कविता - म एउटा मान्छे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे हजारौं गलतिहरुको सुलमा झुन्डिएको म एउटा मान्छे हजारौं रगतहरुको मुलमा डुबिरहेको म एउटा मान्छे हजारौं सपनाहरुको झुलमा थुनिएको म एउटा मान्छे भुल नै भुलमा डुबेर निसास्सीरहेको म एउटा मान्छे हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे ।। भोगलाई मायाको आवरन ओडाउने म एउटा मान्छे चाहनालाई आवश्यकताको सर्वनाम बनाउने म एउटा मान्छे भावनालाई सपनाको कात्रो ओडाउने म एउटा मान्छे फेरी सपना तेही बेची एक्लै एक्लै आँफै रमाउने म एउटा बहुला मान्छे हजारौं मान्छेहरुको हुलमा हराएको म एउटा अर्को मान्छे ।। - थाहा छैन (एउटा कोशिश न हो.... गलती भए सच्याई पाउँ)

ThahaChaena · Jan 30, 2014 9:48 PM · 16,183 views

4 Replies

यो कविता मन पराउने म एउटा मान्छे

adventurer · Jan 30, 2014 10:06 PM

यो कबिता मन पराउने एउटा अर्को मान्छे | भाव राम्रो, भन्न खोजेको कुरो राम्रो तर काब्य शैलीमा सुधारको गुन्जायस | चार चार लाइन को श्लोक बनाए राम्रो हैन भने गद्य शैलीमा राम्रो | ह्रस्व दीर्घमा पनि ध्यान दिने कि, झन् मिठास दिन्छ त्यसले |

rahulvai · Jan 31, 2014 9:43 AM

यो कबिता मन पराउने म पनि अर्को मान्छे | हुन त कबिता लाइ मन नपराउने को नै होला र, सारै च्वाक नि.....

baaramaase · Jan 31, 2014 9:51 AM

येड्वेनचार जी, ठुल्दाई, बारेदाइ अनि काहिंला दाइ -- कविता पढीदिएको मा धन्यवाद ..... सुझावको लागि हृदये देखि कृतज्ञ छु ठुल्दाई , सपार्ने कोशिरत छु तर पनि खै कता खुस्किन्छ .... तर अझै धेरै मेहेनत बढाउने वाचा गर्छु .... - थाहा छैन

ThahaChaena · Jan 31, 2014 10:06 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all