देखा थापा माओबादी होइन रे !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं । रेखा थापा नेपाली चलचित्र नगरीको लागी नयाँ नाम होईन । सायद नेपाली चलचित्रलाई नजिक बाट हेर्ने जो कोही तथा नेपाली चलचित्र हेर्ने हरेक दर्शक पनि रेखा थापा संग । तर पछिल्लो समय रेखा चलचित्रमा जमेर मात्र नभई अनेक कारणले चर्चामा आइरहने पात्रको रुपमा समेत परिचित हुन्छिन । कनै समय एनेकपा माओवादीको तर्फबाट चुनाव लड्नको लागी टिकट समेत लिएर त कुनै समय अध्यक्ष प्रचण्डसँग कम्मर मर्काएर चर्चामा आएकी रेखाले फेरी एकपटक चर्चामा आउने कुरा गरेकी छिन । केहि दिन अगाडी मात्र काठमाडौंमा ‘रेखा थापा फाउन्डेशन’ नामक संस्था खोलेर राउटे वालवालिकालाई पाल्न सुरु गरेकी रेखाले सोही सँस्थाको तर्फबाट एक साप्ताहिक पत्रिकालाई दिएको अन्तर्वार्तामा ‘म माओवादी होइन ।’ भनेकी छन् । कुनैसमय माओवादी मुख्यालयमा अबिर माला लगाएर तामझामका साथ एमाओवादी प्रवेश गरेकी रेखाले भनेकी छन्- ‘म पार्टीको मान्छे हुँ । म काङ्ग्रेस, एमाले, एमाओवादी सबै दलको कार्यकर्ता हुँ ।’ चुनावको टिकट समेत लिए पनि मतदाता नामावलीमा नाम नभेटिएपछि रेखाले पार्टीलाई टिकट फिर्ता दिएकी थिइन् । बिभिन्न नेताहरुको चुनावू प्रचारमा समेत सरिक भएकी रेखाले अहिले आएर बोली, चरित्र सबै फेरेर आफु माओवादी नै नभएको बताएकी हुन । रेखा भन्छिन, ‘सबै राजनीतिक नेताहरुले देशकै कार्यकर्ताका रुपमा आफुलाई चिनाउनुपर्छ । नितान्त कलाकार र समाजसेवी रेखा थापा हुँ म । कसैले मलाई माओवादी भन्छ भने त्यसमा मेरो आपत्ती छ ।’ पार्टीको सदस्यता नलिएको र पार्टीको कुनै संगठनमा नभएकोले आफुलाई माओवादी भन्न नमिल्ने रेखाको तर्क छ । पछिल्लो समयमा आएर रेखाले दिएको यो अभिब्यक्ती एमाओवादीले संविधानसभामा सोचेनुसारको परिणाम प्राप्त नगरेपछी अव माओवादी हुँ भनिरहन पनि खासै उचित नठानेर दिईएको हुन सक्ने बिश्लेषण समेत गरिएको छ । सेलिब्रेटी भन्दैमा चर्चामा आउनकै लागी जे पनि बोल्नु र गर्नु भनेको आफ्नै साख गिराउँदै लैजानु हो । http://www.samajkhabar.com/201... http://xnepali.net/movies/rekh...

itroll · Jan 5, 2014 6:36 AM · 6,692 views

2 Replies

This Troll needs to be kicked out. Look, you might go to every Nepali movie, you might even have posters of Rajesh Hamal and Rekha Thapa hanging in your bedroom door and you might have a collection of Nepali movie magazines; but understand that not everybody shares your passion. Most here have never watched her movie or really cares who she is or what she does. Stop bringing her down in a place where nobody gives a hoot.

Kiddo · Jan 5, 2014 8:21 AM

त्यो अर्को धागोमा सोमले आफ्नो पनि फोटो राख्लन र हेरौला कसका छि दात  ...... गाड्नु पर्ने, तेसो नगरी यो धागो बुनेछन, किन लाग्या हो हात धुएर पछि ? 

magorkhe1 · Jan 5, 2014 5:08 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all