जय होस् नामर्द हरुको |

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

देशका सबै लक्का जवान कोही पढ्न कोही कामको खोजिमा शहर छिर्ने देखी बिदेसिएका छन | कती साहसि छौ हामी अफ्गानिस्तान देखी इराक का लडाईंको बेला मा पनि सेवा गर्न पुग्यौ | कामले सानो र ठुलो हुने देशमा : बिदेसिएर सानो हुन बाट जोगिने प्रयास त हैन ?  अरुको के कुरा गरौ, मेरो कजन सब्-ओभर्सियर को काम २-४ महिना के गरेको थियो। उस्को भाई तेही जिल्लाको नगरपालिकामा इन्जिनियर भएर आए पछी काम चटक्क छोडि दियो | सानो हुने डर बाट त्रसित भै छोडेको हुनु पर्छ ? बिडम्बना के देख्नु र सुन्नु पर्यो भने खाडी मुलुकमा गएर काम गर्न तयार थिए अनी दौड धुप मा पनि लागेका हुन । देवालीको बेला म आफ्नो जन्मस्थान पुगेको थिए , यो कुरा तेही मेरो गाउको हो | सारा गाउका युबा लाहुरिएका  छ | मुग्लान न् लाग्ने जती लाई बिशेष गरी बुढा पाकाहरुले नामर्द भनी टोकसो गर्दा रहेछन | गाउमा भएका लक्का जवान  २-४ जना मात्र बाँकी रहेछन  यिनी हरुको काधमा धेरै दाइत्व थपिएको छ अनी ति बुदापाकाले ठुण्गी नहानी उनिहरुको उपस्थितिको मर्यादा गन्रु पर्ने हो तर नामर्दको उपाधीले बिभुसित गरिदिदा रहेछन |  कोही उभो लागे : काध हालेर घाट सम्म पुर्याउन र दाउरा सन्कलन गर्न उनी हरुनै हुन्छन| दसैं आयो खसी बोका छप्क्याउनलाई इनै नामर्द हरु नभै दसैं भित्रिदैन | लौन यि नामर्दहरुको लागि के गर्न सकिन्छ ?| यिनीहरु देश सेवा गरेर बसेका कुरा गाउले हरुको मस्तिस्क्मा कसरी भरिदिने ? दु:ख लाग्दो कुरा गाउमा भएका लट्ठक इनै हुन तर चेली बेटीहरुले पनि कमाउ श्रीमान नै खोज्ने रहेछ्न !मन्पराएकाहरु बाट रिजेक्ट्मा परे रे ? शायद सुन्दा सुन्दा तिनिहरुको मस्तिस्कमा पनि साँच्चै नामर्दनै हुन भन्ने परेको हो कि ? गाउमा भएका २-४ जना ठिटा हरुको यो हालत छ तिमी बोकाहरु अमेरिकामा पुग्ने हरु किन गन्थन गरी बस्छौ ?  यिनीहरु  गाउका हिरो हुन, सेविएर हुन , एउटै कम्जोरी बिदेसिन चाहेनन,वा  चाहेर पनि सकेनन , नलागौ ब्यक्तिगत कुरा तिर | लौ यिनी हरुको लागि के गर्न सकिन्छ , बिदेस बाट गाउ घर जानेहरुले यिनिहरुको हौसला बढाउने अनी ति बुढा पाका हरुलाई सम्झाऊन लाई समबाब्यता हैन सुझाब र कार्य पक्ष : साझा छिर्ने ,ढुक्ने, चौतारीमा गफ हाक्ने सबै  महानुभाब हरुको सुझाब बटुल्न खोज्दै छु | अर्को पल्ट गाउ जादा यि सुजाब बाट केही गर्न सकिन्छ कि यि गाउका हिरोहरुलाई? Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} Last edited: 09-Jan-14 08:47 PM

magorkhe1 · Jan 2, 2014 12:47 PM · 22,039 views

5 Replies

I could not see the full page.

magorkhe1 · Jan 2, 2014 12:59 PM

पानीमरुवा काइते विद्वान फेरी भुक्यो, तेरा गोर्खे तुरी काम गरेन भने सबै नामर्द .......

itroll · Jan 2, 2014 1:23 PM

बज्र र गज्र स्वाठ हरुको कुनै कमी छैन साझामा :अरुले चिनाउनुनै नपर्ने , मै हु भनि ध्वासो समेत पोतेर देखा पर्नेलाई दश औलिको सलाम | काम छैन बुहारी साझा छिर : दिन बिताई यसरीनै हुँदै छ | अर्को धागोमा गरेको कमेन्टको उपहार हो यो ? Last edited: 15-Jan-14 08:11 AM

Magorkhe1 · Jan 2, 2014 2:40 PM

:: Last edited: 09-Jan-14 07:52 AM

magorkhe1 · Jan 5, 2014 5:36 PM

हामीहरु लाम लागेका छौ बिदेश जागिर खान !  सिप मुलक पेसा अपनाए बिदेश जानै पर्दैन थियो | राजा त्रिभुवन देखी हालका सुशिल कोइराला को पाला सम्म हामीले सिप मुलक तालिम दिने ब्यब्स्थाको बिकास गर्न सकेनौ नत हामी नेपालीले सिक्ने कोशीश नै गर्यौ ! बिदेश गए पछी टाटा टिप्न पाइने म्रिगमरिचिका बोकेर गएका छन ! नमरी स्वर्ग देखिन्न , बिदेस नगै था हुन्न , अरुले सम्झाएर सम्झिदैन |   Last edited: 13-Aug-14 03:12 PM Last edited: 28-Aug-14 12:53 PM

magorkhe1 · Aug 13, 2014 3:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all