नेपालबारेको ३२ पेज लामो रिपोर्ट विदेशमन्त्री जोन केरीबाट अमेरिकी सदनमा पेश : ‘नेपालको सरकार र प्रहरीका हरेक स्तरमा भ्रष्टाचार व्यप्त’ - See more at: http://khasokhas.com/news/256#... खसोखास साप्ताहिक /न्युयोर्क अमेरिकी विदेशमन्त्री जोन केरीले नेपालको सरकार र प्रहरीका हरेक स्तरमा भ्रष्टाचार व्यप्त रहेको रिपोर्ट अमेरिकी सदनमा पेशा गरेका छन् । अमेरिकी सदनमा बुधबार पेश गरेको एक महत्वपूर्ण रिपोर्टमा नेपालका जेल र हिराशतको अवस्था अत्यन्तै नाजुक रहेको, सरकार र प्रहरीका हरेक स्तरमा भ्रष्टाचार व्यप्त रहेको अदालतमा राजनीतिक दवाव, भ्रष्टाचार र त्रास कायम रहेको उल्लेख छ । रिपोर्टमा नेपाली संचारकर्मीहरुमा सेल्फ सेन्सरसिप गर्नका समस्या रहेको समेत उल्लेख गरिएको छ । नेपालको सन्दर्भ मात्र ३२ पेज रहेको मानवअधिकारको अभ्यास सम्बन्धि रिपोर्टमा नेपालमा भइरहेको मानव अधिकार उल्लंघनको सन्दर्भलाई विस्तारमा उल्लेख गरिएको छ । मुख्य रुपमा स्थायी संविधान घोषणा हुन नसक्दा नेपालमा मानवअधिकारको अवस्था अत्यन्तै नराम्रो रहेको रिपोर्टमा उल्लेख छ । परम्परागत न्यायिक संरचनाको अभाव निरन्तर रहेको तथा विगतमा मानवअधिकार उल्लंघनमा दोषी ठहरिएका नेपाली सेनाका अधिकारीहरु, माओवादीहरु र अन्यलाई गिरफ्तार गर्नका लागि अदालतले दिएको आदेश कार्यान्वयन नहुने समस्याका कारण मानवअधिकारको अवस्था खराब हुन पुगेको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ –“सरकारले कहिलेकाँही भेला हुन पाउने स्वतन्त्रतामाथि समेत बन्देज लगाउने गरेको छ । तिब्बती समुदायका शरणार्थीहरुका लागि सरकारले स्वतन्त्रतामा नियन्त्रण गरेको छ । ” महिलामाथि भइरहेको विभेद र हिंशाबारे उल्लेख गर्दै रिपोर्टमा भनिएको छ –“महिलाविरुद्धको घरेलु हिंसा अहिले पनि गम्भिर समस्याका रुपमा जीवित रहेको छ । दाइजोसँग सम्बन्धित मृत्युका घटनाहरुसमेत भइरहेका छन् ।” बालबालिकाविरुद्धको हिंशा फैलदो रहेको तथा जवान र बालबालिकाहरुलाई यौनधन्दामा लगाउने काम गम्भिर समस्याका रुपमा रहेको पनि रिपोर्टमा जनाइएको छ । एचआईभी संक्रमित, आदिवासी जनजाती समुह र अपांगहरुमाथि विभेदको क्रम निरन्तर रहेको पनि रिपोर्टमा उल्लेख छ । जातपातका आधारमा हुने हिंशा जारी रहेको र बालश्रमको समस्या उल्लेख्य रुपमा रहेको पनि रिपोर्टमा जनाइएको छ । घट्दो अवस्थामा रहेका शशस्त्र समुहले अझै पनि सर्वसाधारणहरु, सरकारी अधिकारी र केही जातीय समुहका सदस्यहरुमाथि आक्रमणको क्रम जारी रहेको तथा विद्यालयमा हुने हिंशा, धम्की र स्कुल बस जलाउनेमा माओवादी सम्बद्ध समुह जिम्मेवार रहेको रिपोर्टमा जनाइएको छ । तराईमा फिरौतीका लागि अपहरणका घटनामा शशस्त्र समुहहरु जिम्मेवार रहेको जनाइएको छ । वेपत्ता आयोग र सत्य निरुपण आयोगको अभावमा युद्धकालिन मानवअधिकार उल्लंघनका घटनाका दोषीले उन्मुक्ति पाउने क्रम निरन्तर रहेको रिपोर्टमा ठहर गरिएको छ । सन् २०१३ भित्र नेपाल प्रहरीले ३ जना सर्वसाधारणको गैरकानुनी हत्या गरेको र युद्धकालमा मारिएका घटनाहरुको अहिलेसम्म समाधान नगरिएको भएपनि राज्यका तर्फबाट यो वर्ष कसैलाई बेपत्ता भने नपारिएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ –“द्वन्दकालमा बेपत्ता पारिएकाहरुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । राष्ट्रिय मानवअधिकार आयोगका अनुशार वेपत्ता पारिएका केसहरु ८४६ वटा रहेका छन् । जसमध्ये ६०६ वटामा राज्यको संलग्नता रहेको छ । अरु १४६ वटा केसमा युद्धकालमा माओवादीको संलग्नता रहेको विश्वास गरिएको छ । ” सन् २०१३ मा मात्र नेपाल प्रहरीबाट थुप्रैलाई यातना दिने र दुव्र्यवहार गर्नेकाम भएको पनि रिपोर्टमा उल्लेख गरिएको छ । बन्दिगृहको अवस्थाबारे उल्लेख गर्दै रिपोर्टमा सेप्टेम्बर सम्मको अवस्था हेर्दा नेपालका जेलमा १५ हजार २ सय २४ जना व्यक्ति रहेको उल्लेख छ । जसमध्ये ११ सय ३१ जना महिला रहेका छन् भने ८७ जना बालबालिकाहरु रहेका छन् । ति बालबालिकाहरु जेलमा रहेकाहरुका निर्दोष बच्चाबच्चीहरु हुन् । त्यसैगरी नेपालको जेलमा ९६५ जना विदेशी नागरिकहरु रहेको जनाइएको छ । जेलमा गम्भिर अपराध गर्ने र सामान्य अपराध गर्नेहरुलाई एकैठाउमा राखिएको, भींडभाड निकै चर्को रहेको, सिराहामा १० जना अटाउने ठाउमा ४० जनासम्मलाई राखिएको, खाँदबारीमा २५ जनाको क्षमता भएको जेलमा सयजनासम्म राखिएको लगायतका कैयन समस्याहरु रहेको रिपोर्टमा जनाइएको छ । संचारकर्मीहरुमाथिको आक्रमण र धम्की कायमै रहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ । अमेरिकी विदेशमन्त्री जोनकेरीले विदेशमन्त्रीको हैसियतबाट जारी गरेको यो दोश्रो रिपोर्ट हो । गतवर्ष पनि उनले यस्तो रिपोर्ट सदनमा पेश गरेका थिए । अमेरिकी सदनमा प्रस्तुत यो रिपोर्टले अमेरिकाको वैदेशिक नीति निर्माणमा समेत प्रभाव पार्ने जनाइएको छ । पूरै रिपोर्ट पढ्न नेपालबारेको अमेरिकी रिपोर्टमा क्लिक गर्नुहोला । - See more at: http://khasokhas.com/news/256#...
_____ · Mar 11, 2014 7:00 PM · 1,406 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion