एउटा बिषय जुन समाचारको सामाग्री मात्र बन्यो; चासो-चिन्ता, अध्ययन-अनुसन्धान र चेतनाको सामाग्री कहिले बन्न सकेन !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजै मात्र एउटा समाचार पढे, ' अर्घाखाँचीको नरपानी गाविसमा घर पोत्ने रातो माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरेर दुईको मृत्‍यु भयो र एकलाई सकुशल उद्दार गरियो ।' यस्तो समाचार मैले खबर पत्रिकाहरु पढ्न जान्ने भएदेखि लगातार पढ्दै आएको छु । कही माटो खन्दै गर्दा माथिबाट माटोको ढिस्को बगेर माटो खन्न गएकालाई पुर्छ त कही माटो खन्दा खन्दै भित्रसम्म पसेको सुरुङ माटो खन्न गएकाहरुमाथि नै भासिन्छ । यसरी माटो खन्दा पुरिनेहरु प्राय: महिलाहरु नै हुन्छन् । गाउँघरमा घर लिप्ने, पोत्ने र यसको लागि चाहिने माटो खनेर ल्याउने जिम्मा महिलाहरुकै हुन्छ । कतिपय अवस्थामा त भर्खर स्कूल जाने उमेरका साना बालिकाहरु पनि यस्तो दुर्घटनामा पर्छन् । कतिपय ठाउँमा आमासँगै गएका छोरीहरु पनि पर्छन् । उद्दारकर्मीहरुले माटो हटाउने क्रममा एक ठाउँमा आमा छोरीको लाश यस्तो अवस्थामा फेला पारे जसमा आमाले छोरीलाई आफ्नो अँगालोले छोपेर बचाउन खोजेकी थिइन । सम्झदा पनि अत्यास लाग्छ, कति निस्सासिए होलान् उनीहरु ? कति आत्तिए होलान् ? यस बिषयमा जहिले पनि समाचार बन्छ । तर यस्तो दु:खद घटनालाई फेरि हुन नदिन के गर्नुपर्छ भने सम्बन्धमा कुनै अध्ययन-अनुसन्धान र चेतनाको कार्यक्रम बन्दैन । हाम्रा भूगर्भविदहरुको, समाजशास्त्रीहरुको, अथवा ज-जसले यो बिषयमा केही गर्न सक्छन्, उनीहरुको यसमा ध्यान किन नगएको होला ? हामी नेपालमा जानसक्ने भूकम्प र भूकम्पीय खतरामाथि व्यापक अनुसन्धान र बहस गरिरहेका हुन्छौ, अस्ति भर्खर पोखराको अर्मलामा सिंकहोलहरु बन्दा व्यापक चासो र चर्चाको बिषय बन्यो, तर हप्तैपिच्छे जसो समाचारमा आइरहने र हजारौको ज्यान लिइसकेको यो दुर्घटनाको बिषयमा भने कतै चासो र चिन्ता नदेख्दा आश्चर्य लाग्छ । सोच्छु, सानै स्तरमा भए पनि 'यसरी रातो माटो खन्दै जादा माटोको ढिस्को खसेर आँफैलाई पुर्नसक्छ' भन्ने चेतना गाउँघरका ती महिलाहरु माझ फैलाउने एउटा कार्यक्रम संचालन गर्न पाएहुन्थ्यो, तर फेरि धेरै जसो मान्छेहरु पद, पैसा र नामको पछाडि भागेको देख्दा विदेशमा बसेर चाहेर पनि मैले के नै गर्नसक्छु र जस्तो लाग्छ ।

Geology Tiger · Jan 17, 2014 6:08 PM · 13,052 views

4 Replies

बिदेशमा बस्नेहरुले बढीनैं राष्ट्रियता खोक्नु परेको छ l आफुहरुले के - के नै गर्छौं झैँ नेताहरुलाई टोक्नु परेको छ l आफ्नै स्वार्थ पुरा गर्न त बिदेशिएका हौ नि साथी, सुहाऊँदैन तिम्रो रुप , इमान्दार राष्ट्रभक्तहरु भन्दा माथी l यस्ता -यस्ता हर्कतले मेरो छाती पोल्न थालेको छ , (त्यसैले जानी नजानी भए पनि केहि बोल्नु परेको छ

itroll · Jan 17, 2014 6:34 PM

बिदेशमा बस्नेहरुले बढीनैं राष्ट्रियता खोक्नु परेको छ l आफुहरुले के - के नै गर्छौं झैँ नेताहरुलाई टोक्नु परेको छ l आफ्नै स्वार्थ पुरा गर्न त बिदेशिएका हौ नि साथी, सुहाऊँदैन तिम्रो रुप , इमान्दार राष्ट्रभक्तहरु भन्दा माथी l

itroll · Jan 18, 2014 10:42 AM

ohoo...yesto ni huncha hai!

Hi_par · Jan 14, 2016 1:45 PM

यो रातो माटो लिन जाने चलन सार्है खतरनाक छ | बिसेस गरेर traditional non -concrete housing system मा रातो माटो को एकदम महत्तो छ | I hope those days will be gone soon.

dream_big · Jan 14, 2016 5:29 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all