जति आउँछ, उति जान्छ रेमिट्यान्स सुरेशराज न्यौपाने ० काठमाडौ, चैत्र १० - वैदेशिक रोजगारमा गएका करबि २५ लाख नेपाली श्रमिकले गत वर्ष ४ खर्ब ३५ अर्ब रुपियाँभन्दा बढी रेमिट्यान्स पठाए । वैदेशिक रोजगार विभागको स्वीकृति लिएर १ हजार ५ सयभन्दा बढी नेपाली दिनहुँ विदेशी श्रम बजारको ढोका ढकढक्याउन पुग्छन् । तर, उदेकलाग्दो अर्को पक्ष पनि छ । नेपाल भित्रिने रेमिट्यान्सकै हाराहारी रकम नेपालबाट छिमेकी मुलुकमा बाहिरिने गरेको छ । यो कुनै मिथ्यांक होइन, नेपाल राष्ट्र बैंकको तथ्यांक हो । अमेरिकास्थित थिंक ट्यांक प्यु रसिर्च सेन्टरले विश्व बैंकको तथ्यांकमा आधारति भएर हालै सार्वजनिक गरेको प्रतिवेदनले नेपालबाट ठूलो परिणाममा रेमिट्यान्स विदेशिएको स्पष्ट संकेत गरेको छ । सेन्टरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१२ मा मात्र नेपालबाट ३ अर्ब ३४ करोड अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स बाहिरिएको छ । नेपालमा रहेका विदेशी कामदार र कर्मचारीबाट उक्त रकम बाहिरिने गरेको अनुमान छ । नेपालबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा भारत पहिलो स्थानमा छ । भारतले नेपालबाट मात्र ३.२२ अर्ब डलर भित्र्याउने गरेको छ । जबकि, भारतमा रहेका नेपालीले १.६३ अर्ब अमेरिकी डलर बराबर रकम रेमिट्यान्स पठाएको उक्त प्रतिवेदनको ठम्याइ छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः चीन र पाकिस्तान रहेका छन् । चीनले ६ करोड १० लाख र पाकिस्तानले ३ करोड ९० लाख अमेरिकी डलर नेपालबाट रेमिट्यान्सको रूपमा ग्रहण गररिहेको देखिन्छ । नेपालको कमाइ खाने मुलुकमा अस्ट्रेलिया, न्युजिल्यान्डजस्ता विकसित मुलुकदेखि छिमेकी भुटान, श्रीलंका, बंग्ालादेश र माल्दिभ्ससम्म छन् । सन् २०१२ मा मात्र विभिन्न मुलुकमा रहेका आप्रवासीहरूले ५ सय २९ अर्ब अमेरिकी डलर रेमिट्यान्स आफ्नो मुलुकमा पठाएका थिए । विश्वमै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने मुलुक भारत हो । गत वर्ष मात्र विश्वभर रहेका साढे दुई करोड भारतीयले ६९ अर्ब अमेरिकी डलरभन्दा बढी रकम स्वदेश पठाएको विश्व बैंकको तथ्यांकले बताउँछ, जुन उसको कुल गार्हस्थ्य उत्पादनको ३.७ प्रतिशत बराबर हुन जान्छ । रोचक के भने भारतमा रेमिट्यान्स पठाउने मुलुकको सूचीमा नेपाल सातौँ नम्बरमा छ । भारतमा नेपालभन्दा बढी रेमिट्यान्स पठाउने मुलुकमा यूएई, अमेरिका, साउदी अरेबिया, बेलायत, बंग्ालादेश र क्यानडा छन् । सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुकमा अमेरिका पहिलो नम्बरमा छ । सन् २०१२ मा मात्रै अमेरिकाबाट १ सय २३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम बाहिरिएको थियो । भारतमा रहेका नेपाली कामदार र नेपालमा रहेका भारतीय कामदारसम्बन्धी आधिकारकि तथ्यांक नभएको हुँदा रेमिट्यान्सको प्रवाहका सम्बन्धमा यत्ति नै भनेर ठोकुवा गर्न नसकिने अवस्था रहेको अन्तर्राष्ट्रिय आप्रवासन तथा वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ बताउँछन् । "हाम्रो मान्छे भारतमा कति छन् र कति भारतीय नेपालमा काम गर्छन् भन्ने यकिन नहुनु आजको यथार्थ हो," गुरुङ भन्छन्, "मध्य र सुदूरपश्चिमबाट काम गर्न भारत जाने नेपालीले र्फकंदा आफूसँगै रकम लिएर आउँछन् । त्यसको हिसाब सरकारी अभिलेखमा भेटिने कुरै भएन । त्यस्तै अवस्था भारतीय नागरकिको पनि छ ।" करबि ६ लाख नेपाली भारतमा स्थायी रूपमा बसोवास गर्दै आएको अनुमान छ भने बर्सेनि रोजगारका लागि भारत जानेहरू २० लाखभन्दा बढी नाघ्ने गरेको विश्व बैंकले जनाएको छ । सेन्टरका अनुसार सन् २०१२ मा कतारबाट मात्र सबैभन्दा बढी १.९९ अर्ब डलर (करबि दुई खर्ब रुपियाँ) रेमिट्यान्स नेपाल भित्रिएको थियो । पछिल्लो प्रतिवेदन तयार पार्नका लागि विश्व बैंकको २०१२ को तथ्यांकलाई आधार बनाइएको छ । प्रतिवेदन अन्तर्राष्ट्रिय मुद्रा कोषको ब्यालेन्स अफ पेमेन्ट्स एन्ड इन्टरनेसनल पोजिसन म्यानुअल (बीपीएम ६)को परभिाषामा आधारति भएर तयार पारिएको हो । पछिल्लो परभिाषा अनुसार रेमिट्यान्स अन्तर्गत विशेष गरी कामदारको तलब र व्यक्तिगत रकमान्तर पनि समेटिएको छ । व्यक्तिगत रकमान्तरको दायरा पनि थप फराकिलो पार्दै कामदारको पारश्रिमिकसँगै परिवार-परिवारबीच हुने नगद प्रवाहलाई पनि प्रतिवेदनमा समेटिएको छ । यसअघिका प्रतिवेदनहरूमा भने कामदारको पारश्रिमिकबाट बचाएर पठाउने रकमलाई मात्र आधार बनाउने गरिएको थियो । गुरुङले भनेजस्तै रोजगारका लागि नेपाल आउने र भारत जाने कामदारको यकिन तथ्यांक नहुँदा बाहिरिने र भित्रिने रेमिट्यान्सको आकार अनुमानमै सीमित छ । तेस्रो मुलुक जान विभागबाट स्वीकृति लिनुपरे पनि छिमेकी भारतको श्रम बजारमा प्रवेश गर्न नेपाली नागरकिले खासै औपचारकिता पूरा गर्नु पर्दैन, जसका कारण सरकारी निकायहरू रोजगारका लागि भारत जाने नेपालीको संख्या यकिन गर्न सक्ने अवस्थामा छैनन् । भारतबाट नेपाल भित्रिनेभन्दा बाहिर जाने रकम बढी छ भन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ । "भारतमा कति नेपाली कामदार छन् र नेपालमा कति भारतीय छन् भन्ने यकिन हुनुपर्यो," गुरुङ थप्छन्, "कति विदेशी नागरकि नेपालमा छन् भन्ने सरकारसँग तथ्यांक नहुनुजस्तो विडम्बना अरू केही हुन सक्दैन ।" स्थानीय जनशक्तिको बढ्दो पलायनका कारण नेपाली श्रम बजारमा विदेशी कामदार विशेषतः भारतीयको उपस्थिति बाक्लिँदो छ । नेपाली श्रम बजारमा भारतीय कामदारले बिनाकुनै स्वीकृति काम गर्न पाउने भएकाले पनि उनीहरूको उपस्थिति बढ्नु स्वाभाविक रहेको सरकारी अधिकारीहरू बताउँछन् । त्यति मात्र होइन, भारतलगायत अन्य मुलुकका नागरकि के कति संख्यामा नेपालको श्रम बजारसँग आबद्ध छन् भन्ने यकिन तथ्यांकसमेत नरहेको अवस्था छ । ढिलै भए पनि सरकारले गएको २६ पुसमा गैरनेपाली नागरकिको श्रम स्वीकृति व्यवस्थापनसम्बन्धी मार्गदर्शन, २०७० जारी गर्यो । उक्त मार्गदर्शनपछि नेपालमा कार्यरत विदेशी कामदारहरूले श्रम विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ । विभागका महानिर्देशक रवीन्द्रमोहन भट्टराईका अनुसार मार्गदर्शन जारी भएपछि विदेशी कामदारले श्रम स्वीकृतिका लागि आउने क्रम जारी छ । भन्छन्, "चाँडै नेपालमा श्रम बेचिरहेका विदेशीका बारेमा प्रस्ट तस्बिर बाहिर आउनेछ ।" © नेपाल साप्ताहिक प्रकाशित मिति: २०७० चैत्र १० ०५:३४ - See more at: http://www.ekantipur.com/np/20...
_____ · Mar 24, 2014 7:01 AM · 2,171 views
More credible source: http://www.pewsocialtrends.org... This does not account hundi and other informal methods of remittance. Which, I guess, are the most important routes across India-Nepal.
_ · Mar 24, 2014 11:26 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion