Passport renewal - My experience (sort of)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राहुल्दाइ कै अनुभव तथा अरु साथी-संगिनीहरुक अनुभव बाट प्रोत्साहित भएर आज बिहान म पनि लाइन लाग्न पुग्या थिएँ, भू पु राजदरबार! हुन त मेरो पासपोर्ट अमेरिका मै रीन्यु गरिसक्या हो तैपनि मेरो मामाको छोराको पासपोर्टको लागि म पनि जाउँ न त भनेर गएको थिएँ! निबेदन बुझाउन ६ बजे गेट खोल्ने रैछन, हामि ४ बजे उठेर, सानो मुवाको घर (पानिपोखरी) बाट मर्निङ्ग वाक भन्दै ३० मिनेट भित्रै त्यहाँ पुग्यौं! ४:३० मा त्यहाँ पुग्दा त कत्रो ठुलो भिड - जेरी सवारी र लड्डु सित्तैमा वितरण हुने भएकोले लाइन बस्या जस्तै! हामी अगाडी नै २५० जना जस्तो थिए होलान! दुवैजना लाइन बस्दा त उकुस मुकुस अनि दुर्गन्धले (नजिकै को सौचालय को पावरफुल गन्ध अनि लाइन लाग्ने २-३ जना ननुहाउने तोरीलाउरेहरु को गन्ध को मिश्रण, अब आफै अनुमान लगाउँ) झन्डै ढल्या म त, एकछिन पछि अर्को तोरी ले चुरोट सल्काउन थालिरा, धन्न एउटा पुलिसले देख्यो अनि निबौना लगायो! भिड फेरी कस्तो ठुलो नि! कस्सो महिलाहरु लाइ चाहिं राम्रै सहुलियत रैछ! जिन्दगि मा मैले कसैले मैथिली बोल्या तेतिबेलै सुन्या फेरी! ठ्याक्कै हामि अगाडी लाइन लागेर बस्या तोरी! १०-१५ दिन भइसक्या थियो होला, ननुहाएको मोराले! कतार जाने धेरै रैछन, अनि मलेशिया! हिजो भर्खर ङ्ग्लिश पत्रिका गार्डियन म १९० भन्दा धेरै युवा ले ज्यान गुमाएको समाचार याद आएर मन खिन्न भयो! ६ बजे पछि गेट खोल्यो एउटा पुलिसले अनि लाइन सरा सर् अगाडी बढ्यो! हामि गेटनजिक पुग्या त, पुलिसले मलाई मेरो निबेदन नभए मिल्दैन भनेर छिर्नैनदिएर आफु बाहिरै! अनि के गर्ने के भयो, बाटोमा के िङ्ग उबियेर चिया खानु भन्दै, ठमेल मा कफी शप जाने भन्दै हान्कियें! हीमालयन जाभा खोल्या रैनच, फायर एण्ड आइस पनि बन्द रे! तेसो त ६:१५ म के खुल्थियो र कफी शप! अनि फेरी दरबार फिर्ता गएर गेट मै कुरौं भनेर गएको त, बल्ल पो तमासा देखियो त! पैलाको गेट नजिकै के पुग्या त, छिर्ने बित्तिकै मान्छेहरु त हुरुरुर दौडिनेपोरैछन , अर्को भवन (कुपन बाँध्ने ठाउँ) पुग्नु अगाडी! सब लाइन मै बसेर सुरु सुरु हिनेर गए के बिग्रिन्थियो होला! अनि कजन पनि तेस्तै गरि दौडियो होला भन्ने सोचेर म त मुर्छा पर्ने गरि हास्य हान्स्यै! अझ आफ्नो त घुंडा म चोट लाग्या छ! येदि मलाई छिर्नदया भए, म के गर्थें होला जस्तो पनि लाग्यो! त्यो पश्चात चाहिं के गर्ने के भयो, अनि कजन लाइ चल गरेर म चाहिं सानोमुवा को मै फिर्ता गएँ! दिउँसो बार बजे कजन आएपछि फेरी मरी मरी हाँस्दै सोधें, तिमि पनि गेट छिर्ना साथै दौड्य हो भनेर, "हैन, म त आफ्नैपाराले हिड्दै गएँ" रे! आफु पछाडी को धेरै जना दौडिए पनि आफु चाहिं लाज लागेर हिड्दै गएको भएर पो २५० जति हुनु पर्ने कुपन नम्बर, ५२७ पुग्या रैछ उसको! तर जे भएपनि अबिस्मरनिय रह्यो त्यो अनुभव! उसको पासपोर्ट बनेपछि १० दिन पछि लिन फेरी लाइन चाहिं बस्या बस्यै हो! े

riddle · Jan 28, 2014 9:49 AM · 3,073 views

2 Replies

रिडल ब्रो, नेपाल को संस्मरण लेखम न ...... तिमि नि मज्जाले लेख्दो रैछौ त ..... ल ल लेखम .... ठुल्दाई को नजर र तिम्रो नजर बाट एउतै काठमान्डू भिन्न भिन्न देखिन्छ कि..... लेखम न साथी..... थाहा छैन (थाने)

ThahaChaena · Jan 28, 2014 11:46 AM

कुरा सहि हो! मैले पनि मेरो २ महिना को अनुभव प्रस्तुत गर्ने विचार गर्या छु! तर म खासै कतै गएकै छैन! हेरौं....

riddle · Jan 28, 2014 6:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all