनन् । डीभीका लागि अनसन बस्नेहरु नेपाली होइनन् । तिनीहरु नेपाली होइनन् भने तिनका निम्ति नेपालले किन लड्नुपर्यो ? यिनीहरु नेपाललाई छाड्न लागेका हुन् । यीनीहरुले आफूलाई विदेशी भन्न रुचाएका हुन्, नेपाल भन्न रुचाउने होइनन् । त्यसकारण तिनीहरुका निम्ति नेपाल सरकारले मरिहत्ते गर्न कुनै जरुरी छैन । यसो भन्दा विदेशमा रहेका नेपालीहरु तपाईसँग रिसाउँदैनन् ? को रिसाउँछन्, को खुसाउँछन्, नेपाल बनाउने सन्दर्भमा मैले कुरा गरेको हुँ मैले व्यक्ति बनाउन खोजेको होइन, नेपाल बनाउन खोजेको हुँ । को रिसाउँछन्, को खुसाउँछन्, मलाई त्यो कुरासँग मतलब छैन । म स्वाभिमान नेपाल देख्न चाहन्छु । स्वाभिमानी नेपाली देख्न चाहन्छु । सपना पनि नेपाल र विपना पनि नेपाल देख्नेहरुप्रति म गर्व गर्छु । विदेशीले नेपाल बनाइदिँदैनन् । नेपालीले नै नेपाल बनाउनुपर्छ । नेपालीले नै नेपाल बनाउने सपना देख्नुपर्छ । - See more at: http://www.onlinekhabar.com/20...
_____ · Mar 31, 2014 5:51 AM · 3,405 views
Read answers to two questions n realized if am reading some ancient script. This person should be immediately fired n replaced by some broadminded individual.
bittertruth · Mar 31, 2014 1:48 PM
Didn't read the whole thing, but I actually liked what he said. Bitter, which particular answer was troubling for you?
Kiddo · Mar 31, 2014 2:07 PM
Dual citizenship, narrowmindedness, over patriotism, n obviously fake statement ..its publicity stunt..nothing more. america ma yuwa haru sarkar chalauchan, budha haru lai pension, Nepal ma budha haruley sarkar chalauchan, Ani yuwa haru lai tension.
bittertruth · Mar 31, 2014 3:06 PM
Sayad yi baajey lai america ko visa napako karan ley rish ra daha ley murmuriyera yesto antarbarta diya kura lai nakarna sakinna
bittertruth · Mar 31, 2014 3:12 PM
Sambhranta desh haru ley dohoro nagarikta lai manyata diya bela yi baajey teso sochna samma pani rastriyata ko khilaf bhanchan.. k bhanney..huna pani prithvi narayan ko pala ko sochbichar bokney baajey prati ma ek dum sahamat chuina..
bittertruth · Mar 31, 2014 3:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion