डिसीमा अमेरिकन सभासदहरुले नेपाल र नेपालीलाई दिएको संदेश माघ ३ ,भर्जिनिया विजय थापा ,भिजन फर नेपाल प्रतिष्ठानले नेपालको संघियता सम्बन्धि नागरिक सर्वेक्षण गर्ने उदेश्य अनुरुप डिसी महानगर क्षेत्रमा नेपालका मित्रहरु अमेरिकन सभासदहरु समेतलाई सहभागी गराई अनुदान वृद्धि कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ l प्रमुख अतिथि तथा कांग्रेसनल नेपाल ककसका सह -अधक्ष्य जेरी पोलिसले भिजन फर नेपाल प्रतिष्ठानले संघियता सम्बन्धमा गर्न खोजेको कदमको सरहना गर्दै आफु अत्यन्तै उत्साही भएको बताए l अगाडी पोलिसले भने अमेरिका नेपालमा स्थायित्व र प्रजातान्त्रिक नेपाल हेर्न चाहेको बताउदै अमेरिकनहरुको नेपाल भ्रमणले दुवै देशको सांस्कृतिक आदान प्रदान हुने बताए l र आफु नेपाल ककसको सह-अधक्ष्य भएको नाताले आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने र नेपाल र अमेरिका बीच प्रगाढ सम्बन्ध हुदै जानेछ भने र जेरी पोलिस अमेरिकाका कोलोराडोका सभासद हुन l उक्त अनुदान संकलन तथा प्रितिभोज कार्यक्रममा डेमोक्राटिक दल भर्जिनिया जिल्ला ११ का अमेरिकन सभासद जेरी कोनोलिले भिजन फर नेपाल फ़ाउन डेसनले गरेको अभियानलाई जोरदार पूर्ण समर्थन छ भन्दै यो क्षेत्रमा एसियाली मुलुकमा जन्मिएका कूल जनसंख्या मध्ये करिब ८० हजार एसियाली मानिस आफ्नो मात्री भाषा बोल्दछन भने र यहिँ बिबिधताको कारण हाम्रो क्षेत्रको शैक्षिक तथा आर्थिक उन्नतिमा सहयोग हुने बताए l सभासद जेरीले थप जानकारी गराउदै भर्खर संबिधान सभाको निर्वाचन समाप्त भएको छ l स्थिर राजनैतिक प्राप्त गर्न सम्पूर्णको आवाज साझेदार रुपमा सुन्नै पर्छ र अब बन्ने संबिधानले यसलाई सम्बोधन गर्ने छ भने छ भन्ने कुरामा आफु विश्वस्त रहेको बताएका छन् l उनको संदेश उनका आउटरिच निर्देशक माइक कोलिंसले उनको संदेश पढेर सुनाएका थिए l अमेरिकाका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले यस्तो सर्वेक्षण पहिला नै भइ सकेको तर प्रभावकारी हुन नसकेको बताउदै भिजन फर नेपाल प्रतिष्ठानले गरेको यो कार्यको लागि शिप चाहिने र संबेदनशिल भएकोले गंभिरता पूर्वक ध्यान दिनु पर्ने बताए l प्रतिष्ठानका अधक्ष्य कृष्ण शर्माले भने 'दुवै संबिधान सभाको निर्वाचनमा दलहरुले जनताको अभिमत र भावना बुझ्न प्रयास गरेनन l र नया सर्वेक्षणले मुलुकको संबिधान निर्माणका क्रममा यस बिषयले जनताको अभिमत आओस भन्ने मुख्य अभिप्राय रहेको बताए l राज्य संरचना र संघियताका बारेमा हुने उक्त सर्वेक्षणले यस बिषयलाई टुङ्गो लाग्नका लागि सहजीकरण हुने बताउदै सहयोगको अपेक्षा गरेको बताए l कार्यक्रम संचालन दीपा श्रेष्ठले गर्दै संस्थाको छोटो परिचयको साथै उदेश्य बारेमा प्रकाश परेकी थिइन भने अतिथिहरुलाई संस्थाका उपाधक्ष्य अरुण भट्टराईले स्वागत गरेका थिए l
mahoday · Jan 18, 2014 8:58 PM · 3,309 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion