साझाको आम्दानी तीन करोड ६० लाख

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ललितपुर- सञ्चालनको एक वर्ष बित्नै लाग्दा साझा यातायातले यात्रुबाट रु तीन करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको छ। विभिन्न कारण २०६४ सालको जेठदेखि साझाका सबै सेवा बन्द भएका थिए। पछिल्लो पटक २०७० वैशाख १ गतेदेखि पुनः सञ्चालनमा आएको सो यातायातले राम्रो आम्दानी गर्दै अगाडि बढेको देखिन्छ। साझाका अहिले १६ वटा बस सञ्चालनमा रहेका छन्। सञ्चालनमा आएको १० महिना पूरा हुँदा २४ लाख ७२ हजार ६१४ जना यात्रुले यात्रा गरेका छन्। उनीहरूलाई दिएको टिकटबाट रु तीन करोड ६० लाख २५ हजार ६०० उठेको छ। अन्य बसले जति दूरीको यात्रा गरेपनि पूरै भाडा लिँदै आएकामा साझाले भने रुट र दूरीअनुरूप निश्चित भाडा लिँदै आएको छ। साझाले रु १०, १५, १७ र २० टिकटबाट भाडा असुल्दै आएको साझाका प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए। चालकसहित ५५ सिट क्षमताको उक्त बसमा १५ जनाले उभिएर समेत मात्रा गर्न सकिने उनले बताए। यात्रुको मागलाई मध्यनजर गर्दै साझा आफ्नो सेवा विस्तार गर्न आर्थिक स्रोत जुटाउन क्रियाशील छ। उपत्यकामा अरु बस थप्ने र उपत्यका बाहिर पनि बस सेवा सञ्चालन गर्ने सोच साझाले राखेको प्रबन्धक पाण्डेले जानकारी दिए। http://www.nagariknews.com/eco...

Jhapali_Thito · Feb 26, 2014 12:23 PM · 12,088 views

3 Replies

dude!!!thought you were talking about our sajha here and I almost filed report to IRS against San bro.

mangale · Feb 26, 2014 12:45 PM

Mission Accomplished!!!!!!!

Jhapali_Thito · Feb 26, 2014 1:10 PM

Kudos to the new leadership team.

Kiddo · Feb 26, 2014 1:10 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all