श्रीमान बिदेशमा, श्रीमती परपुरुषसँग होटलमा मस्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बालाजु बाइपासको महेश्वरमार्गमा मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो ।   तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।  रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ?  प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।  सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो ।  बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।  प्रहरिले भट्टीकी साहुनीलाई सोधपुछमा लग्यो तर श्रीमान बिदेशमा भएर आफुसँग रमाइलो गर्न ल्याएको पुरुष भने फेला पार्न सकेन । किनकी यि महिलाले रमिता देखाउन थालेपछि ति पुरुष कुलेलम ठोकेछन् । ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् ।

infonews · Mar 12, 2014 11:59 AM · 9,757 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all