मानव उत्पत्तिसँगको साइनो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मानव उत्पत्तिसँगको साइनो “यो क्षेत्र अन्यत्रबाट पलायन भएर आएकाहरुको शरण क्षेत्र नभई मूलवासीहरुको प्राकृतिक बासस्थान थियो ।” कनकमणि दीक्षित स्व. गुड्रुन कोर्भिनस् । स्वीट्जरल्याण्डको बर्न् विश्वविद्यालयका प्राध्यापक जर्ज भ्यान् ड्रिम् एशियाको आनुवंशिकी, भाषा विज्ञान, पुरातत्व, वनस्पति, जलवायु, मानव विज्ञान र प्रागैतिहासका विशेषज्ञ हुन् । गत तीन दशकदेखि उनले हिमालय क्षेत्रको भाषाशास्त्रीय अध्ययन गरिरहेका छन् । उनले आफ्नो बुझाइको आधारमा नेपाली मध्यपहाड तथा मानव उत्पत्ति र बसाइँसराइको सम्बन्धबारे चाख लाग्दा कुरा नयाँदिल्लीको जामिया मिलिआ विश्वविद्यालयमा २७ फागुनको प्रवचनमा बताए । जनसंख्या वितरणको ऐतिहासिक प्रक्रियाको व्याख्याता भ्यान् ड्रिम्का अनुसार, पूर्वी र दक्षिणपूर्वी एशियामा मानव वस्ती विस्तार हिमालय (र नेपाल) को मध्यपहाडको बाटोहुँदै भएको हो । यस मध्यपहाडी क्षेत्रहुँदै पश्चिमबाट पूर्व एशियामा मानिसहरूको आप्रवासन विस्तार भएको संकेत भाषिक अध्ययनले देखाउने उनले बताए । भ्यान् ड्रिम्को भनाइमा, राम्रो हावापानी भएको मध्यपहाड अन्यत्रबाट आएका आप्रवासी समूहहरूलाई स्वागत गर्ने भू–क्षेत्र मात्र नभई एशिया–प्रशान्त क्षेत्रमा जनसंख्या विस्तारको सेतुको काम पनि गरेको छ । मानव पुर्खाहरू (शरीर रचनाका हिसाबले आधुनिक मानव) अफ्रिकाको ‘रिफ्ट् भ्याली’ हुँदै लेभ्यान्ट (आजको सिरिया, लेबनान्) पुगे । यो करीब ७५ हजार वर्षअघिको कुरा हो । त्यहाँबाट पूर्वतर्फ लागेका जमात हिमालयको ढलानमा पुगे, जहाँको जलवायुमा मैदानी भू–भागको जस्तो रोगका जीवाणुहरू थिएनन् । उनीहरूले यो क्षेत्रलाई आफ्नो बासस्थान बनाए । भ्यान् ड्रिम्ले भने, “यो ठाउँ अन्यत्रबाट पलायन भएर आएकाहरूको शरण क्षेत्र नभई मूलवासीहरूको प्राकृतिक बासस्थान थियो ।” नेपाली मध्यपहाड बसोबासको क्षेत्र मात्र रहेन, पूर्वतर्फ बसाइँसराइको लागि ‘हिमालयन् करिडर’ पनि सावित भयो । पूर्वी र दक्षिणपूर्व एशियाका अधिकांश मानिसका पुर्खा र संभवतः अहिलेका उत्तर र दक्षिण अमेरिकीहरूका आदिवासी पुर्खाले पनि मध्यपहाडहुँदै ब्रह्मपुत्र नदी तरेर फैलिएको भ्यान् ड्रिम् बताउँछन् । आजको पूरै चीनका वासीदेखि न्युजिल्याण्डका माओरीका पूर्वजसम्मका जनमानस यही बाटो गरी गए । तर, यस्तो ‘थ्योरी’ लाई पुष्टि गर्न पुरातात्विक प्रमाण चाहिन्छ भन्ने मेरो प्रश्नमा प्रा. भ्यान् ड्रिम्को जवाफ थियो, “दुर्भाग्यवश, नेपालको प्रागैतिहासिकदेखि पाषाण युगसम्मको पुरातात्विक अनुसन्धान गरिरहेकी एक मात्र प्रखर शोधकर्ता अब रहिनन् ।” हो, गुड्रन् कोर्भिनस् अग्रणी नृतत्वशास्त्री थिइन् । इथियोपियामा ‘लुसि’ नाम गरिएको मानव पुर्खाको हड्डी पत्ता लगाउने टोलीकी सदस्य गुड्रन्ले दक्षिण एशियामा मानव विकासको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । दाङ उपत्यकाको चुरे क्षेत्रको अध्ययनमा वर्षौं विताएकी गुड्रन् माओवादीको हिंसात्मक द्वन्द्वको वेला असुरक्षित महसूस गरेर भारतको पूणे सरेकी थिइन् । नेपालको अध्ययनबारे पुस्तकलाई अन्तिम रूप दिंदै गर्दा ७२ वर्षीया गुड्रन्को पूणेमै १७ पुस २०६२ मा एउटा जग्गा दलालको हातबाट हत्या भयो । हामीले यी नेपाली डाँडाकाँडाको प्रागैतिहासिक कालको आडमा वर्तमानलाई बुझ्ने एउटा संभावना निमिट्यान्न भयो । मानव उत्पत्ति र वर्तमान नेपालको भूभागसँगको सम्बन्धबारे यस्ता रोमाञ्चक भनाइ राख्ने जर्ज भ्यान् ड्रिम्लाई नेपाली विद्यार्थी, प्राध्यापक र शोधकर्तासँग छलफलका लागि काठमाडौंमा निम्त्याउनु फलदायी हुनेथियो । स्वर्गीय कोर्भिनस्लाई सम्झनका लागि पनि त्यस्तो भेला उपयुक्त हुनेछ । स्वीट्जरल्याण्डको बनर्् विश्वविद्यालयका प्राध्यापक जर्ज भ्यान् ड्रिम् एशियाको आनुवंशिकी, भाषा विज्ञान, पुरातत्व, वनस्पति, जलवायु, मानव विज्ञान र प्रागैतिहासका विशेषज्ञ हुन् । गत तीन दशकदेखि उनले हिमालय क्षेत्रको भाषाशास्त्रीय अध्ययन गरिरहेका छन् । उनले आफ्नो बुझाइको आधारमा नेपाली मध्यपहाड तथा मानव उत्पत्ति र बसाइँसराइको सम्बन्धबारे चाख लाग्दा कुरा नयाँदिल्लीको जामिया मिलिआ विश्वविद्यालयमा २७ फागुनको प्रवचनमा बताए । जनसंख्या वितरणको ऐतिहासिक प्रक्रियाको व्याख्याता भ्यान् ड्रिम्का अनुसार, पूर्वी र दक्षिणपूर्वी एशियामा मानव वस्ती विस्तार हिमालय (र नेपाल) को मध्यपहाडको बाटोहुँदै भएको हो । यस मध्यपहाडी क्षेत्रहुँदै पश्चिमबाट पूर्व एशियामा मानिसहरूको आप्रवासन विस्तार भएको संकेत भाषिक अध्ययनले देखाउने उनले बताए । भ्यान् ड्रिम्को भनाइमा, राम्रो हावापानी भएको मध्यपहाड अन्यत्रबाट आएका आप्रवासी समूहहरूलाई स्वागत गर्ने भू–क्षेत्र मात्र नभई एशिया–प्रशान्त क्षेत्रमा जनसंख्या विस्तारको सेतुको काम पनि गरेको छ । मानव पुर्खाहरू (शरीर रचनाका हिसाबले आधुनिक मानव) अफ्रिकाको ‘रिफ्ट् भ्याली’ हुँदै लेभ्यान्ट (आजको सिरिया, लेबनान्) पुगे । यो करीब ७५ हजार वर्षअघिको कुरा हो । त्यहाँबाट पूर्वतर्फ लागेका जमात हिमालयको ढलानमा पुगे, जहाँको जलवायुमा मैदानी भू–भागको जस्तो रोगका जीवाणुहरू थिएनन् । उनीहरूले यो क्षेत्रलाई आफ्नो बासस्थान बनाए । भ्यान् ड्रिम्ले भने, “यो ठाउँ अन्यत्रबाट पलायन भएर आएकाहरूको शरण क्षेत्र नभई मूलवासीहरूको प्राकृतिक बासस्थान थियो ।” नेपाली मध्यपहाड बसोबासको क्षेत्र मात्र रहेन, पूर्वतर्फ बसाइँसराइको लागि ‘हिमालयन् करिडर’ पनि सावित भयो । पूर्वी र दक्षिणपूर्व एशियाका अधिकांश मानिसका पुर्खा र संभवतः अहिलेका उत्तर र दक्षिण अमेरिकीहरूका आदिवासी पुर्खाले पनि मध्यपहाडहुँदै ब्रहमपुत्र नदी तरेर फैलिएको भ्यान् ड्रिम् बताउँछन् । आजको पूरै चीनका वासीदेखि न्युजिल्याण्डका माओरीका पूर्वज्सम्मका जनमानस यही बाटो गरी गए । तर, यस्तो ‘थ्योरी’ लाई पुष्टि गर्न पुरातात्विक प्रमाण चाहिन्छ भन्ने मेरो प्रश्नमा प्रा. भ्यान् ड्रिम्को जवाफ थियो, “दुर्भाग्यवश, नेपालको प्रागैतिहासिकदेखि पाषाण युगसम्मको पुरातात्विक अनुसन्धान गरिरहेकी एक मात्र प्रखर शोधकर्ता अब रहिनन् ।” हो, गुड्रन् कोर्भिनस् अग्रणी नृतत्वशास्त्री थिइन् । इथियोपियामा ‘लुसि’ नाम गरिएको मानव पुर्खाको हड्डी पत्ता लगाउने टोलीकी सदस्य गुड्रन्ले दक्षिण एशियामा मानव विकासको अध्ययनमा महत्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । दाङ उपत्यकाको चुरे क्षेत्रको अध्ययनमा वर्षौं विताएकी गुड्रन् माओवादीको हिंसात्मक द्वन्द्वको वेला असुरक्षित महसूस गरेर भारतको पूणे सरेकी थिइन् । नेपालको अध्ययनबारे पुस्तकलाई अन्तिम रूप दिंदै गर्दा ७२ वर्षीया गुड्रन्को पूणेमै १७ पुस २०६२ मा एउटा जग्गा दलालको हातबाट हत्या भयो । हामीले यी नेपाली डाँडाकाँडाको प्रागैतिहासिक कालको आडमा वर्तमानलाई बझ्ने एउटा संभावना निमिट्यान्न भयो । मानव उत्पत्ति र वर्तमान नेपालको भूभागसँगको सम्बन्धबारे यस्ता रोमाञ्चक भनाइ राख्ने जर्ज भ्यान् ड्रिम्लाई नेपाली विद्यार्थी, प्राध्यापक र शोधकर्तासँग छलफलका लागि काठमाडौंमा निम्त्याउनु फलदायी हुनेथियो । स्वर्गीय कोर्भिनस्लाई सम्झनका लागि पनि त्यस्तो भेला उपयुक्त हुनेछ । साप्ताहिक खबरपत्रिका हिमालबाट

_____ · Mar 17, 2014 5:18 AM · 1,097 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all