लघु कथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शायद मानिसहरुको बृहत भेलानै भन्नु पर्छ ;किनकि लगभग ७०० जनसंख्या भएको गाउँमा करिब ३८० को हाराहारीमा मानिसहरु जम्मा भएका थिए l निकै नै रमाइलो थियो l मानिसहरुमा जति उत्साह , जोश र जाँगर थियो त त्यहीं थियो l खेति-किसानी सबै काम त्यागेर मानिसहरु गाउँमा पहिलो चोटी हुनलागेको नाटक हेर्न आएका थिए l गाउँका केहि सचेत युवाहरु र पढेलेखेका गन्यमान्य मानिसहरुको रोहबरमा र यीनिहरुकै आयोजनामा चेतनामुलक ,समय- सान्दर्बिक र शिक्षामुलक नाटक "अघि बढौं" देखाउन लागिएको थियो l गाउँका केटाहरु रिकुटे, स्याने, ओमे, रिठे अनि केटीहरु प्याउली , फ़ुरेउलि ,जुनकिरी र मीठुको बिशेष अग्र स्थान थियो नाटकमा l नाटकको प्रस्तुति र हाउभाउ हेर्दा ति गाउँले ठिटा-ठिटीहरु, कुनै पनि चलचित्रको अभिनयमा खुंखार गनिएका कलाकार भन्दा कम देखिएका थिएनन् l सबै जना दङ्ग थिए आफ्नै रिठे र प्यौलीहरुको लुप्त प्रतिभा देखेर र बीच -बीच मा मानिसहरु आयोजक कमिटिका मानिसहरुलाई पनि धन्यवाद दिदै थिए l बीच- बिचमा नाटक ब्यबहारिकता, बास्तबिकता , हल्का हासो -ठट्टा, करुणा - दया , माया , इर्ष्या जस्ता भावात्मक अभिव्यक्ति झल्काऊँदै अन्त्यमा जातीय भेदभाव र छुवा-छुत बिरोधि आभाष छाडेर टुन्गिएको थियो l सबैको वा - वा र तालीले गुन्जायमान थियो त्यो माहोल र त्यो रंगमंचको मैदान l नाटकको मुख्य पात्र ओमे गाउँकै पण्डित खान्दानको वडा अध्यक्षको छोरा र मीठु गाउँकै धनि सुनार खान्दनिकी छोरी हुन् l दुवै जनाको कलाकारिता र अभिनयको प्रशम्षा सबै मानिसहरुले गरि रहेका थिएl गाउँ भरि तिनीहरुकै चर्चा चलेको थोयो l, नाटकमा पनि ओमे बाहुनकै छोरा थियो र मीठु तल्लो जातको l आपसी माया , ममता र समजदारीमा बिहे गरे पनि सामाजिक विभेद , जातियता र अराजकता को कारण उनीहरुलाई समाजबाट निकालिएको थियो l नाटकको आशय त्यस्तो गर्नु महा अपराध र जातीयताको आधारमा कोहि पनि ठुलो र सानो हुने भन्ने हुँदैन भन्ने थियो र यसै मर्मिक्तालाई सबैले वा वा र तालीले समर्थन गरेका थिए l त्यसैको एक हप्ता पछि गाउँमा हल्ला सुनियो ओमेले मिठुलाई भगाएर शहर पस्यो अरे ; वडा अध्यक्षले दुवै जनालाई गाउँ पस्न नदिने र कतै भेटिए खुट्टा भाँचिदिने उर्दी जाहेर गरेका छन् रे !!!

Zupiter Brish · Jan 31, 2014 1:24 PM · 6,906 views

1 Reply

राम्रो लाग्यो लघुकथा बृहस्पति जी...... यहाँ अगाडी हुन्छ हुन्छ , हो त नि , तेही त , सहि हो , हामी त गर्दैनम अरुलाइ के गर्ने भन्ने हरु नै पछाडी तेही गर्दिन भनेको कार्य गर्दै हुन्छन .... यस्तै छ यहाँ को चलन .... लेख्दै गर्नुस है .... - थाहा छैन

ThahaChaena · Jan 31, 2014 2:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all