चौबीसकोठीको कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चौबीसकोठीको कथा राजधानीबाट १ सय २ किलोमिटर पश्चिममा रहेको प्रख्यात मनकामना मन्दिर ६ घन्टाको टोपी खस्ने उकालो नचढी पुगिने स्थिति थिएन। १६ वर्षअघि उकालो-ओरालोमा चल्ने विद्युतीय बाहन केबुलकारमार्फत १० मिनेटमा मन्दिर पुग्ने व्यवस्था मिलाइदिए, लक्ष्मणबाबु श्रेष्ठले। ती केबुलकार व्यवसायीको निधन भयो, फागुनको पहिलो साता। उनका बारेमा त पत्रपत्रिकामा प्रशस्त चर्चा भएकै छ। उनको त पुर्खा पनि त्यत्तिकै पौरखी रहेछ। खासमा लक्ष्मणबाबुका पुर्खा पाटनबाट गोरखा गएका रहेछन्। गोरखाका तत्कालीन राजा राम शाहले पाटनका २४ जना निपुण व्यापारीलाई आफ्नो राज्यमा लैजानका निम्ति विसं १६७० (शाके संवत् १५३५)मा पाटनका राजा सिद्धिनरसिंह मल्लसँग सन्धि नै गरेछन्। कतिसम्म भने उनीहरूलाई 'सात हराउ बिराउ माफ दिने' गरी चौबीसकोठी महाजनको पदवीका साथै अन्य विभिन्न सुविधा दिई गोरखा लगिएको ब्रायन हटन हड्सनको संग्रहमा रहेको वंशावली र दिनेशराज पन्तको गोरखाको इतिहासमा उल्लेख छ।  चौबीसकोठी घरानाका लागि गोरखा दरबारदेखि दक्षिणतर्फ हटियाथोक टोल नामकरण गरी बसोवासको प्रबन्ध गरएिको थियो। चार सय वर्षको इतिहासमा चौबीसकोठी परिवार देशभरि छरिएर पुर्खाको पौरखी परम्परालाई पछ्याइरहेको छ। चितवन, भरतपुरमा त चौबीसकोठी चोक नै छ। लक्ष्मणबाबुजस्ता स्वप्नदृष्टा व्यवसायीप्रति श्रद्धाञ्जलि। 

_____ · Mar 3, 2014 7:04 AM · 1,196 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all