'पाले पुण्य मारे पाप' भन्दै हिन्दू संस्कारअनुसार अग्नीलाई साक्षी राखेर सात फेरा लगाएर आफ्नी जवान छोरी बाबुआमाले ज्वाइँलाई जिम्मा लगाइएकी एक चेलीको दारुणिक कथा । कथा व्यक्तिगत भनौं भने घरको चौघेराभित्र मात्र सीमित छैन । न त नेपालको सीमारेखामा नै सीमित छ । सार्वजनिक भनौं भने पूर्णरुपमा अमेरिकी प्रवासी नेपाली समाजको दृष्टि परेको छैन । देशदेखि परदेशसम्म हिन्दू नारीहरुको महान् चाड तीजले हरेक नेपाली नारीलाई ढपक्क छोपिरहँदा तिनैमध्येकी एक नारी प्रवासी भूमिमा अलपत्र अवस्थामा छिन् । व्यस्त न्यूयोर्क शहरको कुइन्सस्थित विभिन्न पार्कहरुमा कुर्सीमा दिनभरि असरल्ल सुतिरहेकी हुन्छिन् उनी । कतिपय बिरानाहरुले दुव्र्यवहार गर्न आउँछन् भने कतिपयले कठै भनेर एक आना दुआनाका सिक्काहरु हु-याइदिन्छन् । ३०-३१ को जवानी एकातिर छ भने अर्कोतर्फ मानसिक असन्तुलनको रोगले दिनदिनै आक्रान्त पार्दैछ उनलाई । कठै भन्दै सम्झाएर न ओखती खुवाउने कोही छन् रु न माया–ममता दिने आफन्त नै कोही छन् र? अछाम जन्मघर भएकी उनी धनगढीको एउटा परिवारमा बुहारीको रुपमा हाँसीखुसी भित्रिएकी थिइन् । ७ वर्षअगाडि सर्वस्व ठानेकी आफ्नै श्रीमान्को इँजारको फेर समातेर अमेरिकाको केन्टुकी राज्य आइपुगेकी उनलाई मानसिक रोगले च्याप्दै गएपछि ३ वर्षअगाडि नै उनको आशा, भरोसा र विश्वासका केन्द्रबिन्दु श्रीमान्ले उनलाई पारपाचुके गरेर सौता भित्र्याइसकेका छन् । जसको साथ लागेर परदेश आइन्, आज उनीसँग ऊ छैनन् । मानसिक रोगी उनी आफू केही सोचविचार पु-याएर गर्न सक्दिनन् । न कसैले काम दिन्छ, न गर्न नै सक्छिन् उनी । भोक लागिहाल्छ । खानु त प¥यो नि रु घामपानी, हावाहुरी उनको लागि सबै समान छ । न उनीसँग आधिपत्य जमाउन सक्ने निशुल्क मुन्टो लुकाउने बास छ, न निशुल्क गाँस छ न त निशुल्क वस्त्र नै । झण्डै एक वर्षअगाडि न्यूयोर्क आइपुगेकी उनलाई कहिले पारु दिदीको सहयोग त कहिले इभान इम्प्लोइमेन्टकी कृष्णा बहिनीको सहयोग मिलिरहेको छ । कयौं पटक कृष्णा बहिनीले काम खोजेर काम गर्न पठाइन् तर बिरामीलाई कसले राख्छ र र? गत हप्ता यस पंक्तिकार स्वयम् कृष्णा बहिनी र पारु दिदीको साथ लागेर केही सहयोग पु-याउन सकिन्छ कि भनेर उनले उडसाइडमा अस्थायी रुपमा पाइरहेको आश्रयस्थलमा पुग्दा पत्रकार भनेर कसैले चिनाइदिनासाथ एउटा कविता पत्रिकामा छपाइदिन अनुरोध गर्दै मलाई दिइन् र भनिन्– दाइ म मानसिक रोगी हुँ । मलाई श्रीमान्ले छाडेको ३ वर्ष भयो । म मानसिक रोगी भएकोले श्रीमान्ले छाड्नुभयो । अहिले अर्कै श्रीमती ल्याउनुभएको छ । प्लिज दाइ यो कविता पत्रिकामा छापिदिनुस् न ।’ (सामाजिक कारणले पीडित पात्रको नाम खुलाइएको छैन । सं.) Source : topnews
Rudramati · Jan 7, 2014 1:42 PM · 13,072 views
Photo chaina? Herna layek bhaye free room and board meroma.
bokaman · Jan 8, 2014 12:29 PM
bokaman - तेरो नाम देख्नासाथ् थाहा पाइसके थे कमेन्ट कस्तो होला भनेर .
dhoti_prasad · Jan 8, 2014 12:54 PM
Bichari easto din kasailai naaaous
intelligentguy · Jan 8, 2014 10:43 PM
Last edited: 08-Jan-14 10:52 PM
Keyser Soze · Jan 8, 2014 10:51 PM
हैन यो साझामा आइ टीमा काम गर्ने येत्ति धेरै मान्छे छन्! नेपालमा त आइ पी ट्रयाक गरेर साइबर अपराध गर्ने लाइ समाउन मिल्छ! यो बोका म्यान भन्ने कुन चाहिं कुकुर रैछ, येस्सो पत्तालगाउन कस्ट गरौन! यो कुकुर लाइ जिन्दगीभर नबिर्सने गरि एउटा पाठ पढाउने मेरो ठुलो धोको छ! अनि त्यो नारिको उद्धार को लागि कुनै विकल्प छैन? अमेरिका कै नभएपनि, नेपाल को कुनै मानसिक अस्पताल मा भर्ना गर्न जमर्को गर्ने हो कि? पैसा त जूटी हाल्छ नि!
Keyser Soze · Jan 8, 2014 10:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion