मृत्युदण्ड सुनाइएका खालिङको 'ब्लडमनी' रकम उठ्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मृत्युदण्ड सुनाइएका खालिङको 'ब्लडमनी' रकम उठ्यो अबुधाबी अदालतको ८६ लाख माग कान्तिपुर संवाददाता                    ० अनिशलाई बचाउन उठेको रकम परिवारलाई हस्तान्तरण गर्दै । तस्बिरः गाणेश राई /इकान्तिपुर काठमाडौ, फाल्गुन १८ - अबुधाबी अदालतले मृत्युदण्ड सुनाएका अनिश खालिङ राईलाई बचाउन १ करोड रुपैयाँ रकम संकलन भएको छ । खालिङ बचाउ अभियान अन्तर्गत देश-विदेशबाट १ करोड रुपैयाँको 'ब्लडमनी' रकम संकलन भएको हो ।  अभियान अन्तर्गतको समितिले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो । खालिङलाई बचाउन आवश्यक रकम ८६  लाख नेपाली रुपैयाँ अदालतले माग गरेको थियो ।  अबुधाबी अदालतले मागेको उक्त रकम संकलन भएको समितिका संयोजक नारद राईले जानकारी दिए । उनले त्यहाँको सर्वोच्च आदलतमा सो  रकम पठाउन सरकारले कुटनीतिक पहल गर्न अनुरोध गरेका छन् । यसैगरी ब्लडमनीबाट बचेको रकम खालिङको परिवारलाई हस्तान्तरण गरिने समितिले जनाएको छ । समितिको पहलमा खालिङकी श्रीमती रविता र आमा डिकमाया राईलाईलाई स्वदेश तथा विदेशबाट उठेको रकम राष्ट्रियगानका रचनाकार व्याकुल माइलाले हस्तान्तरण गरेका थिए । अनिशलाई सहयोग गर्नेहरुमा संखुवासभा समाज हङकङबाट १८ लाख १९ हजार रुपैयाँ, किरात धर्म तथा साहित्य उत्थान संघ हङकङबाट १ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । यसैगरी कुवेतस्थित नेपालीहरुबाट १० लाख,  अष्ट्रलियाबाट ५ लाख २२ हजार, बेल्जियमबाट १ लाख ४२ हजार, झापाली युवा सरोकार समाजबाट १ लाख ७५ हजार रुपौयाँ रकम उठेको छ । यस्तै थुलुङ राई संस्कृति प्रतिष्ठानबाट २० हजार दुईसय र बेलायतबाट राजकुमार राईको पहलबाट १ लाख ५६ हजार रुपैयाँ हस्तान्तरण संकलित रकम हस्तानतरण गरिएको  छ । संखुवासभा मत्स्यपोखरी ३ निवासी खालिङ वैदेशिक रोजगारीका लागि २ वर्ष अगाडि अवुधावी गएका थिए ।  उनलाई पाकिस्तानी नागरीक हत्या अभियोगमा त्यहाँको अदालतले मृत्युदण्ड सजाय सुनाएको थियो ।प्रकाशित मिति: २०७० फाल्गुन १८ ०५:२० - See more at: http://www.ekantipur.com/np/20...

_____ · Mar 2, 2014 2:15 PM · 1,877 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all