पृथ्वीनारायणको पहिचान-बुद्धिनारायण श्रेष्ठ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Hi, I am looking for a college/university for masters in biotechnology/biology. If you guys know any cheaper universities or the ones that provides financial aid please let me know. Thanks.

gsubas · Jan 10, 2014 1:30 PM · 5,952 views

2 Replies

Hi, I am looking for a college/university for masters in biotechnology/biology. If you guys know any cheaper universities or the ones that provides financial aid please let me know. Thanks.

gsubas · Jan 10, 2014 1:32 PM

पृथ्वीनारायणको पहिचान बिहीबार २५ पुष, २०७० बुद्धिनारायण श्रेष्ठ समाजमा रहेका नागरिक र देशका प्रशासकको पनि बहुपहिचान हुन्छ। उनीहरुले समाज तथा राष्ट्रका लागि गरेको योगदान अलग–अलग पहिचानका रूपमा हेर्ने गरिन्छ। यस मानेमा पृथ्वीनारायण शाहको पनि बहुपहिचान रहेको पाइन्छ। विभिन्न राज्य–रजौटा, भुरे–टाकुरे, स–साना आकारमा छरिएर रहेका हिमाली राज्यहरूलाई एकीकरणको सूत्रमा बाँधी एउटा बलियो हिमाली राष्ट्र खडा गर्ने अभियन्ताका रूपमा पृथ्वीनारायण शाहको पहिचान छ। नेपालको सिमाना व्यापक र सुदृढ बनाउने चाहना राख्ने चिन्तकका रूपमा उनको अर्काे प्रकारको पहिचान पाइन्छ। कतिपयले उनलाई राजाका रूपमा हेर्ने गरेका छन् तर उनको क्रियाकलाप अध्ययन गर्दा नेपाल राष्ट्र निर्माता, राष्ट्राध्यक्ष, राष्ट्रप्रेमीको पहिचानसमेत छ भन्नुपर्ने हुन्छ। अन्य कुनैले उनी एकीकरणवादी होइनन् तर राज्य विस्तारवादीका रूपमा रहेको पनि पहिचान गर्छन्। कसैकसैले उनलाई क्रूर शासक र कीर्तिपुरेको धार्नीका धार्नी नाक काट्ने व्यक्ति पनि भन्छन्। यसबाट समाजमा रहेका विभिन्न व्यक्तिको आ–आफ्नै कोणद्वारा उनको पहिचान गरिएको छ भन्न सकिन्छ। यी कुरा आफ्नै ठाउँमा छन् तापनि आफ्नो देहावसान हुनुअगाडि पृथ्वीनारायणले दिएको सन्देश र अभिव्यक्त गरेका दिव्यदृष्टिलाई मनन् गर्दा उनलाई उपदेशकर्ताका रूपमा पनि लिन सकिन्छ। त्यस्ता समयसापेक्ष उक्ति उपदेशमध्ये खासगरी आर्थिक र कूटनीतिक रणनीतिका केही प्रसङ्ग यहाँ उल्लेख गर्न खोजिएको छ। आर्थिक रणनीति 'देस (विदेश) का कपरा लगाउन मन्हाई गरिदिनु, आफ्ना देसका कपरा बन्न ज्यान्नालाई नमना देखाई बन्न लाउनु' भन्ने पृथ्वीनारायणको विचारोक्तिलाई बिर्सेर सरकारले हेटौंडा कपडा कारखाना तथा ज्योति स्पिनिङ मिलजस्ता कलकारखाना बन्द हुन बाध्य तुल्यायो। यो उक्तिको मनसाय देशभित्रै कलकारखानाको विकास गर्नु हो भन्ने बु‰न सकिन्छ। तर सरकारले भएका कलकारखाना बन्द गर्दै त्यहाँका मेसिनरी पार्टपुर्जा कौडीको मोलमा लिलाम गर्‍यो। उदहरणार्थ, बाँसबारी छालाजुत्ता कारखानाको लिलामी मिसिनले अहिल्यै पनि भारतको गोरखपुरमा जुत्ता उत्पादन गरिरहेकै छ। 'देशको जिनिस्, जरिबुटी विदेश पठाउनु र नगद खैंचनु' भन्ने उक्ति भए तापनि नेपालमा भएको १० हजार १ सय ६७ प्रकारको वनस्पति, सुगन्धित बिरुवापात र जडीबुटी परदेशी आएर संकलन गरी नाममात्रको निर्यात शुल्क तिरी असीमित परिमाणमा लैजान्छन्। नेपालीले नै संकलन गरी प्रतिस्पर्धात्मक मूल्यमा विभिन्न देशमा निकासी गरिने व्यवस्था भए नेपालको आर्थिक हैंसियत केही भए पनि बढ्ने थियो। 'खानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पनि खानी चलाउनु' भन्ने उक्ति सम्बन्धमा यसको उल्टो रितले कार्यान्वयन गर्ने गरेको पाइन्छ। उदहारणार्थ, गत वर्ष नेपाल सरकारबाट अनुमति लिएर चिनियाँ कम्पनीले प्युठान र रोल्पाको सिमानामा पर्ने माडीखोलाको किमिचौर बगरमा सुनखानी खोजी कार्य सुरु गर्दा नगर्दै त्यहाँ अस्थायी टहरा बनाई बस्ती बस्न सुरु भइहाल्यो। 'पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अरु जगामा सारिकन पानी चलाउनु, गर्‍हो बन्या जगामा घर भया पनि घर अरु जगामा सारी कुलो काटी खेत बनाई अवाद् गर्नु' भन्ने पृथ्वीनारायणको विचारोक्ति हँुदाहुँदै पनि काठमाडौं महानगरभित्रका साबिक राजकुलोको नाम–निशान मेटिएको छ। धोबीखोला, टुकुचा जस्ता खोलाको अस्तित्व लोप हुनेगरी बस्तीले ढाकिसकिएको छ। उनको उक्तिलाई मार्गदर्शनका रूपमा लिइएको भए आज ट्राफिक जाम हटाउन सडक चौडा गर्ने क्रममा सर्वसाधारणको अर्बौ रुपियाँ बेकार खर्च हुने थिएन। नदीका डोलक्षेत्र हराभरा भएर सागसब्जी र खाद्यान्न प्रशस्त उत्पादन भई प्राकृतिक वातावरण पनि सन्तुलनमा रहने थियो। तथापि पृथ्वीनारायणकै उक्तिलाई सम्झना गरेर होला हाल सरकारले भू–उपयोग योजना लागु गर्न लागेको छ, जसमा कि कृषियोग्य वर्गीकरणमा परेका जमिनमा आवास तथा अन्य प्रयोजनका लागि उपयोग गर्न बन्देज लगाइने भएको छ। जनता आर्थिकरूपमा सम्पन्न भए उनीहरूले सरकारलाई प्रशस्त राजस्व बुझाउँछन् र सरकार बलियो हुनसक्छ भन्ने हो। जनता समृद्ध भए सरकार सुदृढ हुन्छ, विदेशीको भर पर्नुपर्दैन तर सरकारले देशभित्रै कलकारखानाको प्रबन्ध गरी श्रम तथा रोजगारी सिर्जना गर्न नसकेकाले जनता आर्थिक मामिलामा पिल्सिएका छन्। सरकारको आर्थिक तथा उद्योगधन्दा नीति कमजोर रहेका कारण २०७० मंसिर महिनामा मात्रै ३९ हजार नेपाली श्रम बेच्न विदेश हान्निए। नेपाली युवायुवतीले विदेशमा श्रम गरेर रेमिटेन्स नपठाएको भए अहिलेसम्ममा नेपाली बजारमा नगद चल्तीफिर्तीमा हाहाकार भइसक्ने थियो होला। कूटनीति भारतमा शासन गरिरहेका अंग्रेजको पञ्जाबाट नेपाललाई जोगाउन पृथ्वीनारायणले अनेक रणनीति र कूटनीति अवलम्वन गर्ने सिलसिलामा भनेका थिए– 'यो राजे दुई ढंुगाको तरुल जस्तो रहेछ, चीन वादशाहसित ठूलो घाहा (मित्रता) राषनु, दषिनको समुद्रका बादशाहसित घाहा ता राषनु, तर त्यो महाचतुर छ' भन्ने उक्तिलाई देशको बागडोर सञ्चालनका लागि मार्मिक दृष्टान्तका रूपमा लिन सकिन्छ। हुन पनि हो, भारत या चीनमध्ये कुनै एकलाई नेपालले चिढाउने काम गर्‍यो भने नेपाल चिरिप्प नभए पनि हानि भने पुग्न सक्ने सम्भावना छ। त्यसैले नेपाल छुरीको धारमाथि हिँड्नुपरेको छ। चतुरोको फन्दामा परेर नेपाल छुरीको बीच धारबाट दक्षिणतर्फ चिप्लियो भने दक्षिणको चतुरोले नेपाललाई खेलाई–खेलाई आफ्नो बसमा पार्नसक्छ। दक्षिणतर्फको मित्र चतुर छ भन्ने दृष्टान्त अन्य कुराबाट पनि अनुभव गर्न सकिन्छ। नेपालमा प्रत्येक नयाँ प्रधान मन्त्री हुनेबित्तिकै 'रेड कार्पेट' ओछ्याएर स्वागत गर्न तातो निमन्त्रणा पठाइहाल्छ। हाम्रा सरकार प्रमुख पनि लुरुलुरु गइहाल्छन्। आफू भने १६ वर्षदेखि नेपाल आएका छैनन्। मित्रता भनेको त लगभग 'रिसिप्रोसिटी' का आधारमा सुदृढ हुने होइन र! उनीहरूको ध्येय होला, हामी बोलाउँछांै उनीहरू आइहाल्छन्। यहीँ हामी उनीहरूको कुरा सुनिहाल्छौं, जे सूत्र भन्नुपर्ने हो, उनीहरूलाई भनिहाल्छौं। अनि बेकारमा धाइधाइ नेपाल जान किन आवश्यक पर्‍यो र! सायद हाम्रा नेताहरुले पृथ्वी विचार बिर्सेर हो कि आफूमात्रै धाइरहेछन्। उत्तरको मित्र पनि कम छैन। चीन–नेपाल सीमा–नाकाबाट रात–बेरात नेपाल छिरेका तिब्बतीलाई हिरासतमा लिएर चिनियाँ राजदूतावासलाई बुझाऊ, होइन भने उनीहरू जताबाट आएका हुन्, उतै फिर्ता पठाऊ भनेर दबाब दिने गरेको छ, चीनले। चीन भन्छ– 'यस्ता तिब्बती शरणार्थी होइनन्।' यसबाट नेपाल फसादमा परेको छ। वास्तवमा अनियमित तरिकाले नेपालतर्फ घुस्ने तिब्बतीबारे चीनको आफ्नै कमजोरी छ, जुन उसले आजसम्म महसुस गरेको छैन तर नेपाललाई बोझ पारेको छ। तिब्बतीहरू नेपालतर्फ पस्न खोज्ने त चिनियाँ सीमा–नाकाबाटै हो। चीनले नेपाल छिर्ने नाकामा गतिलो ध्यान पुर्‍याएर तिब्बतीलाई त्यतै रोक्न किन सकेको छैन? चीनबाट उम्केपछि मात्रै उनीहरू नेपाल पस्ने हुन्। अर्कोतर्फ मौन चालमा नेपालको दक्षिणी भेगको आर्थिक विकास परियोजनामा चिनियाँ परामर्शदाता तथा कामदार संलग्न गराई भारतको कमजोरी बुझ्ने कार्यमा चीन विस्तारै अघि बढ्दै गरेको कुरालाई भारतले सुक्ष्म दृष्टिले हेर्ने गरेको छ। त्यसैले पृथ्वीनारायण शाहलाई नेपालले दुई ढुंगामध्ये एक ढुंगाले नकिचिने र दुईमध्ये एकमा नलहसिने रणनीति बनाउने व्यक्तिका रूपमा पनि पहिचान गर्न सकिन्छ। यिनै परिप्रेक्षमा पृथ्वीनारायण शाहको दिव्यविचारलाई राष्ट्रवादको जगका रूपमा लिनु सान्दर्भिक हुन्छ। उनको चिन्तनका अवधारणा राष्ट्रिय नीतिको आत्मास्वरूप रहेको मान्नुपर्छ। उनले कतिपय नराम्रा कार्य पनि गरेका होलान्। उनको केही नकारात्मक पक्ष पनि होलान्। आखिर उनी पनि मानिस थिए। बत्तीसै लक्षणले युक्त सर्वगुण सम्पन्न प्राणी यस संसारमा हुँदैनन् तर अधिकांश क्रियाकलाप राम्रो गर्ने व्यक्तिलाई राम्रै दर्जाको मान्नुपर्छ। यसैले पृथ्वीनारायण शाहमा उनले प्रतिपादन गरेको कूटनीति र आर्थिक रणनीतिको प्रसङ्गमा नेपालको अस्तित्व, पहिचान र सामर्थ्यलाई एक सूत्रमा बाँध्न योगदान पुर्‍याएको व्यक्तिको पहिचान रहेको मान्न सकिन्छ। हामीले उनलाई शाहवंशीय राजाहरुको पितापुर्खाका हैसियतमा होइन, नेपाल राष्ट्रको निर्माता, हिमाली राज्य एकीकरणका अभियन्ताका प्रतीकका रूपमा पहिचान गर्नुपर्छ। नेपाललाई कसरी अखण्ड राख्नुपर्छ र हाम्रो स्वाधीनता एवं स्वतन्त्रता कसरी बचाइराख्नुपर्छ भन्नेबारे सरकारी नीति निर्माताले पृथ्वीनारायण शाहको दिव्यविचार कार्यान्वयनमा ल्याउनुपर्छ। - See more at: http://www.nagariknews.com/opi...

_____ · Jan 10, 2014 1:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all