हावादारी ज्योतिषहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपालका तथाकथित ठालू ज्योतिषहरु कति हावादारी रहेछन्, ओजराज भनेर चिनिने एक ज्योतिषले त एउटा अनलाइनमा नेपालमा गणतन्त्र आउँदैन भनेर ठोकुवा नैं गरेका रहेछन् । अनलाइन सर्च गर्दै जाँदा यस्तो भेटियो । नेपाली मिडिया पनि कति हावादारी, ज्योतिषहरुको सम्बन्धमा किन कहिल्यै अनुगमन हुँदैन । यदि कोही भविष्यवाणी गरेर ठूलो कहलिएको छ भने उसका भविष्यवाणीहरु मिले मिलेनन् किन हेरिंदैन ? He has been quoted saying, "ज्योतिषीय दृष्टिकोणबाट हेर्दा नेपालमा न गणतन्त्रको अवस्था सम्भव छ न सक्रिय राजतन्त्रको अवस्था नै सम्भव छ ।" Why the hell the journalists give a shit to such people ? The link for this article/interview is .... http://www.enasha.com/article.... गणतन्त्र नआउने ज्योतिषीको दाबी - दिनेश कार्की ज्योतिष ओजराज लोहनी नेपालका वाकसिद्ध ज्योतिषहरुमध्ये एक मानिनुहुन्छ । उहाँको गौरिघाटस्थित निवासमा आफ्नो भविष्य जान्न चाहनेहरुको भीड लाग्ने गर्छ । र, त्यो भीडमा पर्ने गर्छन्- शासन सत्ताका जिम्मेवार मानिसहरु, विभिन्न दलका नेताहरु, व्यापारी। बुद्धिजिवी अनि सर्वसाधारणहरु । नेपालका महत्वपूर्ण विषयहरुमा ज्योतिष लोहनीले गरेका भविष्यवाणीहरु सत्य सावित भएका छन् । दरबार हत्याकाण्डको बारेमा पनि लोहनीले भविष्यवाणी गर्नुभएको थियो र त्यो पछि सत्यसाबित भएको थियो । स्त्री र पुरुषको कलहले गर्दा देशले दुर्गति भोग्नु पर्छ भनेर दरबार हत्याकाण्डको केही महिनाअघि लोहनीले कान्तिपुर दैनिकमै लेख्नुभएको थियो । उहाँ भन्नुहुन्छ- 'तर त्यतिबेला त्यो कुरालाई गम्भीरतापूर्वक नलिइएका कारण त्यत्रो दुर्घटना भयो । यदि ज्यातिषीय उपचार गरिएको भए टर्न सक्थ्यो ।' ज्योतिष उपचारक नभै घट्ने घटनाहरुलाई देखाइदिने ऐना भएको र वैदिक तरिकाअनुसार उपचार गराइयो भने अनिष्टहरु कम हुने र टार्न सकिने ओजराज लोहनीको दाबी रहेको छ । शासन सत्तामा बस्नेदेखि लिएर सामान्यभन्दा सामान्य मानिसहरु पनि आफ्नो भविष्य जान्न उत्सुक भएको र सबैले जीवनको कुनै न कुनै मोडमा वा नियमित रुपमा ज्योतिषको सल्लाह मान्ने गरेको ज्योतिष ओजराजको भनाइ छ । उहाँ भन्नुहुन्छ- 'तर मानिसहरु ज्योतिषको सहारा लिएको भन्न लजाउँछन् ।' आफूले राष्ट्रलाई के दिन सक्छुभन्दा पनि आफ्नो निहित स्वार्थ र उन्नति प्रगति हुन्छ हुँदैन भन्ने जिज्ञासा लिएर ९० प्रतिशतभन्दा बढी मानिस आउने गरेको उहाँको अनुभव छ । उहाँ थप्नुहुन्छ-'आम नागरिकहरु आफ्नो देशप्रति त्यति चिन्तित छैनन् ।' कान्तिपुर पब्लिकेशन र कान्तिपुर टेलिभिजनबाट विगत एक दशकभन्दा अघिदेखि उहाँ राशिफल भन्ने र देशका विभिन्न कौतुहलपूर्ण विषयहरुमा भविष्यवाणीहरु गरेर चर्चित रहँदै आउनुभएको छ । शाही शासनकालमा पनि ज्योतिष लोहनीले राजाको शासन जसरी भए पनि ढल्ने र लोकतान्त्रिक शक्तिको विजय हुने भविष्यवाणी गरेर तत्कालीन शाही सत्ताको आँखाको तारो बन्नुभएको थियो । इनशाडटकमसंगको कुराकानीमा पनि ज्योतिष लोहनीले राजा, कांग्रेस एकीकरण, प्रधानमन्त्रीको स्वास्थ्य, संविधानसभा, दरबारहत्याकाण्ड अनि अर्थव्यवस्थाका बारेमा भविष्यवाणीहरु गर्नुभएको छ । प्रस्तुत छ देशका विविध विषयवस्तुहरुबारे ज्योतिषिय दृष्टिकोणमा आधारित ओजराज लोहनीको रोचक भविष्यवाणी । यस वर्ष सिंह लग्न परेको छ । सप्तम भावमा मंगल, दशम भावमा शुक्र, भाग्य भावमा राशी लग्न स्वामी उच्च भएर बसेको छ । ग्रहस्थिति प्रतिकूल भएपनि देशको भाविष्य राम्रो छैन भन्ने चाहिं होइन । ग्रहस्थिति अनुसार ठूलै संकट देश र जनताले भोग्नुपर्ने देखिन्छ । ज्योतिषीय दृष्टिले हेर्दा ग्रहस्थिति अफ्ठ्यारा छन् तर नराम्रा छैनन् । लोकतन्त्र, जनाधिकार र राष्ट्रिय अखण्डतामा भने कत्ति पनि आँच आउने छैन । २०६४ सालले मुलुकलाई एउटा गति दिनेछ, जुन दीर्घकालीन प्रकृतिको हुनेछ । राजा कमजोर छैनन् राजनीतिभन्दा एकदम पृथक बसेर नितान्तरुपमा ज्योतिषीय दृष्टिकोणबाट भन्नुपर्दा राजसंस्था २०६४ सालमा कमजोर देख्दिनँ । २०६४ सालभित्र राजसंस्था अन्त्य हुन्छ भन्ने कुरामा ग्रहस्थितिले विश्वास गर्दैनन् । यस सालले देशको इतिहासलाई मनन् गर्छ र भविष्यका रेखा कोर्नेछ । सूदुर भविष्यकै कुरा गर्ने हो भने पनि राजसंस्था कमजोर होला तर म अन्त्य हुने देख्दिनँ । ज्योतिषीय दृष्टिकोणबाट हेर्दा नेपालमा न गणतन्त्रको अवस्था सम्भव छ न सक्रिय राजतन्त्रको अवस्था नै सम्भव छ । कांग्रेस एकीकरण भएरै छाड्छ अहिले २०६४ सालको अवस्था के छ भने यो वर्षा निर्माण भएका अवस्था अनुसार नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक मात्र होइन सम्पूर्ण प्रजातान्त्रिक शक्ति नै एउटै विन्दुमा उभिने अवस्था छ । उनीहरु जसरी पनि मिल्छन् । चतुर्थस्थानमा बसेको वृहस्पति दशम् स्थानमा बसेको शुक्रलाई पूर्ण दृष्टिले हेरिरहेको छ र शुक्र आफ्ना घरमा बसिरहेको छ । शुक्र राज्यस्थानमा आफ्नो घरमा बस्नु भनेको राष्ट्रको अखण्डतालाई निरन्तरता दिनु भन्ने मान्यता हो । त्यही मान्यता अनुसार शुक्र आफैं पनि लोकतान्त्रिक ग्रह हो । ज्ञान र विज्ञानलाई सम्मिश्रण गराउने, समान विचार भएका विभिन्न व्यक्तिहरुका समूहलाई पनि एउटै ठाउँमा उभ्याउने स्थिति यस वर्षको ग्रहस्थितिले ल्याउँछ । प्रधानमन्त्रीको खराब छ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति साउन महिनासम्म निकै खराब देख्दछु । उहाँको ग्रहस्थिति पोहोर साउनमा पनि खराब थियो । ज्योतिषीय दृष्टिकोणबाट भन्नु पर्दा अतिरिक्त समयमा अर्थात् समयभन्दा बाहिर पनि नवीन समय निर्माण गरेर बसिरहनुभएका व्यक्ति गिरिजाप्रसाद कोइराला हुनुहुन्छ । कुनै राम्रो इतिहासको निर्माणका लागि कोही व्यक्तित्वले दैवी शक्तिका कारण अतिरिक्त समय निर्माण गरेर बसिरहेका पनि हुनसक्छन् । संविधानसभाको चुनावमा बिलम्ब जेठमा संविधानसभाको चुनाव हुँदैन भन्ने कुरा मैले पहिल्यै भनेको थिएँ । ज्योतिषीय दृष्टिकोणबाट मलाई कात्तिक-मंसीरमा पनि चुनाव हुन्छ भन्ने कुरामा विश्वास छैन । संविधानसभा होस् या नहोस् २०६४ सालमा देशले एउटा गति निर्धारण गर्नेछ । र, २०६४ सालको अन्तिमसम्ममा वा २०६५ सालको शुरुवातमा हुनसक्छ संविधानसभा । संविधानसभाको चुनाव भएरै छोड्छ तर कात्तिक-मंसीरमा हुन्छ भन्ने कुरा निश्चित छैन भनी ग्रहस्थितिले भन्छ । राष्ट्रिय अखण्डता कायमै रहनेछ अहिले राजनीतिक कारणहरुबाट देशमा विखण्डनको त्रास देखिए पनि ज्योतिषीय र आध्यात्मिक दृष्टिकोणबाट देश विखण्डन हुन्छ भन्ने कुरामा रत्तिभर पनि मलाई विश्वास छैन । नेपालको अखण्डता कायमै रहन्छ । नेपालको अखण्डताका शत्रुहरु सदाका लागि परास्त हुनसक्छन् । नेपालको अखण्डता कायम राख्ने कुरामा रक्तपात हुनसक्ला, जनताले दुःख पाउने स्थिति आउला तर नेपाल टुक्रिन सक्दैन । माओवादी जनयुद्ध भन्दा पनि ठूलो विद्रोह हुनसक्छ । तर त्यो विद्रोह कुनै एउटा गुट अथवा एउटा पार्टीको मात्र नभएर केवल देशको लागि हुनसक्ने विद्रोह हो । यदि नेतृत्व वर्गले बाटो विराएको खण्डमा त्यो विद्रोहले ठूलै क्षति पुर्याएर देशको एउटा गति निर्धारण गर्नसक्छ । तर नेतृत्व वर्ग संयमतापूर्वक अघि बढेमा क्षतिबिना पनि देश अघि बढ्छ । दरबार हत्याकाण्डको रहस्य खुल्दैन दरबार हत्याकाण्ड घट्नुअघि मैले महिला र पुरुषको कलहले उन्माद चढेर दरबारमा दुखद घटना घट्नेछ भन्ने भविष्यवाणी गरेको थिएँ, जुन २०५७ जेठ १५ मा कान्तिपुरमा छापिएको छ । ज्योतिषीय दृष्टिकोणबाट भन्नुपर्दा त्यो घटना कहिले खुल्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । उक्त दुखद् घटनाका बारेमा जे भनियो इतिहासमा त्यही नै कायम हुनेछ । अर्थव्यवस्था यो वर्ष नेपालको अर्थ व्यवस्था अत्यन्तै दयनीय रहन्छ । नेपाली जनताले ठूलै पीडा भोग्नुपर्छ । तर यो पीडा भनेको खुसी प्राप्तिका लागि भोग्नुपर्ने पीडा जत्तिकै हो । देशद्रोहीहरु सदाका लागि बिदा हुनेछन् । दक्षिणतिरको छिमेकी देश भारतको सहयोग सकारात्मक नरहेपनि अन्य मित्रराष्ट्रहरुको सहयोग सकारात्मक रहन्छ । पश्चिमी मुलुकहरुको सहयोग सकारात्मक रहन्छन् ।

Max Rossa · Feb 9, 2014 11:00 PM · 10,523 views

4 Replies

Jyotish hawadari ho bhanera bharkhar thaha payeko? Arko palta jaadugar hawadari bhanera nabhannu

bokaman · Feb 10, 2014 9:52 AM

Thanks for the comment ! Actually, Nepali society enjoys such baseless predictions in a great deal. They speak the things somewhere in a middle and try to interpret in either way, they cannot come up with facts and figures. Our society take these predictions seriously, believe it or not. Politicians put rings in their fingers and that is based on the traditional belief. That made me to post this. Majority of Nepali people believe in luck and that based on somewhat culture and religion.

Max Rossa · Feb 10, 2014 5:49 PM

MAX Rossa, seems you are serious in social entertainment.

paradox · Feb 10, 2014 7:30 PM

@Paradox, not really. Some concerns and some curiosities.

Max Rossa · Feb 10, 2014 9:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all