तिमीलाई पनि मलाई जस्तै "याद" ले सुमसुम्याउछ भने, कहिलेकाहिं त्यसै त्यसै छर्लंगै "रात" सुकसुकाउँछ भने , सम्झनु ...... हाम्रो प्रेम अझै अनिदो छ, सम्झनु ....... हाम्रो प्रेम अझै जिउँदो छ | हिड्दा हिड्दै दोबाटोमा अनायासै बिदाइको हात उठ्छ भने, ठेस लागी लड्न खोज्दा सहारा दिने उही साथ खोज्छ भने, , सम्झनु..... हाम्रो माया त्यै बाटोमा अझै छ, सम्झनु....... हाम्रो छाँया त्यै माटोमा अझै छ | , शृङ्गारिंएर ऐना भित्र भित्रै आँखा टोलाईरहन्छ भने, मिठो म्वाईमा लाजाएर भाखाहरु लोलाईरहन्छ भने, सम्झनु..... हाम्रो जवानी अझै बाँकी छ, सम्झनु..... हाम्रो कहानी अझै बाँकी छ |
rahulvai · Feb 25, 2014 11:21 AM · 15,106 views
गज़ब !! गज़ब!! ठूल्दाई .... गज़ब!!
daum · Feb 25, 2014 7:48 PM
वाह ! ठुल्दाइ ! पहिलो पंक्तीले नै मन छोयो - "तिमीलाई पनि मलाई जस्तै "याद" ले सुमसुम्याउछ भने," रे !! हुनत दाई अलीक रसिक, रचयीता र कोमल भएर पनि हो कि; दाइलाई कसैको "याद" ले "सुम्सुम्याएको" ! नत्र म जस्ता उम्रिदै तीन पातलाई त "याद" ले जहिले पनि छट्पटी र उकुस्मुकुस् मात्रै पारेर ल्याउंछ भन्या ! बांकी कुरो त "ईन्द्रको अघी स्वर्गको के बयान" गर्नु र, बरु केही थप्ने "गुस्ताखी" गरें है ठुल्दाइ ! बहेलिले उडाइलाने बेठेगानको पराग जस्तै विरहले मात्रै पोल्ने न्याउलीको राग जस्तै हाम्रो सोच छैन भने हामी बोझ हैन भने सम्झनु, भुमरीमा नाची हेर्न अंझै बाँकी छ सम्झनु, दोहोरिमा धुन फेर्न अंझै बाँकी छ बिछोडमा लुकिजाने ग्रहणको राती जस्तै देउरालीमा सुकिजाने चढाएको पाती जस्तै हाम्रो माया छैन भने हामी तेस्तो हैन भने सम्झनु, मिलन हुने रात अंझै बाँकी छ सम्झनु, केही मात र बात अंझै बाँकी छ चैतमाशको खरबारी झैं डढेलोमा सक्कीजाने चखेवाको घरवारी झैं गुंड बस्दा अन्तै जाने हाम्रो वाचा हैन भने हामी विच छैन भने सम्झनु, थोरै अध्मरो श्वास अंझै बाँकी छ सम्झनु, सँगै बासको आश अंझै बाँकी छ ।
caliber19 · Feb 27, 2014 2:53 PM
धन्यबाद daum र काइँला वाह काइँला वाह ....... मनै हरर भएर ल्यायो | एकदम मिठो अत्तरको सुबास जस्तो | दुइ लाइन म पनि थप्छु , लु जा तथा कथित हैन, हाम्रो माया, हीरा मोति जडित छैन, हाम्रो माया गरिब नै भए नि चोखो , निष्पाप छ कसैले भन्दैमा पतित हुन्दैन हाम्रो माया
rahulvai · Feb 27, 2014 3:02 PM
Wah wah Rahul dai
Sparty · Feb 27, 2014 11:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion