http://www.mysansar.com/2014/0... श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू, जिल्ला प्रशासन कार्यालय, काठमाडौं। बिषय—शोषणमा परेका बृद्धा तथा बालबालिकाको तत्काल उद्धार गर्नेबारे महोदय, उपरोक्त सम्बन्धमा काठमाडौं रविभवनस्थित ‘वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी’ (आमा घर) २०५६ सालमा स्थापना भई हाल संचालन रहिरहेको छ। यस संस्थाको स्थापनाकालदेखि हालसम्म अध्यक्ष दिलशोभा श्रेष्ठ रहनु भएको छ र उहांकै सक्रियताले संस्था संचालन हुँदै आएको छ। संस्थाको स्थापनाकालमा नै जेष्ठ नागरिक तथा वृद्ध व्यक्तिहरुको लागि एकिकृत रुपमा कल्याकाणकारी कार्यक्रमहरु संचालन गर्ने मुख्य लक्ष्य राखिएको छ। मूलतः सामाजिक रुपमा अपहेलित, बहिष्कृत भएका जेष्ठ नागरिकहरुलाई संस्थामा ल्याएर आश्रय दिएर राख्नु आफैमा सराहनीय काम हो। समाजबाट बहिष्कृत भएका, हिंसामा परेका, घरपरिवारबाट अपहेलित भएका जेष्ठ नागरिकलाई आश्रय दिइ उनीहरुको जीवनरक्षा गर्ने काम आमरुपमा सबैले गर्न सक्दैनन्। सामाजिक पुण्यको यस्तो काम सामान्य नभएर असाधारण काम समेत हो। राज्यले संरक्षण गर्न नसकेको असहाय वृद्धा र बालबालिकालाई संस्थाले संरक्षण दिँदै आएको छ। त्यसैले पनि आम मिडिया र सामाजिक क्षेत्रमा यस आमा घर र त्यसलाई नेतृत्व दिने दिलशोभा श्रेष्ठको नाम अपिरिचित छैन। संचारमाध्यमबाट भइरहेको सतही प्रचारप्रसारले आज स्वदेश तथा विदेशबाट यस संस्थालाई प्रशस्त सहयोग समेत आइरहेको छ। संस्थाको उद्देश्य र लक्ष्य आफैमा राम्रो भए पनि यथार्थमा यस संस्थाभित्रको व्यवहारिक पाटो भने भिन्न छ। जसलाई आज सार्वजनिक रुपमा भन्नुपर्दा कतिपयलाई विश्वास नलाग्न पनि सक्छ। बाहिर देखिने आवरण र संस्थाभित्रको भित्री यथार्थ अर्कै छ। पहिलो कुरा संस्था जेष्ठ नागरिकका लागि आश्रय दिनका लागि मात्रै स्थापना भएको हो। तर, पछिल्लोपटक संस्थाले बालगृह समेत संचालन गरेको छ। यसका लागि सम्वन्धित निकायबाट अनुमति समेत नलिई बालगृह संचालन भइरहेको छ। जुन विषय सम्वन्धित निकायको जानकारीमा आइसकेको छ। जेष्ठ नागरिकलाई आश्रय दिने संस्थाका लागि भन्दा बालगृह संचालन गर्दा बाहिरी सहयोग बढी लिन सकिने कारणले बालगृह संचालन गरिएको हो। जेष्ठ नागरिक र बालबालिकालाई आश्रय दिने आवरणमा यस संस्थाले कमाउ धन्दा गर्न थालेको महशुस हामीले गरेका छौ। विभिन्न कालखण्डमा यसै संस्थामा रहेर स्वयंसेवकको रुपमा काम गर्ने र संस्थामा आश्रय लिई हाल बाहिर रहेका हामी हाम्रै आंखाले देखेको अन्याय र शोषण सहन नसकी आज यो निवेदन दिन आएका हौँ। संस्था र त्यसको नेतृत्व गर्ने दिलशोभा श्रेष्ठको सामाजिक प्रतिष्ठामा आंच पुर्याउने हाम्रो उद्देश्य होइन। तर, जेष्ठ नगारिक र बालबालिकालाई आश्रय दिने आवरणमा भइरहेको गलत कर्तुत र शोषणबाट उन्मुक्ति दिलाउने हाम्रो अभियान हो। यहाँ भएका गलत काम र शोषणको प्रमाण हामीले यसै निवेदनसाथ पेश गरेका छौ। संस्थाले गरेका गलत कामको बूंदागत रुपमा उल्लेख गर्दै सम्वन्धित संस्थाको नियमन गरी शोषणमा रहेका बालबालिका र जेष्ठनागरिकको उद्दारका लागि हामी माग गर्दछौँ। १) अनुमति नै नलिई संस्थाले पांच वर्षदेखि बालगृह संचालन गर्दै आएको छ। बालबालिका राख्नुमा हाम्रो आपत्ति होइन। तर, बालबालिकालाई पेटभरी खाना नदिने, दुषित पानी प्रयोग गर्ने, नुहाउन नपाउने, सरफाईमा ध्यान नदिने। बालमैत्री वातावरण नदेखिएको, समय र परिस्थिति अनुसार बालबालिका र बृद्धाहरु माथि फरक व्यवहार गर्ने गरिएको छ। संस्थाको ६८/६९ को प्रगति विवरणमा ४९ बालबालिका रहेको देखाइएको छ। तर, हाल संस्थामा ३३ जना मात्रै छन्। तर, १६ जना कहाँ गए भन्ने कुनै रेकर्ड छैन। उनीहरुलाई घरेलु काममा पठाइएको बताइन्छ। २) संस्थामा सम्पर्कमा आएका बालबालिकाको कुनै रेकर्ड नभएको। संस्थामा आएका बालबालिकालाई घरेलु कामदारको रुपमा विभिन्न ठाउँमा पठाउने गरेको हो। ३) बासी खाना खुवाउने गरेको, संस्थामा आउने खाद्यान्न तथा जिन्सी सामानहरु बेच्ने र मिति नाघेका खाना प्रयोग गर्ने गरेको पाइएको। जस्तै बिस्कुट, जुस, हर्लिक्स, मिठाई, चकलेट, चामल, दाल आदि। ४) बाहिरबाट संस्थामा आश्रय लिएका जेष्ठ नागरिक तथा बालबालिकाको नाममा आएको सहयोग—लगाउने, ओड्ने, ओछ्याउने कपडा, स्टेशनरीको सामाग्री आश्रितहरुलाई नदिई बेच्ने गरेको। (बेच्नका लागि बच्चाहरुलाई नै प्रयोग गर्ने गरेको। आवश्यक परेमा बच्चाहरुले समेत बेच्ने पसलहरु देखाउन सक्ने) ५) आश्रितहरुका लागि औषधउपचारको नाममा थुप्रै सहयोग आउने गरे पनि वर्षमा एकपटक पनि उनीहरुको स्वास्थ्य परीक्षण नगरिने। बिरामी भएको अवस्थामा संस्थामा उपलव्ध औषधिहरु समेत नदिई मानसिक तनाव दिँदै आएको।
itroll · Feb 25, 2014 1:18 PM · 2,002 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion