Nepali Skyscraper worth $13 Million without escalator/elevator

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

९० करोडको मल किन्ने हुति कसैको भएन By Salokya, on January 30th, 2014 माइसंसारका पुराना पाठक हुनुहुन्छ भने पक्कै याद हुनुपर्छ तपाईँलाई, दुई वर्षअघि पुतलिसडकको व्यापारिक भवन स्टार मल लिलामीमा राखिएको बारे ब्लग। एक अर्बभन्दा बढी मूल्याङ्कन गरिएको यो भव्य मल किन्ने हुति अहिलेसम्म कुनै धनवान व्यक्ति वा समूहको भएनछ। लिलामको बोलपत्र हाल्न मिल्ने म्याद थपाथप गर्दागर्दै दुई वर्षपछि आज फेरि बेच्नु पर्‍यो, लौ न किन्न आऊ भन्दै विज्ञापन पत्रिकामा छापिएको छ। आज पत्रिकामा छापिएको विज्ञापन। यसमा मूल्य तोकिएको छैन। मनासिब मूल्य आए बेच्ने भनिएको छ। ३५ करोड ऋण तिर्न नसक्दा… आजभोलि काठमाडौँमा ‘मल’हरु बनाउने होडबाजी छ। तर गतिलो व्यवस्थापन गर्न नसके कस्तो स्थिति निम्तिन सक्छ, यो भवनको नियतिले देखाउँछ। यो भवनको नाम स्टार मल हो। मालिक स्टार होल्डिङ्ग्स कम्पनी। कम्पनीका अध्यक्ष योगेन्द्र श्रेष्ठ। यो भवन बनाउन योगेन्द्र श्रेष्ठले ग्लोबल बैंक र सिद्धार्थ बैंकबाट ऋण लिएका थिए। यी दुई बैंकलाई गरी ३५ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ। योगेन्द्र नेपाल शेयर मार्केट्स (एनएसएम) फाइनान्स लिमिटेडका पनि कार्यकारी अध्यक्ष हुन्। उनी अहिले थुनामा छन्। ठूलै आर्थिक मुद्दा लागेको छ उनीमाथि। नेपाल राष्ट्र बैंकले गरेको बित्तीय अनुगमनमा उनले आफ्नो फाइनान्समा पैसा जम्मा गर्ने संस्थापक निक्षेपकर्ताको रकम खातामा नदेखाई व्यक्तिगतरुपमा लगानी गरेको भेटिएको थियो। त्यसपछि राष्ट्र बैँकले उनलाई पक्राउ गर्न प्रहरीलाई भन्यो। तर उनी फरार भए। वैशाखमा फरार उनी असोजमा बल्ल धनगढीमा पक्राउ परे। १ अर्ब ९९ करोड रुपैयाँ अपचलन गरेको आरोप छ उनीमाथि। सीआइबी र नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्फरमेसन युनिटको अनुसन्धानमा उनले स्टार मल, स्टार हाउजिङ, नेको इन्स्योरेन्स, स्टार सहकारी, हिमाल हाइड्रो र नारायणी नेसनल फाइनान्समा लगानी गरेको देखिएको छ। एक वर्षअघि म्याद थपको सूचना पत्रिकामा। करोड उठाउन अर्बको लिलामी? यो भवन बनाउन ग्लोबल र सिद्धार्थ गरी दुई बैँकको सांवा ३२ करोड ७५ लाख तथा व्याज वापत २ करोड ६३ लाख गरी जम्मा ३५ करोड ३८ लाख रुपियाँ तिर्न बाँकी थियो। यो पैसा उठाउन ती दुई बैँकले धितोको रुपमा रहेको यही भवन लिलाम गर्ने सूचना पत्रिकामा छपायो। यसले अर्को विवाद ल्यायो। पुतलिसडक जस्तो व्यस्त ठाउँको ३ रोपनी भन्दा बढी जग्गा ओगटेको एक अर्बभन्दा बढी मूल्य पर्ने भवन ३५ करोड असुली गर्न लिलाम गर्ने ? लिलाम गर्दा कम पैसा उठ्ला बरु म आफैले बेच्न पाए धेरै पैसा आउँथ्यो भनेर नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडले अनुरोध गर्‍यो। राष्ट्र बैँकले हस्तक्षेप गर्‍यो। नेपाल राष्ट्र बैंकको रोहबरमा सम्झौता भयो। सम्झौता अनुसार सेयर मार्केटसले यो भवन आफै बढी मूल्यमा बेची त्यसको पैसाले ती बैँकको ऋण पनि तिर्ने अनि सेयर मार्केट्स फाइनान्समा पैसा जम्मा गर्ने अरुको पैसा पनि भुक्तानी गर्ने भयो। सम्झौतामा गत वर्षको पुस मसान्तभित्र यो भवन बेची ती बैँकहरुको बाँकी सांवा तथा व्याज भुक्तानी दिने मन्जुरी थियो। कति हो मूल्य ? नेपाल राष्ट्र बैँकले यसको मूल्याङ्कन १ अर्ब ३० करोड गरेको छ। त्यत्रो अर्ब रकम त कसले तिर्ने ? त्यसैले कम्पनीले ९० करोड रुपियाँमात्रै आए पनि बेच्न तयार देखिएको थियो। नागरिक लगानी कोषले यो मल किन्ने रुचि देखाएको थियो। तर ऊ पनि त्यति धेरै रकम खर्चन तयार छैन। ९० करोड मूल्य राखेको यत्रो समय भइसक्दा पनि कसैले किन्न नआएकोले अब त्योभन्दा कम मूल्यमा दिने अनुमान गर्न सकिन्छ। विज्ञापनमा मनासिब मूल्य मात्रै भनिएको छ। तर किन्ने कसले ? दुई वर्ष भइसक्यो बेच्न खोजेको, किन्ने ग्राहक भेटिएको छैन। अहिले यसै पनि घरजग्गाको कारोबारमा सुख्खा लागेको छ। त्यसैले मल किन्ने साहस कसैले देखाउन सकेका छैनन्। कुमारी हलतिर जाने बाटोबाहिर पुतलिसडक मेनरोडमा रहेको यो भव्य मल नयाँ मालिकको खोजीमा त्यसरी नै कुरिरहेको छ, जसरी प्रधानमन्त्री कार्यालयको कुर्सीले नयाँ प्रधानमन्त्री खोजिरहेको छ। देशमा बरु दुई जना प्रधानमन्त्री फेरिइसके, यसको मालिक फेर्न सकिएको छैन।

itroll · Jan 30, 2014 7:45 PM · 9,273 views

2 Replies

Where the fuck did u see without escalator or elevator. Negative minded fucking moron.

harayoharayo · Jan 31, 2014 8:54 AM

Your mother told me you donkey f uc k

itroll · Jan 31, 2014 5:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all