आखीरमा सप्पै दोषी !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आखीरमा सपै दोषी ! १। सडकका बृद्दहरु पालन पोषण गर्ने - समाजसेबी दीलशोभा दोषी ! बृद्द मात्र पाल्ने संस्थामा जुम्लाका बच्चाहरुको हेरचाह गर्नु पर्ने बाध्यतामा परेका दिलशोभा दोषी ! राम्ररी बोल्न नजान्ने, हिसाब राख्न नजान्ने, कानून नजान्ने तर अरुलाई माया, माया, माया गर्ने दिलशोभा दोषी ! २। बाल कल्याण समितिले आफै चिट्ठी लेखेर बृद्द पोषण संस्थामा बाल बच्चा हेरि दिनू भन्ने तर पछि दर्ता नगरेको अभियोग लगाउने बाल कल्याण दोषी ! ३। बिजय कुमार र रबिन्द्र मिश्र जस्ता पत्रकार जस्ले परोपकारी दिल शोभालाई पब्लिक फिगर बनाई दिए - ति दोषी ! ४। एकतर्फी कुराको आधारमा, बिरामीको हेरचाहलाई पठाएको "बुढी"को आधारमा "यौन दूराचार आरोप पुष्टी" भनेर समाचार लेख्न हतार गर्ने नागरीक न्यूजका KP Dhungana र प्रधान सम्पादक prateek pradhan दोषी ! अझ जनताले कुरा नबुझेको भनेर जनतालाई बेबकुफ बनाउने प्रतीक झनै दोषी ! ५। पानी, बिजुली आपुर्ती गर्न नसक्ने, शहरका खातेहरुको ब्यबस्था गर्न नसक्ने तर मापदण्डको कुरा गर्ने सरकार दोषी ! ६। ती आश्रमका बृद्दहरुका समृद्द छोराछोरीहरु दोषी ! ७। दिल शोभालाई आर्थीक सहयोग गरेर अनियमितता गर्न उन्मुख स्वदेशी तथा बिदेशी दाता/ दातृहरु दोषी ! ८। सो आश्रमको सर सफाई, बृद्दहरुको हेरचाहमा सुधार गर्ने, अरु न्युनतम आबश्यकताहरु पूरा गर्न तिर उन्मुख हुन सकिने तर नियत ठीक नभएका पदाधिकारिहरु दोषी ! ९। त्यो फोन रेकर्ड बहिनी (गुरुड्ग) गर्ने दोषी ! १० । के पी ढुङ्गाना, "बाहुन"ले जातिय दिलशोभा माथी गरेको सुनियोजित षडयन्त्र हो भन्दै के पि को ज्यान लिने धम्की दिने जाति बादीहरु दोषी ! ११ । राधीका मानन्धरलाई थला पर्ने गरि बिरामी पारी दिएका "क्यान्सर" दोषी ! समय दिन नसकेका उनका छोरा छोरी, बिदेश गएका नाती नातिना दोषी ! दिलशोभाको घरमा पटक पटक बस्न गएका ति दोषी - दिलशोभा संग सहयोग माग्ने राधिका मानन्धर दोषी ! १२ । दिलशोभा प्रति सहानुभुति जगाउने र अरुका निम्ति पनि केहि गर्नु पर्छ भन्ने भावना भएकाहरु सब्बै दोषी !

shirish · Mar 3, 2014 12:21 PM · 17,906 views

3 Replies

ThahaChaena · Mar 3, 2014 12:53 PM

Most people in Nepal don't pay income tax or property tax yet they are first ones to raise voice against other unlawful activities, so you are right. Everyone's guilty.

ktmrulez · Mar 3, 2014 2:38 PM

http://www.onlinekhabar.com/20...

Kancho · Mar 3, 2014 5:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion