अमेरिकन कन्भरसेशन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्वतयारी गर्दैनन् नेपाली यूट्यूव प्रस्तोता हामी रिषी धमलाको मात्र किन कुरा काट्छौं, अमेरिकामा डायस्पोरा पत्रकारिता गर्ने शिक्षित भनाउँदा पत्रकारहरुको त यो हालत झन् पतला छ । उनीहरु अमेरिकी मापदण्डअनुसारको काम त गर्न जान्दैनन् नैं, अन्तरवार्ता कसरी लिनुपर्छ भन्ने कुराको समेत सामान्य ज्ञान अन्तरवार्ता हेर्दा देखिंदैन । कुन विषयमा अन्तरवार्ता लिने हो र अन्तरवार्ता दिने व्यक्तित्वको पृष्ठभूमि के हो भन्ने बारेमा विस्तृत अध्ययन पनि गर्नु जरुरी छ, सार्थक अन्तरवार्ताको लागि ।  नेपाली गुरुकुलले के काम गर्छ भन्ने कुराको जानकारी पनि नलिइकन सुनिल पोखरेलको युटुव इन्टरभ्यू गर्नेहरु छन् यहाँ । अमेरिकन कन्भरसेशन नाममा युटुवमा राखिएका अन्तरवार्ताहरु हेर्दा यस्तो लाग्छ अन्तरवार्ताकारलाई जे बारेमा प्रश्न सोध्नुपर्ने हो, त्यसको विषयवस्तुको बारेमा सतही ज्ञान पनि छैन । सुनिल पोखरेललाई गरेको प्रश्नहरु सुन्दा मलाई दिक्क लाग्यो, झन अन्तरवार्ताको क्रममा पोखरेललाई कस्तो भयो होला । उनको अनुहार हेर्दा यस्तो लाग्छ, पोखरेल अन्तरर्वार्ताकारका प्रश्न देखेर रुनु न हास्नुको स्थितिमा छन् । यो युट्यूव च्यानलमा आएका अन्तरवार्ताहरु प्राय सवै पूर्वतयारी विना गरिएका छन् । आसा छ, आगामी दिनमा प्रस्तोता शर्माले पर्याप्त होमवर्क गरेर अन्तरवार्ताहरु लिनुहुनेछ । Here is the link of an interview : http://www.youtube.com/watch?v... Last edited: 30-Mar-14 12:51 PM

Max Rossa · Mar 30, 2014 12:02 PM · 10,163 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion