Paras Shah is back!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

५ फागुन, काठमाण्डौँ । लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह सार्वजनिक जीवनमा अति सामान्य भेषभुषा र  केही दुब्लो स्वरुपमा देखा परेका छन् । थाइल्याण्डमा भएको एसीसी वुमन पि्रमियर क्रिकेटमा आइतवार नेपाल र छिमेकी राष्ट्र चीनविरुद्धको खेल हेर्नका लागि पूर्वयुवराज दर्शक बनेर उपस्थित भएका हुन् । लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह चियांगमाई जिमखाना क्रिकेट मैदानमा रातो कूर्ता र कालो ट्राउजरमा उपस्थित थिए । झट्ट हेर्दा कुनै धर्म गुरुजस्तै लाग्ने भेष, महिलाको जस्तो तर नबाटिएको लामो कपाल र टाउकोमा कालो चश्मामा सजाएका पारसले चीनविरुद्धको खेल पुरै समय हेरेका थिए । उनले खेलमा पूरै मनोरञ्जन लिएर नेपाली टोलीसँग केहीबेर कुराकानी समेत गरेका थिए । निकै हँसिलो मुद्रामा देखिएका पारस विरामी हुनुपूर्वको आवस्था भन्दा केही दुब्लाएका जस्ता देखिन्थे । हृदयघात भएपछि राम्रोसँग तङग्रीन नसकेका पूर्वयुवराज पारस नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा क्रिकेट खेल्न आएको थाहा पाएपछि क्रिकेट मैदान पुगेका हुन् । नेपाल आउने तयारीमा रहेका पारस एक्कासी नेपाली महिला क्रिकेट टोलीको खेल हेर्न उपस्थित भएपछि त्यहाँ पुगेका नेपाली पत्रकारको टोलीले समेत उनीसँग तस्वीर खिचाएका थिए ।

cybernepali · Feb 17, 2014 8:42 AM · 40,291 views

3 Replies

Bangcock ma dherai basera hijada bhayeko jasto chha

Bad Boy · Feb 17, 2014 9:29 AM

Drug addict, high school drop out and still gets attention.

dindukhi · Feb 17, 2014 11:14 AM

Paresh ko para tatyoo vaney khair chaina hai…..aailey ta ali kool down vachan sarkar…

sannu · Feb 17, 2014 1:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all