मेरा आँखाहरु रसाए बस्दा तिम्रो तस्विरको साथमा मलाई यस्तो कहिल्लै भएको थिएन अरुको माझमा मेरो आत्मा तिम्रो आत्मासँग एक हौँ भन्छ यी कानहरू तिम्रो हृदयको धड्कन सुन्न चाहन्छ खै के भयो मलाई यस्तो ! यो माया नभए के हो त ? तिम्रो मधुर स्वरमा स्वर्गको अनुभूति गर्दछु म मृग नयन ति तिम्रा आँखाहरु शान्त तलाऊ जस्तै सुन्दर छन् एकोहोरिएर हेर्छु म तिम्रो तस्विर सधैं लाग्छ तिमि पनि मलाई नै चिहाईरहेकि छेऊ मन हर्सित हुन्छ र आफैलाई प्रश्न सोध्छु यो माया नभए के हो त ?
nepmanche · Feb 18, 2014 6:43 PM · 3,709 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion