बस् एक्कैछिन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भनें त अड्केको छ जीवन भनें त पड्केको छ जीवन भनें त तर्केको छ जीवन खै भनु के म अरु बस् एक्कैछिन ढल्किएको छ जीवन ।। भनें त हराएको छ जीवन भनें त मिचिएको छ जीवन भनें त मक्केको छ जीवन खै भनु के म अरु बस् एक्कैछिन मिल्किएको छ जीवन ।। भनें त रित्तिएको छ जीवन भनें त च्यात्तिएको छ जीवन भनें त चर्किएको छ जीवन खै भनु के म अरु बस् एक्कैछिन जिल्लिएको छ जीवन ।। भनें त आँतिएको छ जीवन भनें त लट्किएको छ जीवन भनें त बोझिएको छ जीवन खै भनु के म अरु बस् एक्कैछिन रन्थन्नीएको छ जीवन ।। भनें त भुल्किएको छ जीवन भनें त तम्तमिएको छ जीवन भनें त आकर्षिएको छ जीवन खै भनु के म अरु बस् एक्कैछिन खिंचिएको छ जीवन ।। भनें त बाङ्गीएको छ जीवन भनें त कुच्चीएको छ जीवन भनें त भाँच्चीएको छ जीवन खै भनु के म अरु बस् एक्कैछिन भत्किएको छ जीवन ।। अर्थ : बोझिएको - बोझो भएको आकर्षिएको - तानातानी भएको - थाहा छैन

ThahaChaena · Mar 20, 2014 12:32 PM · 12,437 views

4 Replies

भनें त कविता राम्रो छ भनें त भाब दह्रो छ भनें त शब्द खरो छ खै भनु के म अरु अरु कविता पढ्न पाइयोस

KaliKoPoi · Mar 20, 2014 1:14 PM

वाह ! भाइ वाह |  भनें लेख्दै गरे राम्रो बन्छ कबिता,  भनें हेर्दै गरे राम्रै लाग्छ कबिता* .  *दोस्रो  कबिता चाहि  बबिताकी बहिनी 

rahulvai · Mar 20, 2014 2:41 PM

Nice one Thahachaena.. Keep writing!

s_usa · Mar 24, 2014 11:03 AM

काले, ठुल्दाई, Alias_ अनि s_usa र अन्य पढिदिनु हुने सम्पूर्ण साझावासी प्रति म कृतज्ञ छु . कोशिश जारी राख्ने छु , कृपया म अल्मल्लिएको भए सम्हालिन हजुरहरुको साह्यताको आशा राखेको छु . - थाहा छैन

ThahaChaena · Mar 25, 2014 10:22 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all