नेपाल असहाय बालवालिका सहयोग केन्द्र द्वारा शैक्षिक समाग्री वितरण पौष १३,भर्जिनिया विजय थापा नेपाल असहाय बालवालिका सहयोग केन्द्र, काठमाण्डौको आयोजनामा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा असहाय, अनाथ, अतिविपन्न तथा जेहेन्दारका साथै सरकारी विद्यालयमा विभिन्न कक्षामा अध्ययन्रत ३१ जना विद्यार्थीहरुलाई मिति २०७० पौष ०५ गतेका दिन जिल्ला विकास समितिको हलमा शैक्षिक समाग्री विरतण कार्यक्रमको आयोजना गरी शैक्षिक समाग्री वितरण गरियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी श्री गोविन्द प्रसाद अर्यालले सरकारको तर्फबाट त्यस्ता असहाय बालवालिकाहरुलाई गर्नु पर्ने सहयोग पनि भएको छ भन्नु भयो । प्रमुख अतिथिको मन्तब्य राख्दै संस्थाले गरेको कामको प्रशंसा गर्नु हुदै यस संस्थालाई हामीले के कस्तो सहयोग गर्नु पर्छ हाम्रो तर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार छौ भन्नु भयो । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोविन्द प्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित जिल्लाका समुदायमा उल्लेखनीय काम गर्ने संस्थाका प्रतिनिधि तथा बिशेष व्यक्तित्वहरुले नेपाल असहाय बालवालिका सहयोग केन्द्रले गरेको कामको सराहना गरेका थिए l नेपाल असहाय बालवालिका सहयोग केन्द्र १० बर्ष अगाडी ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई समाज कल्याण परिषद लैनचौरमा आवद्ध भएको छ । यो संस्था नाफा रहित एक गैर—सरकारी समाजिक संस्था हो । यो संस्थाले नेपालमा रहेका असहाय, अनाथ, गरिब, विपन्न, अतिविपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई उनीहरुको आधारभूत शिक्षा (कक्षा १ देखि १० सम्म) निःशुल्क अध्ययन् गराउनमा सहयोग गदै आएको छ ।
mahoday · Dec 28, 2013 12:44 PM · 2,880 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion