अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन न्यूयोर्कमा भव्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिका अध्यक्ष श्रीमती गीता खत्रीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि श्री दुर्गाप्रसाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा उन्नती बोहोरा शीला, लीला लुइटेल, सावित्री मल्ल, हिरण्यकुमारी पाठक, होमनाथ सुवेदी हुनुहुन्थ्यो । कार्यक्रममा सभापति गीता खत्रीले प्रमुख अतिथि भटट्राईलाई खादा लगाएर स्वागत गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमका सहभागीहरुबाट प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई खादा तथा व्याच अर्पण गरिएकोे थियो । प्रमुख अतिथिज्यूबाट पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन भएको थियो । विजय नकर्मी र साथीहरुबाट नेपाली राष्ट्रिय गान र लारा र साथीहरुबाट अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, सहभागी, पत्रकारहरुलाई सम्मेलन संयोजिका वन्दना कोइरालाले स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो भने श्री हिरण्यकुमारी पाठक, जापानी समाज सेवी योको मानाई, अमेरिकी समाज सेवी मिसायल वेल्च, बोर्ड अफ ट्रष्टीका सभापति होमनाथ सुवेदी, प्रमुख अतिथि महामहिम श्री दुर्गाप्रसाद भट्टराई, साहित्यकार भारती गौतमले सम्मेलन सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । सम्मेलनको रिपोर्टस्का रुपमा श्री आचार्य प्रभा, श्री धनिराम सापकोटा, श्री नारायण अधिकारी र श्री दामोदर घिमिरे रहनु भएको थियो भने सम्मेलनको घोषणा पत्रमा छलफल र प्रस्तुतका लागि डा. सरोज कोइराला, श्री गुहनाथ पौडेल, श्री सोमनाथ घिमिरे र श्री सुनिता शर्मा रहनु भएको थियो । उद्घाटन समारोहको अन्तमा अध्यक्ष श्रीमती गीता खत्रीले धन्यवाद ज्ञापनका साथै उद्घाटन समारोह समापन गर्नु भएको थियो भने संस्थाको गतिविधिहरुको जानकारी दिनुका साथै उद्घाटन समारोहको उदघोषण संस्थाका महासचिव श्री पदम विश्वकर्माले गर्नु भएको थियो । सम्मेलन उद्घाटन समारोहमा पुस्तकहरु र सी.डीको विमोचन गरिएको थियो । विमोचन गरिएका पुस्तक तथा सीडीहरुमा गीतकार उन्नती बोहोरा शीलाको सि.डी. अलबम धर्तीको सन्देश, गीतकार गीता खत्रीको सि.डी.अलबम अमूल्य, अनेसासको त्रैमासिक साहित्यिक पत्रिका अन्र्तदृष्टि अंक ३८, अनेसासबाट प्रकाशित गीतसंग्रह अनेसास गीतमाला, पदम विश्वकर्माको शव्द सुमन, अनेसास न्यूयोर्क च्याप्टरबाट प्रकाशित परदेशीको कोशेली, हिरण्यकुमारी पाठकको चमत्कारी औंठी र चतुरे बन्यो नेता, डम्बर कुमार गिरीको सिक्किम विकासको चाम्लिगं मोडेल र कल्पना सुवेदीको कविता संग्रह अनामिका र हाइकु संग्रह मधु थिए । यसैक्रममा नेपाली साहित्यमा विशिष्ट योगदान गर्नुहुने महिला साहित्यकारहरुलाई अध्यक्ष गीता खत्री र महामहिम दुर्गाप्रसाद भट्टराईले सम्मान गर्नुभएको थियो । सम्मानित हुनुहुने महानुभावहरुमा उन्नती बोहरा शीला, लीला लुइटेल, डा. सावित्री मल्ल र हिरण्यकुमारी पाठक हुनुहुन्थ्यो भने अनुपस्थित स्रष्टाहरुमा श्री अंगुरबाबा जोशी, श्री गायत्री श्रेष्ठ, डा. गार्गी शर्मा, श्री गीता केशरी, श्री चन्द्रकला नेवार, श्री माया ठकुरी, श्री विन्दिया सुब्बा हुनुहुन्थ्यो । यसैगरी डायस्पोरामा नेपाली साहित्यमा योगदान गर्नुहुने महिला साहित्यकारहरु क्रमशः श्री गंगा लिगल, श्री ज्योती पौडेल, श्री पुनम काफ्ले, श्री भारती गौतम, श्री नीलम कार्की निहारिकालाइ होमनाथ सुवेदी र गीता खत्रीले कदरपत्र तथा खादा अर्पण गर्नुभएको थियो । अनुपस्थित साहित्यकारहरुमा श्री कमला सरूप, श्री सीता पाण्डे, श्री सपना गौतम, श्री लारा, श्री प्रगती राइ, श्री शशी थापा सुव्वा हुनुहुन्थ्यो । कार्यक्रमको दोस्रो सत्रमा नेपाली गीत लेखनमा महिलाहरुको योगदान, नेपाली भाषा तथा साहित्यमा आप्रवासी नेपाली महिला साहित्यकारहरुको योगदान, नेपाली डायस्पोरा महिला श्रष्टामा क्रमशः उन्नती बोहोरा शीला, लीला लुइटेल, डा. सावित्री मल्ल हुनुहुन्थ्यो भने साहित्यकार अशेष मल्लले कार्यपत्रहरुमाथि सामान्य टिप्पणी प्रस्तुत गर्नुभएको थियो । यसैक्रममा सहभागीहरुले राख्नुभएका जिज्ञाँसाहरुको जवाफ कार्यपत्र प्रस्तोताहरुले दिनुभएको थियो । कार्यक्रम संचालन श्री दीपा राई पुनले गर्नुभएको थियो । यसैगरी सम्मेलनको दोस्रो दिन मार्च २ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्कच्याप्टरका अध्यक्ष विकास विष्टले सञ्चालन गर्नु भएको नेपाली साहित्यमा विशिष्ट योगदान गर्नु हुने महानुभावहरुलाई सम्मान गरिने कार्यक्रमको सभापतित्व अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष श्री गीता खत्रीले गर्नुभएको थियो । उक्त कार्यक्रमको विशिष्ट अतिथि साहित्यकार हिरण्यकुमारी पाठक र विशिष्ट अतिथिहरुमा अनेसास बोर्ड अफ ट्रष्टीका चेयरम्यान होमनाथ सुवेदी, अशेष मल्ल, बसन्तकुमार चौधरी, प्रेम राजा महत, मीरा राणा, कृष्ण शाहयात्री हुनुहुन्थ्यो । समारोहमा नेपाली साहित्यमा विशिष्ट योगदान गर्नु महानुभावहरु, अनेसासलाई विभिन्न रुपमा सहयोग गर्नुहुने महानुभावहरु क्रमशः अशेष मल्ल, बसन्त चौधरी, कृष्ण शाहयात्री, मीरा राणा, सुधा न्यौपानेलाई अध्यक्ष गीता खत्री र हिरण्यकुमारी पाठकले खादा तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो । सम्मान प्राप्त गर्नुहुने अन्य अनुपस्थित महानुभावहरुमा शभ्भूजीत बास्कोटा, केशवराज सेढाईं हुनुहन्थ्यो । सम्मानित व्यक्तित्वहरुबाट छोटो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको घोषणापत्र संयोजक डा. सरोज कोइरालाले प्रस्तुत गर्नुभएको थियो । सम्मेलनको १० बुँदे घोषणा पत्र यस प्रकार छन् ः १) नेपाली महिलाहरुको साहित्य, संगीत र कला क्षेत्रमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न अनेसासका सबै च्याप्टरहरुलाई अग्रसर गराउने । २) नेपाल बाहिर रहेर नेपाली साहित्य, संगीत र कला क्षेत्रमा सिर्जनात्मक कार्य गरिरहेका महिलाहरुको अभिलेख तयार गर्ने । ३) बिम्बका विभिन्न भागमा छरिएर रहेका नेपाली महिला साहित्यकार, कलाकार एवं संगीतकर्मीहरु बीच भगिनी सम्बन्ध स्थापित गर्न संस्थागत अग्रसरता लिने । ४) नेपाल बाहिर रहेका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र नेपाली साहित्य, संगीत र कलाप्रति अनुराग जगाउन योजनावद्ध थालनीका लागि अनेसास र विभिन्न संघ संस्थाबीच छलफल चलाउने र अग्रसरता लिने । ५) नेपाली महिला साहित्यकारका उत्कृष्ट कृतिहरु छनोट गरी अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद गरी विश्वव्यापी अभियानाको थालनी गर्ने । ६) विश्वका चर्चित महिला साहित्यकारका उत्कृष्ट कृतिहरु छनोट गरी नेपाली भाषामा अनुवाद गर्ने गराउने र नेपाली पाठकहरुबीच पु¥याउने प्रयास गर्ने । ७) कम्तिमा प्रत्येक तीन तीन वर्षमा अन्तर्राष्टियस्तरमा नेपाली महिला सर्जकहरुको सम्मेलन गराउने र त्यसमा विभिन्न भाषा भाषी सर्जकहरुलाई सहभागी गराउने । ८) साहित्यिक संस्थाहरुमा महिलाहरुको नेतृत्वदायी भूमिका स्थापित गराउन प्रोत्साहित गर्ने । ९) महिला साहित्यकारहरुलाई पुरस्कृत गर्न कोषको विकास र विस्तार गर्ने । १०) महिला साहित्यकारहरुका कृतिमाथि अध्ययन, अनुसन्धान र समालोचना गराउन प्रोत्साहन गर्ने । कार्यक्रमका अवसरमा आयोजित बृहत काव्य गोष्ठीमा ५६ जना भन्दा बढी साहित्यकारहरुले आ–आफ्नो रचनाहरु बाचन गर्नु भएको थियो । रचनाहरु बाचन गर्नु हुनेहरुमा कमला प्रसाईं, होमनाथ सुवेदी, विष्णुमाया परियार, महेश्वर पन्त, दिनेश राजभण्डारी, बसन्त चौधरी, किशोर पन्थी, विष्णु पौडेल, प्रदिप थापा, निलम कार्की निहारिका, कल्पना सुवेदी, इश्वरी गौतम, सावित्री अधिकारी, कृष्ण शाह यात्री, लिला लुईंटेल, सुनिता शर्मा, केशव आचार्य, विकास विष्ट, प्रकाश नेपाल, नारायण अधिकारी, गीता खत्री, कुन्ती थापा, गीता पन्थ, अनु शाह, बन्दना कोइराला, राजेन्द्र शलभ, गोवर्धन पूजा, शान्ता घिमिरे, प्रशान लिम्बु राई ममता कर्माचार्य, पद्मा लिंखा मगर, सरोज अर्याल, बिरेन्द्र लिम्बु, गंगा लिगल, मञ्जु खड्का योञ्जन, संगीता उप्रेती, शतिष गौतम, विनोद रोका, हिरण्यकुमारी पाठक, पदम विश्वकर्मा, पुनम काफ्ले, ज्याती पौडेल, दिपा राई पुन, मनु लोहारुगं राई, भारती गौतम, अशेष मल्ल, उन्नती बोहोरा शीला, मणि वांग्देल, सहदेव पौडेल, आचार्य प्रभा र सीता खरेल हुनुहुन्थ्यो । बृहदकाव्य गोष्ठी साहित्यकार गोवर्धन पूजा र गीता पन्थले सञ्चालन गर्नुभएको थियो । साहित्य गोष्ठीको अन्तमा सम्मेलन आयोजक समितिका सदस्यहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । सम्मेलन आयोजक समितिका सदस्यहरुमा बन्दना कोइराला, विकास विष्ट, राधेश्याम लेकाली, पदम विश्वकर्मा, राम खत्री, धनिराम सापकोटा, ज्योती पौडेल, पुनम काफ्ले, बुद्ध चेम्जोगं, गीता पन्थ र नारायण अधिकारी हुनुहुनथ्यो । कार्यक्रमको अर्को सत्रमा युवा कार्यक्रम अन्तर्गत बालबालिकाहरुबाट नाटक प्रदर्शन गरिएको थियो । नाटक रिहर्शल तथा निर्देशन सहदेव पौडेलले गर्नुभएको थियो । नाटक श्री अशेष मल्लले तयार गर्नु भएको थियो । कार्यक्रमको अवसरमा नाटककार अशेष मल्ल र कृष्ण शाह यात्रीले नाटक लेखनका बारेमा छोटो चर्चा गर्नु भएको थियो । सो अवसरमा आयोजित समापन कार्यक्रम साहित्यकार निलम कार्कीले सञ्चालन गर्नुभएको थियो । उक्त कार्यक्रममा सहभागीहरुका तर्फबाट अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष प्रकाश नेपाल, डा. बिष्णुमाया परियार, कपिल पौडेलले आ–आफ्ना तर्फबाट मन्तव्य प्रकट गर्नुभएको थियो । समारोहको अन्तमा अध्यक्ष श्रीमती गीता खत्रीले प्रमुख अतिथि, विशिष्ट अतिथि, साहित्यकारहरु, सहभागीहरु, आयोजक समितिका सदस्यहरु, सहयोगी निकाय तथा महानुभावहरु सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्तमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन समाप्त भएको थियो ।
mahoday · Mar 4, 2014 5:48 AM · 10,919 views
On what basis you say this is the program of International Nepali Women Literature Conference ? Just putting the tag of 'international' does not give any sense. Just organizing the program in US and Nepali people residing in US participation makes it to be international ?
Max Rossa · Mar 4, 2014 8:58 AM
If there are Nepali women and ex-Nepali women who have become US citizens, then it becomes an international conference! Do you understand that Max Rossa?
funtush · Mar 4, 2014 9:08 AM
That's what I wanted to make you say, Funtus ji. It is simply illogical to term "international" just organizing a program or forming the organization in US. International should have certain parameters or general understanding that it should include Nepali People living in other countries or other continents of the world. The word "International" sounds big than what you guys are doing. It's great news to integrate Nepalis through literature and further develop.
Max Rossa · Mar 4, 2014 9:19 AM
I double Max Rossa here. Doesn't "International" mean from multiple countries ? USA and Nepal are more than countries so literally it is international but shouldn't the literary figure from rest of the corners of the world be included here to call it International ? I guess now a days, whatever and whoever is out of Nepal and starting an organization tags "International" . But then hey what do I know ? - THaha chaina
ThahaChaena · Mar 4, 2014 2:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion