Please call or email us to register yourself for the Business Analyst training. Please refer here for the course content for BA training http://www.econvergenceinc.com... If you haven’t attend the demo and if you are interested in our free demo, Please feel free to registration here to schedule a free Business Analyst demo http://www.econvergenceinc.com... For more questions about course, please feel free to call us on (732)-226-3358 or email : Prakash@econvergenceinc.com
sambaecon · Feb 12, 2014 2:14 PM · 17,212 views
चौतारीमा अगिना प्रतिभाको कुरो भो अनि प्रतिभा बाट याद आयो ..... मेरो गाम चाबेलाँ थि एउटी ....बाबाबा कम्ता टल्केर हिड्ने हैन बा ति मैया .... तेस्कै लागि कम्ता इत्तरक सिसि रित्याथ्यो र केटाहरुले .... अलिक मोटी भैकन मोती जस्तै थिइ . एक दिन, शायेद शनिवार थ्यो क्यार, मेरो साथि मुसे , सिगाने , घोडा सप्पै तेस्को पछि लाग्यम..... ३-४ जना साथि जम्मा भए तेस्का त्यो पिपलबोटां अनि ओरालो झर्दै गौरीघाट तिर लम्के..... हाम्लाई हेर्दै पर्तीभा त खितिति हांसी - त्यो हांस्ना साथ् अरु नि खित्का छोडेर हाँस्न थाले त्यो नि हाम्लाई हेरेर ....... घोडा मोरो केटि देख्ने नहुनि तेस्सै हिन्हिनायेर लाखेटुम्ला जस्तो गर्ने ........ मोरोको त्यो आँखा सम्म आको लामो सिल्की कपाल हातले पन्छाउदै , हाम्लाई पनि फर्केर हेर पर्तिभा लै लै लै भानिगो ...... मोरीहरुको खित्काको आवाज त्यो ट्याम्कोमा राखेर घुमाउने माइकको जस्त्रो भैगो ..... मुसे भन्छ हाँसी तो फंसी... मुसेले प्रवचन दिनपाको के छोड्थ्यो.... हेर थाने तेस्तरि हांसीराछन , मस्कि पनि रा'छन , आँखा पनि लुकाई लुकाई पछाडी हेरिराछन ...तँ के चुप लागिरा जा गएर आइ लोव यु भन्दे भनो ..... लव त के खाएर पर्थ्यो तैपनि केटाहरुको अगाडी साहस देखाउनै पर्यो ..... अनि अगाडी बढेर भने पर्भा ये पर्भा ...... चारै जाना टक्क अडेर मलाइ हेर्न लागे.... मलाई चै पर्तिभ भन्दा नि तेस्कि साथि पुजा मनपर्ने .... तर बोलाउन त अर्कै नामले बोलाइयो .... अनि चारजाना मध्येकि चतुरि आस्माले रातो नाक सुँक्क सुँक्क गर्दै च्यांठीयर ' को पर्भा कसलाई बोला काम छैन तिम्रो ... ह्याँ पर्भा सर्भा छैन' भनि फेरी हातमा लिएको सानो त्यो हाते रुमालले नाकको पानि पुस्तै चस्मा नाकको टांडीमा माथि धकेल्दै 'धेरै पर्भा सर्भा भनेर पछि लागिस भने उsss त्याँ तल मेरो दाइले कराते सिक्छ फेरी तेस्लाई भन्दिन्छु' भनि ....... अनि तेती भनेर सप्पै गललल हाँसे ... येस्सो पछाडी फर्कन्छु त मुर्दार साथि भानौंदाहरु त मुसुमुसु हाँस्दै मेरो बिल्ला गर्न पर्खिरा रैछन ...... ल भएन मैले मेरो बिल्ला त हुन दिन भएन तेस्माथि केटिले तँ भनेर भनि ... सबसे छेऊमा हिडिरहेकी पर्तिभाको साइडमा पुगेन अलिक पाइला लम्काएर ...... मलाइ देख्नासाथ् चारैजना रोकिए ..... छेउमा पर्तिभा , तेस्पछि आस्मा , तेस्पछि पुजा र अन्तिमकि खै नयाँ परेवा यानकी नयाँ बसाइ सरेर आकी टोलकि नयाँ मैयाँ रहिछे ..... मैले पर्भा भनें ...पर्तिभाले को पर्भा भन्या तिम्ले भनिन ..... त्यो सिगाने आस्माले तँ भनेकी पर्तिभाले तिमि भन्नासाथ सप्पै राग खल्याक खुलुक हरायो ..... अनि तिमि रे नि त पर्भा त मुसे ले भन्या - आफ्नी पुजामाथि जाल हाल्दै थिएँ कहाँ यो भ्यागुतीलाइ बल्छी हाल्नु..... म तेसैले मुसेको टाउकोमा भ्यागुतीको ताज पहिराउन खोजें , हवाँ तिमीलाई मेरी पर्भा यस्तो मेरी पर्भा उस्तो भनेर हाम्लाई हैरान गर्छ तिम्लै थाहै रैन्छ .... तिमि त्यो पूर्वमा उदाउन्दै गर्दाको लालिमाले निर्लप्त भिजेकी पर्भा हो उसको , पर्तिभाबाट त्यो तितो 'ति' हटाएर तिमीलाई उसले आफ्नो पर्भा बनाको छ..... उसले हरेक हाम्रो भेटमा मेरो पर्भा त कोमलमा त्यो मुनाउन लागेकी आँकुरा हो, फुल्न लागेकी त्यो कोपिला हो जो सानो नङ्गको स्पर्शमा पनि घाउ लाग्न सक्छ .... ऊ मेरी पर्भा हो , म पनि ऊ भित्र हराउन चाहन्छु जसरि हरेक साँझ कमल बन्द हुँदा ऊ भित्र त्यो भवरा हराउँछ ...... भनेर उधुम गर्छ ....केटिमा केहि फरक परे जस्तो त लागेन मलाइ ....... यति मैले पर्तिभालाइ भानुन्जेल पुजा मलाइ नै हेरिरा'थि ....मैले यस्सो उ तिर हेरें अनि उसको र मेरो आँखा जुध्यो ..... अलिक लालिमा चढेको उनको पुट्ट परेका गालामा अझै गाढा रंग देखिन थालिसकेको थियो.... मन मन मा सोंचे .... मेरी कलिलो बाँसकि तामा, हुनेवाली बच्चा कि आमा यै त हो नि ....... मुसेको पर्भाले मुसेले नदेखिने गरेर सुटुक्क हेरी .... अनि मन्द मुस्काई .... एंस हेरी है .... ल मुसो किचीनि भो भ्यागितिबाट भन्या जस्तो लाग्यो .............. यस्तो गफ गर्दै- अगाडी बढ्दै गर्दा हामी कति खेर कति खेर किरातेश्वर वारिको घाटमा पुगीसकेछौँ...... अगाडी हेर्छु त...... आस्माको दाइ .... हाम्लाई तेस्को दाइ त्यहाँ छ भनेर ज्ञान नै नभैरा.... ... मोरो ब्राउन बेल्ट कहिले पुगो थाहै नाइँ हाम्लाई त..... दाइ चैं ले समाती गो' कठालो ....... 'वोई तँ को , किन पछि लागिस यिनीहरुको ..... भन् नत्र एक ग्याचुके शट दे'र तँलाई येही पोस्टर बनाइ दिन्छु' भन्छ ....साला सुर्पनखको दाइ रावन भन्यो मनले तर मुख सुकेर बोलि फ़ुतेन....... .केटिहरु पनि चुक्क बोल्दैनन बा ...... हैन दाइ-भाइ-बा-काकाबा अगाडी पर्ने बित्तिकै केटिहरु किन यस्तो लुडोमा पोट को सट्टा छक्का पल्टीये सरी पल्टिने होलान ....... यस्सो केटाहरुले बचाउँछन कि भनेर पछाडी फर्केको त कोइ छैन .... लौ गयो छोरो खोलै-खोला आज भन्ठान्या मात्र के थिए मनले पुजा अगाडी नै छे कहाँ हार खाको पहिले जिरो हुने हो ... अलिकति त हिरो बन भनो ....... अनि अलिकति आँट आयो अनि फनक्क हात घुमाएर एक नाकैमा ताकेर हाने ...... कराते त जगरातेमा परिवर्तन भो.... आइयाsssssss! भनेर कठालो छोडेको मात्र के थ्यो .... म म्याराथनमा बैकुण्ठ मानन्धर के कुदे होलान र ... तेस्तरि कुदें पिपलबोटको उकालो ..... घर फर्किदै थिए दौडी दौडी मुर्दार तिनैजान केटाहरु चाबेल-पिपलबोटमा आएर मरी मरी हांसीरा'रैछन ...... सबलाइ एक एक सुपारी खोट्टा बजाएर पुलिस बिट पछाडी गएर एक एक वटा हट-लेमन मगाउदै थियम सिगानेले सुसतरि भन्यो .... टैत झन्नै बिताकी सिगाने र भ्यागुतीले आज झन्नै थाने पोस्टर भा ....भोलि पल्ट नि त्यो ब्राउन बेल्टले मलाइ बाटो ढुकेर बसेछ ..... ... एक हफ्ता पछि फेरी पुजा, अंकिता, रक्षा र सायेरा तेही बाटोबाट पशुपति जाँदै रैछन .... हामी चार नि पछि लगिहल्यम, .....मेरो पालो थ्यो आज भनि हालें .... हाम्लाई पनि मायाले हेर .... आईइयाअSSSS अगाडी हेर्छु त तेही ब्राउन बेल्ट र तेस्का पुच्छर मुड्की कसेर आँखैमा बजायेछ ..... - थाहा छैन (पहिलो प्रयास गध्य लेख्ने गल्ति सच्याई दिनुस ल )
ThahaChaena · Feb 12, 2014 2:29 PM
यस्तो प्रतिभाको थानेले खानु त नपर्ने हो ब्राउन बेल्टको मुक्का ..... बडा राम्रो , लेख्दै गरे आफै सच्चिन्छ |
rahulvai · Feb 12, 2014 3:02 PM
एह्ह्ह लौ थाने पनि त देश खाएर सेश पल्तिसक्य मान्छे रैछ त बाई / हुन पनि कुनै जमाना थियो केटि भनेपछि दुइ खुट्टा टेक्या मात्र भए पनि पुग्ने / कहाँ कहाँ देखि कहाँ कहाँ सम्म पछि लागीयेना होला र बाई / लौ थाने एकदिन मौका मिलेमा चौतारीमा यी पुराना कुरा गर्नु पर्छ / पहिलो प्रयास सारै राम्रो लाग्यो / खोइ आफु त तेइ पहिलो प्रयास पनि गर्न सकिएन भन्या / अब त आसु कबि मात्र हैन कथाकारको पनि बनाउनु पर्छ भनेर मा चौतारी बोर्ड मा निबेदन हाल्छु / तिमि चिन्ता नगर मित्र / आइ गट यर ब्याक म्यान्न्न ,
Karnali Blues · Feb 12, 2014 8:43 PM
" लव त के खाएर पर्थ्यो तैपनि केटाहरुको अगाडी साहस देखाउनै पर्यो आफ्नी पुजामाथि जाल हाल्दै थिएँ कहाँ यो भ्यागुतीलाइ बल्छी हाल्नु..... ल मुसो किचीनि भो भ्यागितिबाट भन्या जस्तो लाग्यो .. मेरी कलिलो बाँसकि तामा, हुनेवाली बच्चा कि आमा यै त हो नि ......." एस्तो खतरा लेख्ने थाने किन नलेख्ने होला हरे !! मज्जा आयो ...धेरै परेको या पढेको कुरा भएकोले पनि मज्जा लागेको होला !!
bhakte dai · Feb 12, 2014 9:07 PM
म भाको भए मेरो ब्लेआक बेल्ट भाको दाइलाइ भनेर त्यो ब्राउन बेल्ट को इज्जत लुट्न लगौथे होला हे हे
funtush · Feb 13, 2014 12:09 PM
सुरुमा त नपढिकनै दिल एत्तिकै गार्डेन-गार्डेन भो, थानेकाजीले कथा पोष्ट्याएकोमा ! पछी पढ्दै गएं, कुखुरे बैंशको बयान रहेछ; मन पनि पर्यो । काजी आँफैमा एउटा राम्रो कथा समालोचक भएर पनि होला; शब्द चयन र संयोजनले कुथुङ्रीलाई राम्रैसँग बुनेको छ, बांधेको छ । थोssरै विराम-चिन्ह र हिज्जेमा ध्यान जावोस प्रभो, बास् । लेख्दैजाम थाने, तपाईंलाई धेरै-धेरै शुभकामना । अनी त्यो निल्डाम अंखाप्रती मेरो ४ लाइन को सहानाभुती :- जखम् तेरे इश्कमे खाइ तो है ए जालिम पर तुझ्से कुछ भि अब शिकवा नही । बेवफा तो खुद अप्ना दिल है ए कम्बख्त मुझ्मे रहेकर भि क्युं अब मेरा नही ।।
caliber19 · Feb 14, 2014 2:17 PM
मेरी कलिलो बाँसकि तामा, हुनेवाली बच्चा कि आमा यै त हो नि ....... सारै घत लाग्यो.....गज्जब को लेखाइ...अनुभब ....त्यस पछि के भयो त्यो पनि लेखु ठाने..... परेको ब्र्वान बेल्ट ले बेहोर्छ.....
baaramaase · Feb 14, 2014 2:34 PM
ठुल्दाई, <बडा राम्रो , लेख्दै गरे आफै सच्चिन्छ | > हजुरको अनि अरु साझाकै स्रस्टाकै हात समाइ तातीताती हिंड्न खोज्दै छु ... प्रयास बढाउने छु , वाचा रह्यो हजुरसंग .. कर्ने सर, <<एह्ह्ह लौ थाने पनि त देश खाएर सेश पल्तिसक्य मान्छे रैछ त बाई...... लौ थाने एकदिन मौका मिलेमा चौतारीमा यी पुराना कुरा गर्नु पर्छ.......पहिलो प्रयास सारै राम्रो लाग्यो....खोइ आफु त तेइ पहिलो प्रयास पनि गर्न सकिएन भन्या.....तिमि चिन्ता नगर मित्र / आइ गट यर ब्याक म्यान्न्न , >> पर्भो , तो' भनाइ छ नि के त .... जवानीमा स्याल पनि घोर्ले हुन्छ भन्ने ....सप्पै तेस्तै त हुन् नि पर्भो हैन र...... प्रयास राम्रो मनिदियौ म धन्य भएँ ...... पहिलो प्रयास किन गर्न सकिएन पर्भो ? ... या'मा के हो आइ गट उर् ब्याक भन्या ... पछिल्तिर फ़र्केसि मेरो पछिल्लो चै तिम्रो भन्या हो ........ काहिंला दाइ , <<..थोssरै विराम-चिन्ह र हिज्जेमा ध्यान जावोस प्रभो, बास् । >> हजुरको कथाहरु पनि अश्व थिए यो मेरो कथारथको यात्रा सुरु गर्नेमा ..... म कृतकृत भएँ हजुरले राम्रो भन्नु भो ... साएद म जस्तो नौसिखियालाई अगि धकेल्न...... दाइ हिज्जे सपार्न के गरम खै .... येस्सो सुझाव पाउँ न ...... बारे-दाइ , <<सारै घत लाग्यो.....गज्जब को लेखाइ...अनुभब ....त्यस पछि के भयो त्यो पनि लेखु ठाने..... परेको ब्र्वान बेल्ट ले बेहोर्छ..... >> दाज्यूलाई घत लाग्यो कथा, त्यो दिन झन्नै मलाई घाट लाग्या थिए ... कम्ताको मापाको रैछ र त्यो ब्राउन बेल्ट ... मनपराईदिनु भो प्रयास जारी राख्ने छु ..... काले अनि सम्पूर्ण पढी दिनुहुने साझावासीलाइ मेरो कृतज्ञता . - थाहा छैन
ThahaChaena · Feb 16, 2014 7:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion