नेपाली संस्थाले फिलिपिनो संस्था मार्फत समुन्द्री आंधी पिडितलाई आर्थिक सहयोग फाल्गुन ३ ,भर्जिनिया विजय थापा अमेरिकाको एटलान्टामा २३ बर्ष अगाडी स्थापना भै सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको दक्षिणपूर्ण नेपाली संगठन ,अमेरिकाले (Nepalese Association in Southeast America (NASeA)ले समुन्द्री आधिबाट गत बर्ष ठुलो क्षति बेहोर्नु परेको फिलिपिन्सलाई अमेरिकाको एटलान्टामा रहेको फिलिपिनो-अमेरिकन संगठनका पुर्व अधक्ष्य एलसी मेदिना विदेन्सलाई (NASeA) का पूर्व अधक्ष्य राजा घलेले संस्थाको प्रतिनिधित्व गर्दै आर्थिक सहयोग स्वरुप $ एक हजार डलरको धनादेश (चेक)हस्तान्तरण गरेका छन् l र प्रणय दिवसको बिशेष कार्यक्रममा गत फेब्रुअरी ८ तारिखको दिन उक्त धनादेश (चेक) राजा घलेले संस्थाका वर्तमान सह -सचिब अम्बिका लोहनी शर्माको उपस्थितिमा हस्तान्तरण गरेका थिए l घलेले मन्तब्य दिदै आफ्नो संस्था सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने कुरामा कटिबद्ध छ भन्दै जानकारी गराएका थिए l फिलिपिनो -अमेरिकन समुदायले नेपालको बारेमा पुर्व अधक्ष्य राजा घले संग केहि जिज्ञाशा राखेका थिए भने नेपाल बुद्धको देश र सगरमाथा नेपालमा पर्छ भन्ने जानकारी दिदा दर्शक अचम्बित भएका थिए l कार्यक्रमको मुख्य नारा 'तिमिलाई समर्पण ' रहेको जानकारी राजा घलेले बताए l संस्थाका अधक्ष्य राम बराल (बिद्या वारिधि )ले फिलिपिनो समुदायलाई नेपाली समुदायले गरेको सहयोगको लागि नेपाली समुदायका सदश्यहरुलाई बिसेष धन्यबाद दिएका थिए l अधक्ष्य राम बराल भने यो आदर्श मानवीय सहयोगले संस्थाको छबिलाई उच्च बिन्दुमा पुर्याउने कुरामा बिश्वस्त रहेको बताएका थिए l
mahoday · Feb 16, 2014 12:54 PM · 2,686 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion