खरेलको खबरले अमेरिकामा नेपाली समुदाय खुशी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खरेलको खबरले अमेरिकामा नेपाली समुदाय खुशी माघ १४ ,भर्जिनिया ,अमेरिका विजय थापा अमेरिका ,नेपाल प्रहरीका ईमान्दार राष्ट्र सेवक वरिष्ठ प्रहरी उपरीक्षक रमेश खरेल काठमाडौँ प्रहरी प्रमुखमा पुन ल्याईए पछि अमेरिकामा रहेका नेपाली समुदायले खुशी व्यक्त गरेका छन् l गत बर्ष वाशिंगटन डिसी महानगर क्षेत्रमा अमेरिकाको हवाईमा सी एस आर टि तालिमको शिलशिलामा केहि राज्यहरुको निजि भ्रमणमा रहेका खरेलसंग डिसीबासी नेपाली समुदायले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्न भ्याएको थियो l उक्त भेटघाट कार्यक्रममा डिसी महानगर बासीहरुको तर्फबाट खरेलले गरेको उल्लेखनीय र प्रशंसनीय कार्यको उच्च मुल्यांकन गर्दै खरेललाई भब्य सम्मान र स्वागत गरिएको थियो l बिशेष अतिथिको तर्फबाट मन्तब्य व्यक्त गर्दै डिसी बासीले अवसर दिएकोमा कृतज्ञता ज्ञापन गर्दै आफुले कुनै नौलो काम नगरेको ,अपराधिक क्रियाकलावमा संलग्न अपराधी ,गुन्डागर्दी ,तस्कर आदि ईत्यादीको लागि आफुले सिर्फ कानुनको दयारा भित्र रही कदम चालेको भन्दै आफुलाई दिएको जिम्मबारलाई ईमान्दारिताको साथ पालना गरेको बताएका थिए । खरेलले यो मेरो धर्म हो भन्दै सेतो तस्करले मुलकमा ठुलो जालो फिजाएको र त्यसलाई तोड्न निक्कै समय लाग्ने भन्दै बिदेशमा बस्ने सबै नेपालीहरुलाई नेपाल हामी सबैको हो भन्दै देश बिकासको लागि स्वदेश फर्कन समेत आग्रह गरेका थिए l खरेलका यी कुरा सुने देखि डिसी बासीहरु मुक्त कण्ठले उनको प्रसंशक भएका थिए l उनि फेरी काठमाडौँ प्रहरी प्रमुखमा सरुवा भएको समाचारले अमेरिकामा रहेका नेपाली समुदायमा आशाको किरण पलाएको र उनिबाट निक्कै अपेक्षा गरेका छन l

mahoday · Jan 28, 2014 7:06 PM · 2,744 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all