माघ २७ ,भर्जिनिया विजय थापा नेपाल बुटवल ,रुपन्देही घर भै हाल अमेरिकाको क्यानसस सिटिमा बसोबास गरिरहेका कृष्ण पाण्डेयले उल्टो अक्षर हिज्जे उच्चारण गरि 'गिनिज वर्ल्ड रेकर्ड्स 'मा नाम लेखाउन सफल भएका छ्न l 'गिनिज वर्ल्ड रेकर्ड्स 'ले आधिकारिक रुपमा नै किर्तिमान कायम गर्ने पाण्डेयलाई पत्रचार गरि सकेको जानकारी पाण्डेयले बताए भने 'गिनिज वर्ल्ड रेकर्ड्स 'मा पनि प्रकाशित गरि सकेको बताएका छन् l उनले एक मिनेट भित्रमा ३६ वटा बिपरित शब्द हिज्जे उच्चारण गरि गिनिज बिश्व पुस्तकमा नाम लेखाएका छन् l उनीलाई १ मिनेट मा ४० वटा प्रश्न सोधिएको थियो भने जसमा ४ वटा गलत भएका कारण उनीले ३६ वटा ठिक भन्न सकी नया किर्तिमान कायम गर्ने नेपाली भएका छन l यो भन्दा अगाडी यो किर्तिमान भारतीय नागरिक शिशिर हथवारले २०१२ मा ओमानमा एक मिनेटमा ३० वटा बिपरित शब्द हिज्जे उच्चारण गरेका थिए l पाण्डेयले जुलाई ४ ,२०१३ का शुभ साइतमा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (ए एन ए )को ३१ औ न्युयोर्क सम्मेलनमा 'गिनिज वर्ल्ड रेकर्ड्स ' को प्रदर्शन हजारौका बीच प्रस्तुत गरेका थिए ,उनलाई प्रश्न गत बर्ष मात्रै गिनिज बिश्व पुस्तकमा नाम लेखाउने संचार कर्मी रवि लामिछानेले सोधेका थिए l खबरले आफु उत्साहित भएको भन्दै अझ केहि गर्ने सोची रहेको बताए भने ए एन ए संस्थाले उपयुक्त मंच दिएकोले ए एन ए मार्फत आफुले किर्तिमान कायम गर्न सकेकोमा ए एन ए परिवारलाई बिशेष धन्यबाद दिए l आफुलाई आर्थिक तथा बिबिध सहयोग गर्ने बिशेष व्यक्तित्व ,संस्था ,प्रायोजक तथा संचार माध्यमको सहयोगले आफु बिश्व भर चिनिएको भन्दै सबैलाई धन्यबाद दिन चाहेको बताए l पाण्डेयले बिश्वलाई नेपालको नाम पहिचान गराउदै बुद्ध र सगरमाथा नेपालका सम्पदा र धरोहर हुन् भन्दै सो किर्तिमान कायम गर्न सकेको र नेपालको झन्डा फ़र्फ़राउन यो भन्दा अगाडी गरेको किर्तिमानलाई तोडेको बताए l आफ्नी बहिनिलाई बिज्ञानका शब्द सिकाउने क्रममा सो अक्षर बारम्बार आफुले प्रयोग गर्दा अगाडीबाट हिज्जे गर्दा कण्ठ भएको र पछाडीबाट पनि हिज्जे गर्दा आफुलाई सरल भएकोले आफु भित्र यस्तो क्षमता पनि रहेछ भनि प्रयोग गर्दा गर्दै 'गिनिज वर्ल्ड रेकर्ड्स ' मा नाम लेखाउने धोको रहेकोले आज मेरो सपना पुरा भएको बताए l सो किर्तिमान तोड्न मंचमा गौतम बुद्ध नेपालमा जन्मेका हुन र सगरमाथाको नेपालमा छ भनि ठुलो झन्डा बनाई उक्त किर्तिमान कायम गरेका थिए l
mahoday · Feb 10, 2014 7:20 PM · 3,058 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion