एउटा 'राम’-कहानी कुनै बेला एमाओवादी नेता बाबुराम भट्टराई पढाइमा तेज थिए, त्यसैले घरपरिवार, छरछिमेकी, नातागोता र स्कुले मित्रहरूका नजरमा 'बाबुराम' थिए। एसएलसी टपर 'बाबुराम' राजनीतितिर आए। मोहनविक्रम सिंहको संगतमा यता आएका उनी वामपन्थी हाँगा चहार्ने चरीजस्तै बने, त्यसैले उनी 'चरीराम' भए। माओवादी विद्रोह सुरु भो, पार्टीभित्र दुई धारको टकराव देखियो। उनलाई पार्टीले कारबाही गर्यो। आखिर उनको लाइनबमोजिम माओवादी शान्ति प्रक्रियामा आयो। त्यसैले उनी 'बलराम' बने। पछि 'बलराम' प्रधानमन्त्री बने। खास जम्न सकेनन्। उनीसँग जनताले अधिक अपेक्षा राखे। उनकै पालामा भएको संविधानसभा पनि विघटन भयो, उनी 'जिल्लाराम' दरिए। फेरि संविधानसभा निर्वाचन भो, एमाओवादीको हालत खराब भो। पहिलो दल तेस्रो दल बन्यो। सरकार र सदनमा साख र शक्ति नभएपछि उनै 'बाबुराम'ले आफैँलाई 'ठन्डाराम' घोषणा गरे। तैपनि, जारी छ राम-कहानी ! - नारायण अमृत
_____ · Mar 9, 2014 6:30 AM · 1,658 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion