केही किनारा लाग्नेछन् बेगसँग हुत्तिने शोषणको छाल बनेर मानिसका मिहेनत बगाएर सोहोरौं भन्नेहरू पसिनाले सिंचेर भर्खरी टुसा उम्रेका इमानलाई जबर्जस्ति घुसपैठको आहालमा डुबाउँ भन्नेहरू तेस्तो गर्न केहीको मन नमान्न सक्छ तेसैले ती किनारा लाग्नेछन् भोक, अभाव, अनि गरिबीका भावना छुँदै मान्छेको फौज सँगालेर शान्ति अनि सुव्यवस्था ल्याउने भनेर मान्छेनै मारौं भन्नेहरू विकास र निर्माणको गन्तब्य पुग्ने भन्दै भएका सडक, पुल, अनि सभ्यतानै भष्म पारौं भन्नेहरू तेस्तो सोच केहीले नराख्न सक्छन् तेसैले ती पन्छिनेछन् समाज सेवा गर्ने भनेर संस्था खोलेर चन्दा उठाई आ-आफ्नै भोगकोलागि घर बनाउने आफ्नै आफन्त अनि इस्टमित्रमा बाँड्ने भन्नेहरू विदेशको बिलाशमा आफ्ना लागि भरमग्दुर बटुल्न खोज्ने तर जन्मभूमिका असाहाय निमुखालाई वास्ता नगर्ने भन्नेहरू मातृभूमिका भोका अनि लाचारलाइ चटक्क बिर्सनेहरू तेस्तो गर्न सबको चेतनाले दिदैन तेसैले केही तिमीहरूबाट अलग हुनेछन् धर्म गर्ने भनेर दुईचार जना बटुलेर ठुला ठुला कुरा गर्नेहरू अनि दीन दुखिका लागि होइन आफ्नै सम्बृद समाजका लागि कसरी फाइदा लुट्ने भनेर सोच्नेहरू बुझेर पनि बुझ पचाऊन सबले सक्दैनन् तेसैले केहीले आफै सत्य खोज्नेछन् ढोंगमा जति बेगले बग्नु छ बग जति सोहोर्नु छ सोहोर आखिर बगेर कहाँनै पुग्छौ ? सोहोरेर कहानै पुर्याउछौ ? चेतनशीलहरू घस्रेरै पनि किनार लाग्नेछन् तेस्तो किनार जसले पुरै नदी अटाउन सक्छ पुरै समुन्द्र अटाउन सक्छ बग्ने सोहोर्ने सबको बेग रोक्न सक्छ हो, केही किनारा लाग्नेछन् केही किनारा लाग्नेछन् || http://merasabdaharu.blogspot....
santoshlmn · Feb 24, 2014 9:50 PM · 14,643 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion