आरोपीलाई नै बालगृहको अनुमति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आरोपीलाई नै बालगृहको अनुमति लालप्रसाद शर्मा                    ० पोखरा, फाल्गुन २६ - सञ्चालक समिति र भरपर्दो आर्थिक स्रोतबिनै बालगृह चलाएर बालबालिकालाई जोखिमपूर्ण अवस्थामा पुर्‍याउनेलाई कास्की जिल्ला प्रशासनले कारबाही गर्नुको सट्टा पुनः अर्कै नामबाट सञ्चालन अनुमति दिएको खुलासा भएको छ । तत्कालीन सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर गुरुङ फरार भएपछि श्रीमती ज्योतिले चलाउँदै आएको नारेश्वरस्थित एभरेस्ट बालगृहका सञ्चालकलाई प्रशासनले न्यु भिजन चिल्ड्रेन होमको स्वीकृति दिएको हो । मापदण्डविपरीत सञ्चालित एभरेस्ट बालगृहबाट ६ देखि ११ वर्षका ४ बालक र ४ बालिकालाई ०६९ कात्तिक १५ मा जिल्ला बालकल्याण समितिले उद्धार गरेको थियो । समितिले उक्त बालगृहलाई कारबाहीका लागि प्रशासनसमा सिफारिस गरेको थियो । प्रशासनले भने कारबाही गर्नुको सट्टा ०६९ चैत १२ गते संस्थापक/अध्यक्ष ज्योति रहेको न्यू भिजनका लागि अनुमति दिएको हो । प्रशासनले संस्था दर्ता खारेज किन नगर्ने भन्दै सञ्चालकलाई पत्र पठाए पनि कुनै कारबाही नगरी अर्को दर्ता गर्नुले गम्भीर शंका जन्मिएको समितिका एक सदस्यले बताए । आवासीय बालगृह सञ्चालन तथा ब्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ मा १० बालबालिकाको आश्रय दिन सक्ने क्षमता र सुविधा नभएसम्म कुनै पनि सञ्चालन गर्न नपाइने र स्थानीय प्रशासनले अनुमति दिन नहुने व्यवस्था छ । काठमाडौंबाहिरका जिल्लामा बालगृह चलाउन जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालयबाट समेत अनुमति लिनुपर्नेमा त्यस्तो गरिएको छैन । संस्था दर्ता गर्ने निकाय प्रशासन तथा राय/सुझाव दिने बालकल्याण समितिलगायत निकायले संस्थाका पदाधिकारीका आचरण सम्बन्धमा पनि आवश्यक खोजबिन गरी सिफारिस वा दर्ता प्रकृया अघि बढाउनु कर्तव्य हुनेछ भन्ने मापदण्डमा छ । 'तर बालगृह दर्ता गर्ने क्रममा कुनै पनि मापदण्ड पुगेको देखिँदैन,' समितिका एक सदस्यले भने, 'आफैंले कारबाहीका लागि स्पष्टीकरण सोधको व्यक्तिलाई बिनाछानबिनै अर्को दर्ता गरिनु आश्चर्यजनक छ ।' नयाँ बालगृह दर्ता तथा नवीकरणका लागि बालकल्याण समितिको सिफारिससमेत आवश्यक रहेकामा त्यो पनि छैन ।   संस्थाले गत भदौमा लेखेको नवीकरण पत्र बालकल्याण समितिमा भर्खरै प्राप्त भएपछि दर्ताको रहस्य खुलेको हो । त्यसपछि समितिका केही पदाधिकारीले अनुगमन गर्दा सञ्चालक भेटिएका थिएनन् । 'पहिला र अहिलेको अवस्थामा भौतिक पूर्वाधारलगायतमा कुनै परिवर्तन छैन,' जिल्ला बालअधिकार अधिकृत भरतराज बरालले भने, 'यसमा अझै अनुगमन बाँकी छ ।'   ज्योतिले परिवारविहीन भन्दै आफ्नै दुई छोरी र बाबुआमासमेत भएका बालबालिकालाई बालगृहमा राखेकी थिइन् । पटकपटकको अनुगमनमा बालगृहको अवस्था नाजुक र बालबालिकाको भविष्य अनिश्चित देखिएपछि उद्धार गरिएको थियो । संस्था नवीकरणसमेत भएको थिएन । साथै नियमित आर्थिक स्रोत र कोष थिएन । प्रकाशित मिति: २०७० फाल्गुन २६ ११:३८ - See more at: http://www.ekantipur.com/np/20...

_____ · Mar 10, 2014 4:55 AM · 2,476 views

2 Replies

ह्या ------------ जी , सधै थरि थरि का site बाट समाचार/लेख त्य्स्स-त्य्स्स टास्न मात्र भन्दा , त्यो समाचारको बारेमा त्यहाँ नलेखिएको केहि रोचक-घोचक केहि थाहा छ भने लेक्नुस न | अनि तेही समाचारको बारेमा पनि अल्लि नया/फरक किसिमले सोचेको हो भने लेख्नुस वा तेस भित्रको मुख्य छुटाउन नहुने १/२ line केहि छ भने माथि पट्टि तेही टासे पनि हुन्छ | nepalnews , kantipuronline , weeklynepal , रातो सेतो खैरो pati , हिमालखबर, mysansar आदि त सबैले हेर्छन नि |

nepalilaure · Mar 10, 2014 7:50 AM

सुझाब को लागि धन्येबाद नेपाली लाहुरे जी मैले साझा मा अन्यत्र बाट कपि पेस्ट गर्नु को मुख्य उदेस्य कसैले सकारात्मक ( अथवा नकारात्मक पानि ) बहस गर्न चाहेमा सुरु गर्न सकियोस भनेर हो. मैले कपि पेस्ट गरेको कतिपय समाचार/लेख मा म आफै पनि सहमत हुन्न, तै पनि विदेश मा बसेका नेपाली को समाज मा सबै महत्त्वोपुर्न बहस हुन पर्छ भन्ने मन्येता हुनाले तेसो गरेको हो. ठुला ठुला बहस नेपाली हरुको बीच नभएको होइन तर हामीमा बहस लाई बेक्तिगात रुप म़ा लिने बानि छ. साझा ले बेनामी रुप मा बहस गर्न बाताबरण बनाई दिएको छ. तेसकारण जति धेरेई बहस हुन्छ तेती धेरै , सकारात्मकता तिर जालाकी भन्ने सोचेर तेसो गरेको. पत्र पत्र्रिका को अनलाइन मा तेती बहस भएको देखेको छैन . फेरी बहस गर्दै जादा प्रमाण / सोच हरु पनि थपिदै जान्चन र एउटा सकारात्मक निचोड निस्कन सक्छ . तपैले भने जस्तै मलाई पनि के लाग्छ भने साझा को कुराकानी मा आउने हरु लगभग ७५% ले ति समाचार हरु पढी सकेका हुन्छन (मेरो अन्दाज). अईले दिलशोभा श्रेष्ठ जी को बिशाये हट टपिक भाको छ नेपाल मा तेहिबेला एस्तो समाचार मा बहस भए राम्रो जस्तो लगेर हो. तर केहि छैन, मैले कपि पेस्ट गरेको सबै बिशये मा बहस हुने पर्छ भन्ने पनि छैन,

_____ · Mar 10, 2014 6:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all