ग्रीनकार्ड त्यागेर अमेरिकाबाट फर्किन गौरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विकासराज न्यौपाने   अमेरिका । पौने ४ वर्षसम्मको अमेरिका बसाईपछि अभिनेत्री गौरी मल्ल नेपाल फर्कदैछिन् एक समयकी चर्चित अभिनेत्री गौरी चार वर्षको अमेरिका बसाईँपछि ग्रीनकार्ड त्यागेर बुधबार साँझ नेपाल आउन लागेकी हुन् । आमा बिरामी भएकाले नेपाल फर्कन लागेको भन्दै गौरीले अब नेपालमै बस्ने बताइन् । गौरीलाई न्यूयोर्कमा नेपाली समुदायले भव्य बिदाइ समेत गरेका छन् । लामो समयदेखि बिरामी आमाले आफ्नो अनुपस्थितिमा अप्रेसन समेत गर्न नमानेको भन्दै गौरीले आमाबुबाको अगाडि संसारको जुनसुकै खुशी पनि सानो हुने बताइन् । उनले नेपाल आएर आफू फिल्ममा नै फर्कने पनि बताइन् । - See more at: http://dainiknepal.com/kala/14... Last edited: 12-Mar-14 09:54 AM

infonews · Mar 12, 2014 9:54 AM · 17,024 views

14 Replies

कार्यक्रममा आफ्ना अनुभव बसाईका अनुभव र नेपाल जानुको कारण सुनाउँदै गौरी । फोटो  : खसोखास खसोखास /न्युयोर्क        झण्डै पौने ४ वर्षसम्मको अमेरिका बसाईपछि चर्चित कलाकार गौरी मल्ल बुधबार नेपाल फर्कदैछिन् । लामो न्युयोर्कबसाईपछि लामो समयका लागि नेपाल फर्कन लागेकी गौरी मल्ललाई विदाई गर्न सोमबार न्युयोर्कमा युनाइटेड नेपलिज आर्टिस्ट एसोसियसन अमेरिकाले कार्यक्रमको आयोजना गरेको थियो । गौरी यसै संस्थाकी संस्थापक अध्यक्ष समेत हुन् ।        विदाई कार्यक्रममा बोल्दै गौरीले आमा विरामी भएकाले नेपाल फर्कन लागेको र नेपाल फर्केपछि अब नेपालमा नै बस्ने जानकारी दिदै भनिन् –“डाक्टरहरुले तपाईको आमा अहिले कुन संयोगले बाँचिरहनुभएको छ हामी नै आश्चर्यमा छौं भनेर भनेका छन् । मेरो बुबाआमाका अगाडि संसारको कुनै पनि सुख मेरा लागि अर्थहिन छ । म त्यसलाई कुनै हालतमा महत्व नदिने मान्छे हुँ । जस्तो सुकै सुख होस् मलाई चाहिन्न । मेरो खुशी भनेको मेरो बुबाआमा नै हो । त्यसैले म नेपाल जाँदैछु ।”        गहभरी आँशु पार्दै गौरीले भनिन्–“आमा विरामी भएदेखि एकएक सेकेण्ड रुदै बसें म । त्यो कुनै समाधान होइन मेरो लागि । उहाँको छिट्टै अपरेशन गर्नुपर्ने छ । डाक्टरहरुले बाँच्ने चान्स आधाआधा रहेको बताएका छन् । बुढेशकालमा आफ्नो सन्तान आफ्नो वरिपरी रहोस् भन्ने इच्छा सबै बाबुआमाको हुन्छ । उहाँले मेरो अनुपस्थीति विना अपरेशन नगर्ने भन्नुभएको छ । मेरा लागि बाबुआमा नै सबैभन्दा ठूलो भएकाले म नेपाल जाँदैछु ।”   गौरी मल्लको विदाईमा सामुहिक तस्विर । तस्विर खिच्दै पत्रकार प्रदीप थापा । फोटो :  खसोखास         उनले अझ अगाडि भनिन् –“तपाईहरुसँग अमेरिकामा नै भेट्ने संयोग लेखिएको छ भने एकदुईवर्षपछि फेरी हाम्रो भेट होला तर यतिबेला मेरो पहिलो प्राथमिकता भनेको मेरो बुबामुमा हो । तपाईहरुले पनि मेरो मुमाको स्वास्थ्यका लागि प्राथना गरिदिनुहोला । अप्रेशनका बेलामा मेरो उपस्थीति मुमाको इच्छा भएकाले अहिले तत्काल नेपाल फर्कने निर्णय लिएकी हुँ । ”  उनले अमेरिकामा रहेका कलाकारहरुलाई एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिन् । कार्यक्रममा उनले आफू अध्यक्ष रहेको संस्था युनाइटेड नेपलिज आर्टिस्ट एसोसियसन अमेरिकाको अध्यक्ष पदमा अबदेखि नरहने पनि स्पष्ट पारिन् ।        नेपालमा फर्केपछि नयाँ चलचित्रमा अभिनय गर्ने समेत उनले जानकारी दिएकी छिन् । उनले भनिन् –“यो चलचित्र निर्माणका लागि मलाई पाँचवर्षदेखि उनीहरुले कुरेर बसेका छन् । चलचित्रको नाम नै गौरी हो । मुख्य पात्रको रुपमा म रहेकी छु । कथा पनि एकदमै राम्रो छ । त्यो मेरो ड्रिम प्रोजेक्ट हो । म पनि त्यो प्रोजेक्ट छाड्न चाहन्न । पारिवारिक समस्या समाधान भइसकेपछि त्यो प्रोजेक्टमा लाग्छु ।”   युनाइटेड नेपलिज आर्टिस्ट एसोसियसनका तर्फबाट सम्मानपत्र प्रदान गरिदै । फोटो : खसोखास       कार्यक्रममा युनाइटेड नेपलिज आर्टिस्ट एसोसियसन अमेरिकाले गौरी मल्ललाई मायाँको चिनो समेत प्रदान गरेको थियो भने उपस्थीत कलाकारहरुले निकै भावुक हुँदै खादा ओढाएर गौरीको विदाई गरेका थिए । गौरी मल्लसँगै अर्का चर्चित कलाकार रमेश उपे्रतीपनि लामो समयका लागि नेपाल फर्कदै छन् । उप्रेतीले गौरीमल्ललाई इंकित गर्दै भने –“जुन व्यक्ति जहाँ उपयुक्त हुन्छ त्यही बस्नुपर्छ । नेपाली फिल्म उद्योगमा अहिले उहाँको खाँचो छ । पहिले करिश्मा मानन्धरलाई नेपाल फर्कनका लागि अनुरोध गर्ने व्यक्ति पनि म नै हुँ । मेरै पहलमा करिश्मालाई नेपाल फर्काइएको हो । अहिलेपनि सँगै नेपाल जाने अवशर पाएको छु । ”      कार्यक्रममा कलाकार गौरी मल्लले भनिन् –“पहिले म एउटा चलचित्रमा रमेशको आमा भएर खेलेकी थिएँ , अब रमेशको छोरी भएर खेल्ने इच्छा छ । ” कार्यक्रममा गौरीले कलाकारको हितमा युनाइटेड नेपलिज आर्टिस्ट एसोसियसन अमेरिकाको स्थापना गरिएको र आफू त्यसको अध्यक्ष भएपनि आफूलाई केही कलाकारले विभिन्न आरोपहरु लगाएकोमा दुखेसो पोखिन् । उनी निकै भावुक हुँदै गहभरी आँशु पार्दै भनिन् –“मलाई गलत आरोपहरु लगाइएको छ । त्यसको न्याय भगवानले नै गर्नेछ । ” गौरी मल्ल र उनीसँगै नेपाल फर्कन लागेका अर्का कलाकार रमेश उप्रेती । फोटो : खसोखास       रुदाँरुदैको हाँसो र हाँस्दाहाँस्दैको आँशुले भरिएको कार्यक्रममा कलाकारहरु निकैपटक दिल खोलेर हाँसे भने निकैपटक भावुक भएर रोएपनि । कार्यक्रममा न्युयोर्कका अधिकांश चर्चित नेपाली कलाकारहरुको उपस्थीति रहेको थियो । कलाकार विक्रान्त बस्नेत, सपना श्री, राज कपुर, शिशिर श्रेष्ठ, धर्मविर लामा, कृष्णमान तुलाधर, न्हुच्छे नारायण डंगोल, राम श्रेष्ठ, नरबहादुर दाहाल, अञ्जना गुरुङ, राजेश थापा, कन्हैया सिंह, फिरोज स्याङदेन, बिमल डाँगी, विश्व लामा, सुमन बुढा , यशोदा खालिङ, पबिता बागचन्द, गीता बिर्लाकोटी, गोपाल नेपाल, बशन्ती राई, बिमल बुढाथोकी, रमेश उप्रेती, सञ्जोग लामा, तिलक श्रेष्ठ, विजय नकर्मी र सृजना लामाले गौरी मल्ललाई आगामी दिनका लागि सफलताको शुभकामना दिएका थिए । त्यस्तै समाजसेवी इन्द्र तामाङ, पत्रकारहरु प्रदीप थापा, प्रशान एलुङ राई , किशोर पन्थी र विजय पौडेलले पनि गौरीलाई सफल भविश्यको शुभकामना दिए ।       कार्यक्रममा बोल्दै कलाकारहरुले गौरी मल्लसँगका अविस्मरणीय क्षणहरुसमेत सुनाएका थिए । पत्रकार प्रशान एलुङ राईले आफूले कलाकारबाट लिएको पहिलो अटोग्राफ भन्दै आफ्नो र गौरीको फोटोमा अटोग्राफ लिएका थिए । उपस्थीत अन्य कलाकारहरुले पनि गौरीलाई अंगालो हाल्दै विदाई गरे ।    गौरीलाई विदाई गर्न आएका गायिका सपना श्री, गायक बिमल डाँगी र गायक जगदिश समाल । फोटो  : खसोखास        यसअगाडि नेपाली र नेपालीभाषाीको अधिकारका लागि कृयाशिल संस्था अधिकारले पनि अन्तर्राष्ट्रिय नारी दिवशको कार्यक्रमको अवशरमा गौरीलाई विदाई गरेको थियो । कार्यक्रममा अधिकारका तर्फबाट लुना रञ्जित र नर्बदा क्षेत्रीले गौरीलाई सम्मान प्रदान गरेका थिए । अमेरिका बस्दा सबैबाट पाएको माया ममता स्मरण गर्दै गौरीले गहभरी आँशु पारेकी थिइन् ।    विदाई कार्यक्रमका केही भिडियो अंशहरु : - See more at: http://khasokhas.com/news/267#...

infonews · Mar 12, 2014 9:59 AM

Don't know what to say. Most Nepali celebrities stay in the US illegally with greed for making a good quantity of money. Illegal बस्न सम्म बसेपछि लास्टमा फेरी हेरोइन भएर नेपाल फर्किन्चन

nepugal · Mar 12, 2014 10:47 AM

Gauri malla's asylum was denied...

itroll · Mar 12, 2014 1:28 PM

she has clearly stated that she MIGHT return in couple of years so whats the big deal here?? Someone who has GC went to Nepal and might comeback. She has not denounced her GC though so kina yetro halla khalla??

kaji sahab · Mar 12, 2014 5:21 PM

Kaji Sahab, green card holder can stay 6 to 12 months abroad. if she stays for 2 yrs she has no chance of coming back.

giordano · Mar 12, 2014 5:44 PM

Its not a big deal that these people return to Nepal. Seriously they have no scope here. The only thing they can do is menial jobs. So its better for them to return to Nepal than stay here. But Nepali media preach this as if its the way to go.

mancini · Mar 12, 2014 7:03 PM

केरा खान फर्किने साला पाखेहरु। … चाईएको छैन नेपाललाई। यो भातेहरु देश छोडेर गाको देश मा क्या आनन्द थीयो फेरी बोझ बन्न फर्किदै छ। एस्तो को नागरिकता नै cancel गर्नु पर्ने

ashishme · Mar 13, 2014 1:04 AM

Gauri ji sachha desh bhakta rahichin

intelligentguy · Mar 13, 2014 7:58 AM

Where has she mentioned that she has renounced her greencard?

True Nepali · Mar 13, 2014 9:44 AM

नेपाली सेलेब्रितीहरु भक्का भक नेपाल जादैछन् लास्ट टाइम करिश्मा मानन्धर | अमेरिकामा भाँडा माज्दै बस्नु पर्ने नेपालमा भब्य स्वागत अमेरिका रेतर्न

funtush · Mar 13, 2014 10:05 AM

oye ashisme, yo mora ajhai sajhamai halli racha...yesko party hare pachi yo harayo vaneko ta sala kukur jhai bhuki raheko rahecha yeha...tera bau ko desh ho ra hami farkina na paune...sakchas vanera rokera dekha...ma aaune din talai vanchu time and date with flight details,...bhoknu vanda garnu garho cha babu...

giordano · Mar 13, 2014 1:15 PM

gio GC holders can stay outside of the US for upto 2 years with travel document issued by the USCIS. we dont know and she has not mentioned anything about it. who knows she might have the travel document and is going to stay in Nepal for less than 2 years and then come back? feri, she is going because of her own personal issue( her mother is sick), so why should this be a news? she is NOT going back for the country but for her personal reasons. She is a good actress but why is this even covered by the media and tried to label her as a patriot returning back?

kaji sahab · Mar 13, 2014 2:23 PM

The issue is that every goddamn tom dick and harry with a camera thinks they are journalist TOM BROCOWLI from CNN. They used to think they were photographers before now they think they are journalists.

guyjatra · Mar 13, 2014 2:55 PM

Deshbhakta lahureni aja Ghar pharkio nache nache ramae

intelligentguy · Mar 13, 2014 3:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all